Wednesday, June 4, 2025
17.9 C
Beni
17.9 C
Beni
Wednesday, June 4, 2025
Home Blog Page 53

खैरो हिरोइन बोकेर भारतीय बेनीसम्म आउन थाले, प्रयोगकर्ता समेत खोज्दै प्रहरी

म्याग्दीमा प्रतिबन्धित लागूपदार्थ खैरो हिरोइन सहित प्रहरीले एक जना भारतीयलाई पक्राउ गरेको छ। भारतको बिहार राज्य मोतिहारी संग्रामपुर थाना घर भई बेनी नगरपालिका–८,कालीपुल बस्दै आएका २६ बर्षिय अजित कुमार पासवानलाई ५.६ ग्राम खैरो हिरोईन सहित पक्राउ गरिएको हो ।

शंकास्पद अवस्थामा हिँडेका पासवानलाई चेकजाँच गर्दा कम्मरमा लुकाई छिपाई राखेको अबस्थामा खैरो हिरोइन लागू औषध फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक एवम् सूचना अधिकारी सागर पौडेलले बताउनुभयो ।

पक्राउ परेका पासवानलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत जिल्ला अदालत म्याग्दीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो ।

‘हामीले महंगो लागुऔषध कसरी बेनीसम्म आइपुग्यो थप कनेक्सन खोज्दै छौं,प्रयोगकर्ताहरूको समेत खोजी भइरहेको छ’ प्रनाउ श्रेष्ठले भन्नुभयो । बि.स २०७९ फागुन १८ गते पहिलोपटक कालिपुलबाट भारतको पश्चिम बंगाल घर भई पोखरामा बस्ने २८ वर्षीय अलेमुन हकलाई प्रहरीले ६.५ ग्राम खैरो हिरोइन फेला पारेको थियो ।

खैरो हेरोइन सहित भारतीयहरू बेनीसम्म आउन थालेपछि प्रयोगकर्ताको संख्या समेत धेरै रहेको अनुमान गरिएको छ । बेनीमा अहिलेसम्म पक्राउ परेकाहरु भरिया भएर आएको देखिन्छ । म्याग्दीमा लागु औषध र लागु पदार्थको सेवनकर्ता ह्वात्तै बढेपछि छिमेकी जिल्ला हुँदै कारोबारी प्रवेश गर्ने गरेका छन्। डाईजापाम, फेनेरागन, नुर्फिन जस्ता लागु औषधको प्रयोगकर्ता हरेक बर्ष बढिरहेका छन् ।

चिकित्सकको सिफारिसमा मात्रै प्रयोग गर्न मिल्ने औषधिहरू डाइजेपाम, फेनारगन, नोफिन, नाइट्रोभेट छ्यापछ्याप्ती पाइन्छ । खैरो हेरोइन नपाइएपछि प्रयोगकर्ताले एम्पुल प्रयोग गर्ने गरेको समेत भेटिएको छ ।

आर्थिक हिसाबले सस्तो र बिक्रेताको संख्या अधिक भएर सुईबाट लागुऔषध लिनेको संख्या बढेको छ ।सदरमुकाम बेनीमा स्कुले विद्यार्थी समेत दुव्र्यसनमा फस्न थालेको दरलाग्दो समस्यालाई मध्यनजर गरी पुराना प्रयोगकर्तामार्फत नयाँलाई खोजी गर्ने क्रमलाई समेत तीव्रता दिएको छ।

दाउरामै पाक्छ दैनिक ३ सय जनालाई खाना

मुस्ताङको थासाङ गाउँपालिका–१, टुकुचे झिलिङ्घमा अवस्थित नालन्दा बौद्ध विद्यालयमा खाना पकाउन ग्यासको सिलिन्डर प्रयोग गरिँदैन । विगत सात वर्षदेखि खाना पकाउन ग्यास प्रयोग नगरी विद्यालयको भान्सामा परिकार पाक्ने गरेका छन् । विद्यालयको छात्रावासमा बस्ने २४० विद्यार्थी र शिक्षक, कर्मचारीलाई दाउरा बालेर पानीबाट बाफ निकालेर (स्टिम प्रविधिबाट) खाना पकाउने गरिएको विद्यालयका प्रधानाध्यापक अवन तुलाचनले बताउनुभयो ।

