Tuesday, April 29, 2025
22 C
Beni
22 C
Beni
Tuesday, April 29, 2025
Home Blog Page 7

अहिले म बिरामी छैन, अबको २०–२५ वर्षपछि बुढो हुन्छु : प्रधानमन्त्री ओली

0

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थय ठीक रहेको भन्दै चिन्ता नगर्न सुझाव दिएका छन् । हिजो (मंगलबार) एमालेद्धारा आयोजित नेपाल कम्युनिष्ट पार्टीको ७६औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले आफूू अहिले बुुढो नभएको र अस्वस्थ पनि नरहेको स्पष्ट गर्दै आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनुु नपर्ने बताएका थिए ।

‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ । अहिले म बिरामी छैन । अबको २०–२५ वर्षपछि बुढो हुन्छु । कसैले हतार गरेर हुँदैन । केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन’, प्रधानमन्त्री ओलीले भने– कसैले एमालेविनाको देशको पनि कल्पना गरेका छन् । केपी ओलीविनाको एमाले किन खोजेको होला ? तिनको मनसाय राम्रो भए त म सरक्क छोडिदिने थिएँ । एमालेविनाको नेपाल हेरौँला, मिसन २०८४ मा, हामी झन् बलियो भएर आउनेछौँ ।’

उनले राजतन्त्रको भुलभुलैयामा नपर्नपनि अपिल गरे । उनले भने,‘हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र र संविधान नमान्नेहरूलाई एक्काइसौँ शताब्दीमा श्रीपेच लगाउने र जनतालाई हुकुमी शासन दिने राजा चाहिएको छ । जनताले ल्याएको लोकतन्त्र नमान्ने, संविधान नमान्ने, संवैधानिक राजतन्त्र खोज्ने ? राजतन्त्रको भुलभुलैमा नभुलौँ । नयाँ शक्ति भन्नेहरूको तमासा पनि देखिइसकिएको छ । त्यसकारण हामी दृढताका साथ न्याय र समानतासहितको राष्ट्र निर्माणमा अग्रसर होऔँ ।’

ट्याक खुलेको १४ वर्षपछि पिपलबोट–पोक सडक स्तरोन्नति

0

ट्याक खुलेको १४ वर्षपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ को पिपलबोट–पाखु सडक स्तरोन्नति गर्न थालिएको छ ।  मङ्गला गाउँपालिकाले पोक–पिपलबोट–पाखु–घारा–सिरकुम–टिकावाङ सडक अन्तर्गत यस वर्ष पिपलबोट–पोक खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो । मङ्गला–५ को वडा कार्यालय रहेको पोक जोड्ने सडक विसं २०६८ मा मार्ग खुलेको थियो ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. तीन करोड २७ लाख बजेट बिनियोजन गरेको यो सडक स्तरोन्नतिका लागि रु। दुई करोड १७ लाखमा निर्माण कम्पनीले ठेक्का लिएको छ ।  ठेक्का मार्फत पिपलबोट र पाखु खण्डमा सडक फराकिलो पार्ने, घुम्ती तथा ग्रेड सुधार, नाली, पर्खाल निर्माण र ढलान गर्न लागिएको मङ्गला–५ का वडा अध्यक्ष भूपेन्द्र खत्रीले बताउनुभयो ।

उहाँका अनुसार नौ सय ४५ घनमिटर पक्की पर्खाल, एक हजार पाच सय ९६ घनमिटर ग्यावियन पर्खाल, दुई सय मिटर नाली र दुई सय २० मिटर सडक ढलान गर्ने काम ७० प्रतिशत सकिएको छ । आगामी असार महिनाभित्र योजना सम्पन्न गर्ने लक्ष्य छ ।

सडक स्तरोन्नति भएपछि साविक अर्मन गाविसका बासिन्दालाई आवत जावत, वडा कार्यालय जान आउनका साथै कृषि उपज निकासी, निर्माण सामग्री र दैनिक उपभोग्य बस्ती आयातमा सहज हुने अपेक्षा गरिएको छ ।  हाल कच्चि, साघुुरो र ग्रेड नमिलेको सडकमा जोखिमपूूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । यसअघि गत वर्ष हाडेभिर–पिपलबोट खण्डमा सडक स्तरोन्नति गरिएको थियो । यो मङ्गला गाउँपालिकाको गौरवको आयोजना हो । रासस

म्याग्दीका सामुदायिक विद्यालय बैशाख १४ देखि खुल्ने

0

शिक्षकहरूको आन्दोलनले पठनपाठन रोकिएको म्याग्दीका सामुदायिक विद्यालयले बैशाख १४ गतेदेखि पठनपाठन संचालन गर्ने भएका छन् । शिक्षक आन्दोलनअन्तर्गतको शैक्षिक आम हड्तालमा सहभागितासँगै विद्यालय भर्ना अभियान र पठनपाठन सुरू गर्ने निर्णय भएको नेपाल शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुबेदीले बताउनुभयो ।