प्रअ तुलाचनले भन्नुभयो, “मुस्ताङमा दाउराको समस्या नहुने भएकाले दाउरा खरिद गरी भण्डारण गर्ने गरिएको छ । हामी ग्यास चलाउँदैनौँ ।” यहाँ वार्षिक १० लाख रुपियाँभन्दा बढीको दाउरा खपत हुने गरेको छ । तातोपानी, चियादेखि खाजाका लागि आवश्यक पर्ने परिकार दाउरा बालेर बनाउने गरिन्छ ।

मुस्ताङमा दाउराको प्रयोग निकै कम हुने गरेकाले समुदायस्तरबाट दाउरा खरिद गरी प्रयोग गर्ने गरिएको प्रअ तुलाचनको भनाइ छ । खाना पकाउने ग्यास र विद्युतीय उपकरणको तुलनामा दाउरा सस्तो, छिटो र प्रभावकारी भएको समेत विद्यालयले जनाएको छ । यस वर्षको एसइई परीक्षामा विद्यालयबाट १४ जना विद्यार्थी

विद्यालयको माथिल्लो भागमा रहेको भवनमा जडान गरिएको स्टिम प्रविधिको महìवका साथै प्रयोग गर्ने विधिका बारेमा नयाँ शिक्षक र भर्ना भएका विद्यार्थीलाई समेत जानकारी गराउने गरिन्छ । बौद्ध विद्यालय अन्तर्गत भारतमा रहेको विद्यालयमा प्रभावकारी भएपछि भित्र्याइएको स्टिम प्रविधिबाट एकै पटकमा पाँच वटा भाँडामा छ सयभन्दा बढीलाई खाना पकाउन सकिने क्षमता रहेको छ ।

फलामको पाइप लाइनबाट आगोको भट्टीमाथि राखिएको ६० लिटर क्षमताको फलामकै भाँडामा ठुलो भाँडोमा पानी तताएपछि उत्पन्न हुने बाफलाई अर्को कोठामा रहेका खाना पकाउने भाडामा पुर्‍याउने संरचना जडान गरिएको छ । भट्टिबाट फलामको पाइप लाइनमा आपूर्ति गरी आवश्यक परेको भाडामा अनुकूल समयमा बाफ आपूर्ति गराउने र पकाउन सकिन्छ ।

२०६७ सालमा पद्मसम्भव च्यारिटी फाउन्डेसनले सञ्चालन गरेको विद्यालयको छात्रावासमा अहिले कक्षा १ देखि १० सम्म निःशुल्क आवासीय सुविधासहित २४० विद्यार्थी अध्ययनरत छन् । यस वर्षको एसइई परीक्षामा विद्यालयबाट १४ जना विद्यार्थी सहभागी भएका छन् । विद्यालयमा नेपालका साथै भारतका विभिन्न जिल्लाबाट समेत आर्थिक अवस्था कमजोर भएका, लामा शिक्षाका लागि आउने विद्यार्थीले पढ्ने गरेका छन् ।

लामा पृष्ठभूमिका बाहेक बाह्मण, क्षेत्री, चेपाङ, दलितलगायत विभिन्न समुदायका विद्यार्थीसमेत अध्ययनरत छन् । नेपाल सरकारद्वारा लागु भएको औपचारिक पाठ्यक्रमका साथै नेपाली, अङ्ग्रेजी र तिब्बती पाठ्यपुस्तकको माध्यमबाट औपचारिक बौद्ध शिक्षा पनि प्रदान गरिएकाले अन्य समुदायबाट समेत विद्यालयको व्यवस्थापनबाट उत्साहित भएर विद्यार्थी भर्ना गर्ने गरेका छन् ।

 

आँखाको उपचारका लागि भारत, बङ्गलादेश र भुटानका बिरामी समेत नेपालमा

आँखाको उपचारका लागि छिमेकी भारतसहित बङ्गलादेश र भुटानका बिरामी समेत नेपालमा आउने गरेका छन् । आँखाको राम्रो उपचार हुने र सेवा पनि प्रभावकारी भएकाले विभिन्न देशबाट बिरामी नेपालमा आउने गरेका हुन् ।

सन् २०२४ को तथ्याङ्क अनुसार नेपाल नेत्रज्योति सङ्घको सञ्जालमार्फत नौ लाख सात हजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार आठ सय ४५ जनाको शल्यक्रिया गरिएको छ । नेत्रज्योति सङ्घका २८ आँखा अस्पताल र दुई सय २४ आँखा उपचार केन्द्रबाट उनीहरुले उपचार सेवा लिएका सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले बताउनुभयो ।

सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीको आँखा परीक्षण गरी दुई लाख ५८ हजार पाँच सय ७५ जनाको शल्यक्रिया गरिएको छ । सङ्घका अस्पताल तथा विभिन्न बाह्य कार्यक्रममार्फत ३४ हजार चार सय २५ जना आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।

सङ्घले आफ्ना सञ्जालमार्फत नेपाली तथा अन्य देशका नागरिक गरी अहिलेसम्म चार करोड ६८ लाख ६८ हजार ६० जनाको उपचार गरेको जनाएको छ । तीमध्ये ५३ लाख ९२ हजार दुई सय २४ जनाको आँखाको शल्यक्रिया गरेको कार्यकारी निर्देशक मिश्रले बताउनुभयो ।

बागलुङ उद्योग बाणिज्य संघको निर्वाचनमा दुइ प्यानलको उमेदवारी

आसन्न बागलुङ उद्योग बाणिज्य संघको १९ औं अधिवेसनकालागि दुइ वटा प्यानलको प्रतिस्पर्धा हुने भएको छ । मंगलवार भएको मनोनयन दर्ताकालागि बागलुङ उद्योग बाणिजय संघका बरिष्ठ उपाध्यक्ष भैसकेका दुइजनाको उमेदवारी परेको हो ।हालका बरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्य र पूर्व बरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा ‘बाबु’को उमेदवारी परेको निर्वाचन अधिकृत बरिष्ठ अधिवक्ता भूमिश्वर गौतमले जानकारी दिए । दुवैजना कांग्रेस हुन् ।

दुवै प्यानलमा राजनीतिक रंग देखिने खालका उमेदवार छन् । शाक्यको प्यानलमा कांग्रेसका केही सदस्य छन् भने माओवादी निटक, राष्ट्रिय जनामोर्चा निकट व्यवसायी छन् । साथै नयाँ शक्ती र समाजवादीका पनि छन् । शर्माको प्यानलमा कांग्रेस र एमोले निकट व्यवसायी बढी छन् । बागलुङ उद्योग बाणिज्य संघको ६१ औं वार्षिक साधारणसभा तथा १९ औं महाधिवेसन आगामी चैत १५ र १६ गते हुँदैछ ।

१६ गते निर्वाचन गरिने तालिका सार्वजनिक भैसकेको छ । शाक्यको प्यानलमा उद्योग तर्फ चुडामणी सापकोटा र तृष्णा श्रेष्ठ सुन्दरी उमेदवार छन् भने शर्माको प्यानलमा उद्योग तर्फ रामप्रसाद शर्मा र भूपेन्द्र खड्काको उमेदवारी परेको हो । महिला तर्फ शाक्यको प्यानलमा तुलसीदेवी शर्मा, अर्चना पालिखे र सृजना राजभण्डारी उमेदवार छन् । शर्माको प्यानलमा चाँदनी श्रेष्ठ, सविता आचार्य र कमला पराजुली उमेदवार छन् ।

खुला सदस्य तर्फ शाक्य प्यानलमा ऋषिराम गौतम, इन्द्रमणी पौडेल अर्जुन, नविनकुमार श्रेष्ठ, अर्जुन कंडेल, मनिष राजभण्डारी, चन्द्रराज रेग्मी, खिमकुमार श्रेष्ठ, गोकुलप्रसाद कंडेल, जीवनाथ शर्मा, बिष्णु अधिकारी, महेन्द्र प्रसाद शर्मा, अकिलबहादुर क्षेत्री र नारायण सापकोटाको उमेदवारी परेको हो ।