‘‘आन्दोलनमा हाम्रो सक्रिय सहभागिता हुन्छ, हाम्रो माग पूरा नभएसम्म काठमाण्डौमा हुन्छौ, विद्यालयको नियमित गतिविधि पनि सञ्चालन गछौं ।’’ अध्यक्ष सुबेदीले बेनीअनलाइनलाई भन्नुभयो । आन्दोलनमा म्याग्दीबाट सक्रिय रुपमा ७५ जना शिक्षक हुनुहुन्छ भने हालसम्म ६ सय बढी शिक्षक सहभागि हुनुभएको छ ।

बैशाख १४ गतेदेखि भर्ना अभियान, पुस्तक वितरण तथा नियमित क्यालेन्डरसँगै आलोपालो आन्दोलनमा समेत सहभागिता जनाउने निर्णयमा शिक्षक संगठनहरुले समेत सहमति जनाएका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षक महासंघको नेतृत्वमा भइरहेको आन्दोलनलाई सरकारले सम्बोधन गर्नेभन्दा पनि झनै जटिल बनाइरहेको अवस्थामा आन्दोलन लम्बिएका शिक्षक अगुवाहरुको गुनासो छ ।

तत्काल विद्यालय शिक्षा ऐन जारी हुने विश्वसनीय आधारसहितको कार्यतालिका ल्याउन नसक्ने अवस्थामा विद्यालय ब्यवस्थापन समितिले समेत शिक्षकको आन्दोलनमा सर्मथन जनाएकाले शिक्षकको सहमति विना परीक्षा सञ्चालन सहित अन्य शैक्षिक गतिविधि सम्भव देखिदैन ।

यता सामुदायिक विद्यालय बन्द हुदाँ संस्थागत विद्यालयमा भर्ना भएर पढाइ सुरू भएको छ । सामुदायिक विद्यालयमा भर्ना र पढाइ प्रभावित भएपछि बच्चालाई मानसिक असरको जोखिमलाई मध्यनजर गरी आन्दोलन र पठनपाठनको निर्णय स्वागतयोग्य रहेको अभिभावहरुको भनाई छ । सामुदायिक विद्यालयले समेत आफ्ना विद्यार्थीलाई आन्दोलनका बिचमा पनि सम्पर्क गरी विद्यालयमा बोलाउने, आवश्यक टिप्स दिने गरेपनि शिक्षक नहुँदा प्रभावित हुने भएपछि पठनपाठन स्थगित थियो ।

वक्तृत्वकलाकी विजेता उर्मिला सुबेदीलाई वडामा सम्मान

0

म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताकी विजेता धवलागिरी गाउँपालिका-७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीलाई मंगलबार वडा कार्यालयले एक कार्यक्रम गरी सम्मान गरेको छ ।

वडा अध्यक्ष अशोक खत्री सहित वडा सदस्यले विजेता सुबेदीलाई बधाईसहित नगद ४ हजार १५० रुपैयाँ र सम्मानपत्रले सम्मान गर्नुभएको हो । जिल्लास्तरीय प्र्रतियोगितामा धवलागिरीबाट छनौट भई सहभागी भएर उपाधि जितेकोमा वडा अध्यक्ष खत्रीले बधाई दिदैं आगामी दिनमा पनि रचनात्मक कार्यहरुमा निरन्तर सक्रिय हुन शुभकामना दिनुभएको थियो ।बिजेता सुबेदीले प्रतियोगिताले आत्मबल बढेको बताउनुभयो ।

स्टुडेन्ट भाइब्स अस्ट्रेलिया तथा बेनीअनलाइन प्रालिको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा विजेता भएसँगै सुबेदीले ५० हजार रुपैँया नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको थियो । बिजेता सुबेदी गाउँपालिका बालसञ्जाल तथा बालविवाह रोक्ने अभियानमा समेत सक्रिय हुनुहुन्छ ।

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

0
AD=10/30/2016,LD=236,BT=19,RD=172,LH=0,LI=4069,BL=5840,BP=99%,BD=4,BI=999,CF=Enabled,EX=Centered,ID=1,SM=ADV,DD=FAP,DI=3,DV=10sec,DL=OFF,ND=FAP,NI=3,NV=10sec,NL=OFF

भीष्मराज ओझा

काठमाडौँ, वैशाख १०  गते ।  विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका अनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या तीन सय ९७ भएको पाइएको छ । विश्वको कूल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँचितुवा भेटिएका आइयूसिएनको भनाइ छ । नेपालका उच्च हिमाली क्षेत्रको ३० हजार पाँच सय वर्गकिमी क्षेत्रफलमा यसको बासस्थान रहेको छ ।