शर्माको प्यानल तर्फ श्रीजय श्रेष्ठ, निलेस राजभण्डारी, राजेश भारी, दिपक हमा, उमेश केसी, गणेश लम्साल, शिवशंकर शाह, रमेश शर्मा, सुदिप सागर कंडेल, युवराज कंडेल, राजु गौतम, बद्री ढुंगाना र हरि आचार्यको उमेदवारी परेको हो । निर्वाचन अधिकृत गौतमका अनुसार अधिवेसनले एक जना अध्यक्ष, तीन जना महिला सदस्य, उद्योग तर्फ २ जना सदस्य र १३ जना खुला सदस्य निर्वाचित हुने प्रावधान छ

‘विद्यार्थीको समस्याले स्ववियुलाई छुनुपर्छ’

विद्यार्थी आन्दोलनको मेरुदण्ड स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को हालै म्याग्दीको दुई क्याम्पसमा चुनाव सकिएको छ । म्याग्दीको पूरानो म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघबाट संगम चोखाल क्षत्री र मंगला गाउँपालिका-२,बाबियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुका एल्डीस पुन विजय भए । चोखाल नेपाली कांग्रेस निकट र पुन नेकपा एमाले निकट विद्यार्थी संगठनका हुन् ।

स्वतन्त्र विद्यार्थी युनियन क्याम्पसमा विद्यार्थीहरुको साझा संगठन हो। यसले विद्यार्थी र क्याम्पस प्रशासनबीच समन्वयको काम गर्छ। विद्यार्थीको समस्या र गुनासो क्याम्पस प्रशासनसम्म पु¥याउने र त्यसलाई हल गर्ने प्रमुख दायित्व स्ववियूको हो।क्याम्पसमा विद्यार्थी हक हितको विषयको नेतृत्व गर्दै भविश्यमा असल नेता बन्ने अभ्यास गर्ने ठाउँ पनि स्ववियू नै हो।

स्ववियूले बिभिन्न आस्था र विचार भएका विद्यार्थीलाई एउटै मञ्चमा ल्याउने र पठनपाठनलाई सहयोग गर्ने र क्याम्पसको बृहत्तर हितका लागि क्याम्पसले लिएका योजनाहरुलाई सफल बनाउन सहयोग गर्न संस्था हो । स्ववियु नहुदा क्याम्पस प्रशासन स्वेच्छाचारी हुन्छ ।

विद्यार्थीको पीडा बिसाउने चौतारी बन्नुपर्ने स्ववियूले पछिल्लो एक दशकयता विद्यार्थी हकहित र शैक्षिक मुद्दा छाडेर राजनीतिक दलका माग पूरा गराउन विद्यार्थीहरुको उपयोग मात्र गर्ने गरेको आरोप लगाउने गरेको पाइन्छ । स्ववियुमा निर्वाचित भएका विद्यार्थीले रचनात्मक र प्रभावकारी रूपमा आफ्नो काम सञ्चालन गर्नुपर्छ ।

क्याम्पसमा विद्यार्थीको संख्या घट्दै गइरहेको अवस्थामा शिक्षासम्बन्धी सुधार, सांस्कृतिक गतिविधि र विद्यार्थी विकासमा केन्द्रित हुनुपर्छ । जहाँ ब्यक्तिगत, संगठन र आफ्नो पार्टीको फाइदा हेर्नु हुदैन।

शैक्षिक सुधार, संस्थागत समर्थन र गैरराजनीतिक चरित्रलाई क्याम्पसभित्रका गतिविधिमा केन्द्रित गर्नुपर्छ। पछिल्लो समय विद्यार्थी संगठनहरू राजनीतिक गुटबन्दी र सत्ता संघर्षको औजार मात्र बनेका कारण स्ववियुमा विद्यार्थीको वास्तविक संलग्नता घट्दै जानुको प्रमुख कारण बनेको छ ।

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई निशुल्क शिक्षा, आवास तथा विभिन्न सहयोगहरूमार्फत क्याम्पसमा सहज बनाउने तथा दिर्घकालिन रुपमा अक्षयकोष, सीपमुलक तालिम सहितका गतिविधिलाई मुख्य केन्द्रित भएर काम गर्न सकेमा विद्यार्थीको आर्कषण बढ्छ । क्याम्पसमा बार्षिक शुल्क तिर्न नसक्ने अवस्थाका विद्यार्थीलाई लक्षित गरी विद्यार्थी कल्याणकारी कोष बनाउनुपर्छ ।

म्याग्दीका दुई सामुदायिक क्याम्पसलाई समुदायकै आर्थिक सहयोगमा सञ्चालन भइरहेको अवस्थामा समुदायसँग केन्द्रित हुने गरी स्ववियुले समेत थप योजनाबद्ध तरिकाले रचनात्मक कार्यहरू गर्न सक्छ ।

स्ववियुमा सुधार भएन भने भविष्यमा विद्यार्थीको आवाज थप कमजोर बन्नेछ र शैक्षिक संस्थाहरू थप अव्यवस्थित बन्ने निश्चित छ । स्ववियुले समयमै सच्चिएर पुरानो ढर्रालाई त्यागी विद्यार्थीको वास्तविक हितमा काम गर्नुपर्छ । यसपटकको स्ववियुमा निर्वाचित विद्यार्थीको सक्रियताले आगामी दिनमा विद्यार्थीहरुलाई स्ववियुमा लाग्नका लागि प्रेरणादायी हुन सक्छन् ।

 

मुस्ताङमा हिउँ चितुवाको आनीबानी हेर्न सर्वेक्षण

AD=10/30/2016,LD=236,BT=19,RD=172,LH=0,LI=4069,BL=5840,BP=99%,BD=4,BI=999,CF=Enabled,EX=Centered,ID=1,SM=ADV,DD=FAP,DI=3,DV=10sec,DL=OFF,ND=FAP,NI=3,NV=10sec,NL=OFF

मुस्ताङमा दुर्लभ हिउँ चितुवा(‘स्नो लियोपार्ड)को आनीबानी र उपस्थितिबारे बुझ्न उपल्लो मुस्ताङमा सर्वेक्षण गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले हिउँ चितुवा तथा आहारा प्रजातिको अध्ययन अनुगमनका लागि क्यामेरा ट्र्याप र ट्रान्जेक्ट सर्भे विधि अवलम्बन गरेको हो ।

एक्याप इलाका संरक्षण कार्यालय जोमसोमका प्रकृति श्रोत संरक्षण सहायक दिपक ओलीका अन्ुसार गतबर्ष उपल्लो मुस्ताङमा हिउँ चितुवा पाइने सम्भावित क्षेत्रहरू साङ्ता, लोमान्थाङ र दामोदर कुण्डलाई तीनवटा ब्लकमा विभाजन गरी पाँच÷पाँच बर्गमिटरको दूरीमा ४४ ग्रीडहरू विछ्याइएर अध्ययन गरिएको थियो ।

एक ग्रीडमा दुईवटा क्यामेरा जडान गरिएकोमा हिउँचितुवा साथै आहारा प्रजातीहरु नाउर र अन्य लोमोन्मुख तथा दुर्लभ स्तनधारी वन्यजन्तुहरु समेत कैद गरिएको एक्याप इलाका संरक्षण कार्यालय जोमसोमकाले जनाएको छ ।‘‘प्रत्येक ग्रीडमा एकजोड क्यामेरा जडान गरी पैचालिस दिन फिल्डमै राखिएको थियो’’ ओलीले भन्नुभयो ।

ग्रीड र क्यामेरा राखिएको स्थानको खोज अनुसन्धानको क्रममा प्राप्त तथ्याङ्कलाई आधार मानेर यसबर्ष तल्लो मुस्ताङको मुक्तिनाथ देखि घाँसासम्मको उच्च हिमाली क्षेत्रमामा समेत अनुसन्धान कार्यलाई निरन्तरता दिइने छ । दुई बर्षको तथ्याङ्क र स्थलगत विवरणका आधारमा मुस्ताङमा हिउँ चितुवाको संख्या नजिक पुग्न सकिने र आगामी दिनमा हुन संरक्षणका लागि थप प्राविधिक तथा विभिन्न खोज अनुसन्धानमा सहज हुने छ ।

हिउँ चितुवाको मुख्य आहारा हिमाली वन्यजन्तु नाउर मानिन्छ । गएको फागुन ९ गते वारागुङ मुक्तिक्षेत्र गापा–३,समरमा च्यांग्राको खोरमा पसेको हिउँ चितुवाको उद्दार गरी प्राकृतिक वासस्थानमा छोडिएको थियो ।यो नेपालमै पहिलोपटक भएको एक्याप जोमसोमले जनाएको छ । पछिल्लो समय हिमाली क्षेत्रमा डढेलो सहितका अन्य प्राकृतिक प्रकोपका कारण हिम चितुवाको आहाराले बासस्थान परिवर्तन गर्दा बस्तीमा पसेरसमेत पशुधनको क्षति पु¥याउने गरेको छ ।पर्वतीय क्षेत्रमा क्यामेरा ट्यापिङमा कैद भएका हिउँ चितुवाको तस्बिर सङ्कलन तथा गणना गर्ने कार्य भइरहेको छ।

एक्यापले मुस्ताङमा बढ्दो मानव वन्यजन्तु द्वन्द न्यूनीकरण गर्न पिडितलाई नेपाल सरकारबाट उपलब्ध गराइने क्षतिको राहत वितरणमा सहजीकरण गर्नुका अतिरिक्त आफ्नो आन्तरिक कोषबाट हिमाली कालो भालु तथा रतुवा मृगबाट हुने मकै,उवा लगायतका अन्नवालीको क्षतिमा समेत घरदैलोमा पुगेर राहत वितरण गर्ने गरेको छ । लजालु स्वाभावको हुने हिउँचितुवाको समुद्री सतहको ३५ सय मिटरदेखि ५५ सय मिटरको अग्लो उचाईमा मुख्य बासस्थान मानिन्छ ।

अर्जेन्टिना विश्वकपका लागि छनोट, ब्राजिल ४–१ गोलले पराजित

अर्जेन्टिना फिफा विश्वकप–२०२६ का लागि छनोट भएको छ । दक्षिण अमेरिकी छनोटअन्तर्गत उरुग्वे र बोलिभियाबीचको खेल गोलरहित बराबरीमा सकिएपछि आज बिहान ब्राजिलसँग खेल्नुअघि नै साविक विजेता अर्जेन्टिना विश्व कपका लागि छनोट भयो ।

त्यस्तै आज भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४–१ गोलले हरायो । घरेलु मैदानमा अर्जेन्टिनाका जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । ब्राजिलका लागि म्याथुस चुन्हाले एक गोल फर्काए । दक्षिण अमेरिकाबाट विश्वकपका लागि छनोट हुने अर्जेन्टिना पहिलो टोली बनेको छ ।

शीर्ष स्थानको अर्जेन्टिनाको १४ खेलमा ३१ अङ्क छ । ब्राजिलको १४ खेलमा २१ अङ्क छ । ब्राजिल चौथो स्थानमा छ । १० टोली रहेको दक्षिण अमेरिकी छनोटबाट शीर्ष छ वटा देश विश्वकपका लागि छनोट हुनेछन् । सातौं टोलीले प्ले अफको मौका पाउनेछ । छनोटका अन्य खेलमा भेनेजुएलाले पेरुलाई एक गोलले हराउँदा कोलम्बिया र पाराग्वेले दुई/दुई, चिली र इक्वेडर तथा बोलिभिया र उरुग्वेले गोलरहित बराबरी खेलेका छन् ।

हिमाल आरोहणको अनुमति सुरु, ५८ जनाले पाए अनुमति

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड ताल र आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरबाट देखिएको दृष्य । तस्बिर : सन्तोष गौतम/ रासस

यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार अन्नपूर्ण–१ सहित विभिन्न चुली आरोहणका लागि आठ आरोही समूहका १८ महिला र ४० पुरुष गरी कूल ५८ जनाले अनुमति पाइसकेका छन् ।

हालसम्म नेपालसहित २४ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । विभागका निर्देशक लिलाधर अवस्थीले वसन्त यामको हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको बताए । ‘यो यामको हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको छ, सगरमाथा आरोहणका लागि छिट्टै अनुमति दिइनेछ’, उनले भने, ‘सगरमाथा क्षेत्रमा आरोहणको चहलपहल बढेको छ ।’

सगरमाथा आरोहणका तयारी व्यवस्थापनमा आरोहण गराउने कम्पनी जुटेका छन् । विभागका अनुसार सगरमाथा आधार शिविरमा अहिले स्नो होराइजन, पायोनियर, सेभेनसमिट ट्रेक, सेभेन समिट क्लब, एलिट एक्सिपीडिसन, हिमालयन गाइड्स, एसियन ट्रेकिङलगायत कम्पनीले शिविर व्यवस्थापनलगायतका काम गरिरहेका छन् ।

वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् । वसन्त ऋतुको सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले ‘आइसफल डाक्टर’ खटाएको छ । सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म बाटो बनाउन एसपीसीसीले १० जनाको टोली खटाएको हो ।

यस्तै सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) कामका लागि हालै दक्ष सगरमाथा आरोही खटिएका छन् । पर्वतारोहण सञ्चालक सङ्घले अशोक लामाको नेतृत्वमा आठ सदस्यीय दश शेर्पा आरोहीलाई सगरमाथाको चुचुरोसम्म डोरी टाँग्नका लागि खटाएको हो ।

जापानमा बोनम्यारो रोगबाट पीडित बुढाथोकीको अस्पतालले सैयाबाट उपचारका लागि अपिल

म्याग्दीको मालिका गाउँपालिका-४,का चोकबहादुर बुढाथोकी मगर केही वर्ष अघि मात्र अध्ययनको सिलसिलामा जापान पुग्नुभएको थियो । जापान पुगेको लामो समय बित्न नपाउँदै चोकबहादुरको स्वास्थ्यमा समस्या देखिन थाल्यो ।

जापान स्थित एक अस्पतालमा जचाउन जाँदा अस्पतालले शरीरमा रगत उत्पादन नहुने रोग एप्लास्टिक एनिमिया (बोनम्यारो) भएका्े यसको उपचार खर्च धेरै हुने भनेपछि परिवारलाई अहिले ठुलो आर्थिक समस्या परेको छ ।

जापानस्थित फुकुओका इन्टरनेशनल अनिमेसन कलेजमा अध्ययनरत २३ बर्षिय चोकबहादुर बुढाथोकी रगत सम्बन्धी समस्याबाट पीडित भएपछि जापान रहेका म्याग्दीलीहरुको साझा संस्था मोना जापानले पनि चोकबहादुरको उपचारको लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ ।

नेपालमा सहयोगको लागी 

दिदि

निर्मला बुढाथोकी 

प्रभु बैंक 

-०७६०२८०२०३८०००११

जापान आएको करिब ३ बर्षमा अचानक शरीरमा रगत उत्पादन नहुने समस्याबाट ग्रसित भएपछि बुढाथोकी हाल फुकुओकास्थित हारा सानसिन हस्पिटलमा उपचारार्थ रहेको मोना जापानका प्रबक्ता कमल बानियाँले बताउनुभयो ।हालसम्म बुढाथोकीको उपचारका लागि मोना जापानले संस्थागत रुपमा ५० हजार येन सहित २ लाख बढी येन संकलन भएको छ ।

‘उहाँको उपचार जापानमा महंगो छ, हामीले परामर्श लिइरहेका छौ, उपचारमा सहयोगको अपिल गरेका छौ’, मोना जापानका अध्यक्ष बिशाल केसीले भन्नुभयो। मोनाले आर्थिक सहयोगको जिम्मेबारी सुरेश पुनलाई जिम्मेबारी दिएको छ।मोना अन्तराष्ट्रियका अध्यक्ष ददीवल खड्काले जापानमा रहेका म्याग्देली सहित नेपालीलाई उपचार अभियानमा सहयोग गर्न अपिल गर्नुभएको छ।

पीडित बुढाथोकीलाई हस्पिटलका चिकित्सकले भारतको एपोलो अस्पतालमा कम खर्चिलो उपचार र परिवारले समेत रेखदेख गर्न मिल्ने बताएपछि मोना जापानले परिवारका सदस्यहरुसँग समेत छलफल गर्ने जनाएको छ ।उहाँका चार दिदिबहिनी र बुबा हुनुहुन्छ ।

बोनम्यारो ट्रान्सप्लान्ट गर्ने पर्ने भएकाले उक्त उपचारका लागि ३० देखि ४० लाख सम्म लाग्न सक्ने अनुमान गरिएको छ । अहिले रगत दिनु पर्ने र जतिसक्दो छिटो बोनम्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने चिकित्सकहरूको भनाई छ । सहयोग गर्न इच्छुकहरूले हाल मोना जापानले दिएको खाता नम्बर सहितको विवरणमा सम्पर्क गर्न सकिने छ ।

 जापानमा सहयोगको लागीः
ゆうちょ銀行
(Japan Post Bank)
口座番号:A/C No:10120-87744051
口座名義:モナジャパンクミカイ
Mona Japan
सुरेश पुन ०८०-९०१७-७९९४
अभियान संयोजक
बिशाल के सी ०८०-६६६९-७८५०
अध्यक्ष मोना जापान
सागर कार्की ०८०-३९९१-४१७५
महासचिव मोना जापान

मोना जापानद्धारा अपिल

लोकसंस्कृतिकर्मी प्रतिभा पुनलाई विद्यावारिधी उपाधी

धवलागिरी क्षेत्रमा प्रचलित लोककथा लोकतात्विक प्रतिबिम्बनमा प्रतिभा पुनले विद्यावारिधी गर्नुभएको छ। पर्वतको जलजला गाउँपालिका-१ बाँसखर्क मालगाउँ जन्मिनुभएकी पुनले त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत नेपाली विषयमा विद्यावारिधि गर्नुभएको हो ।

धौलागिरी क्षेत्रको म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङ जिल्लाको नेपाली भाषाका अनेक लोकतात्विक युक्त लोककथाहरु अध्ययन गर्नुभएको थियो ।

लामो समयदेखि रैथाने जातिका रूपमा रहेका मगर र ल्होपा समुदायका सांस्कृतिक दृष्टिले महत्वपूर्ण पुराना घनाबस्ती, सांस्कृतिक दृष्टिले सम्पन्न रहेका र लोककथा सुन्ने-सुनाउने परम्पराका लोककथाहरू सङ्कलन गरेको डा. पुनले बताउनुभयो। ‘‘लामो प्रयासपछि एउटा सफलता प्राप्त गरेको छु, आगामी दिनमा पनि यसलाई निरन्तरता दिन्छु’ डा. पुनले बेनीअनलाइनलाई भन्नुभयो ।

यस क्रममा डा. पुनले धौलागिरि क्षेत्रको सोरठी लोकगाथाको सन्दर्भपरक अध्ययन”,नेपाली विषयको दर्शनाचार्य ( एम.फिल) गर्नुभएको थियो । पिएडीका लागि मगर भाषा, शिक्षामा मातृभाषाको प्रयोगको सम्भाव्यता”, शिक्षामा मातृभाषा प्रयोगको सम्भाव्यता”, “माझी जातिका लोकनाच, सांस्कृतिक, पुन मगर समुदायको पुख्र्यौली लोकनाच”, लोक प्रदर्शनकारी कलाःझाँक्री”,“सोरठी लोकगाथाको लैङ्गिक अध्ययन” लगायत विभिन्न विषयमा केन्द्रित हुनुभएको थियो ।

डा. पुन धौलागिरी क्षेत्रबाट लोककथामा पिएडी गर्ने पहिलो हुनुहुन्छ । म्याग्दी जिल्लाका विभिन्न लोपउन्मुख कला र संस्कृतिको संरक्षण र प्रर्वधनका क्षेत्रमा समेत सक्रिय हुनुभएकी डा. पुनले म्याग्दी सहित धौलागिरी क्षेत्र लोक संगीत र संस्कृतिका लागि उर्भर भूमी रहेको बताउनुभयो ।