अमेरिकामा रहेको ‘स्नो लियोपार्ड ट्रष्ट’ का अनुसार हाल विश्वको २० लाख किलोमिटर क्षेत्रमा तीन हजार २० देखि पाँच हजार तीन सय ९० को सङ्ख्यामा हिउँचितुवा रहेको अनुमान छ । हिउँचितुवा बढी जसो नेपाल, चीन, अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, कीर्गीस्तान, भारत, मङ्गोेलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानलगायतका १२ वटा मुलुकमा पाइन्छन् ।

पछिल्लो समयमा नेपालसँगै भारत, मङ्गोलिया र भुटानले प्रविधि, अनुसन्धान र तथ्याङ्क विश्लेषण गरी हिउँचितुवाको नयाँ र आधिकारिक तथ्याङ्क सार्वजनिक गर्दै आएका छन् ।

तथ्याङ्कअनुसार चीनमा कम्तीमा दुई हजारदेखि दुई हजार पाँच सय, मङ्गोलियामा नौ सय ५३, भारतमा सात सय १८, नेपालमा तीन  सय ९७ र भुटानमा एक सय ३४ हिउँचितुवा रहेको विश्व वन्यजन्तु कोष ९डब्लुडब्लुएफ० नेपालका पर्वतीय कार्यक्रम प्रबन्धक सरिन श्रेष्ठले जानकारी दिनुभयो ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू–संरक्षण विभागको नेतृत्वमा कोषलगायत सङ्घसंस्थाको सहयोगमा विभिन्न तथ्याङ्क र अनुसन्धानको विश्लेषण र मूल्याङ्कन गरी सो तथ्याङ्क निकालिएको उहाँले बताउनुभयो ।

यस मूल्याङ्कनमा २०१५ देखि २०२४ सम्म सरकार, संरक्षण संस्थाहरू र अनुसन्धानकर्ताद्वारा नेतृत्व गरिएका विभिन्न अध्ययनबाट तथ्याङ्क निकालिएको हिउँचितुवा विज्ञ शशाङ्क पौडेलले जानकारी दिनुभयो । यो तथ्याङ्क क्यामेरा ट्रयाप र दिशाको नमूनाहरूको आनुवंशिक विश्लेषणलगायत अत्याधुनिक प्रविधि प्रयोग गरी विभिन्न सात अध्ययन क्षेत्रहरूबाट हिउँचितुवाको वितरण र जनसङ्ख्या घनत्वको तथ्याङ्क प्रयोग गरिएको उहाँले बताउनुभयोे । यस मूल्याङ्कन उपलब्धिले हिउँचितुवा र तिनीहरूको संवेदनशील पर्वतीय पारिस्थितिक प्रणालीको सुरक्षा गर्न मुलुकको प्रतिबद्धतालाई जोड दिन्छ ।

यो मूल्याङ्कन निकुञ्ज विभागका वरिष्ठ पारिस्थितिकीय विद्को नेतृत्वमा रहेको प्राविधिक टोलीद्वारा ग्लोबल स्नो लियोपार्ड एण्ड इकोसिस्टम प्रोटेक्सन प्रोग्रामको ‘पपुलेसन एसेसमेन्ट अफ द वर्ल्डस् स्नो लियोपाड्र्स’ निर्देशिकाअनुसार सञ्चालन गरिएको थियो । जसमा कोषलगायत व्यक्तिगत अनुसन्धानकर्ताहरू र संरक्षण संस्थाहरू सहभागी थिए ।

बासस्थान अतिक्रमणको चुनौती

विश्वका १२ देशमा मात्र पाइने हिउँचितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । हिउँचितुवाको बासस्थानमध्ये झण्डै ६० प्रतिशत क्षेत्र निकुञ्ज बाहिर रहेको र त्यस्तो बासस्थान खण्डिकरण हुँदै गएकाले यसमा चुनौती थपिएको छ । साथै द्वन्द्वका कारण बद्लावको भावनाले केही व्यक्तिले पासो थाप्ने, आहारमा विष मिसाउने, भौगोलिक कठिनाइ, उचित प्रविधि, जनशक्ति र बजेटको कमीका कारण प्रभावकारी अनुगमन गर्न नसक्नुलगायत चुनौती छन् ।

हिउँचितुवा सामान्यतया समुद्री सतहबाट पाँच सय ४० देखि पाँच हजार मिटर उचाइमा पाइन्छन् । हिउँचितुवालाई आइयुसिएनले ‘रेड लिस्ट’ विश्वव्यापी जोखिमको रूपमा सूचीबद्ध गरेको छ । बिरालो प्रजातिको हिउँचितुवाले आफ्नो लामो पुच्छरले शरीरलाई सन्तुलन गर्छ । तथ्याङ्कअनुसार नेपालको पूर्वको तुलनामा पश्चिममा बढी सङ्ख्यामा हिउँचितुवा छन् त्यसमध्ये डोल्पा क्षेत्रमा  हिउँचितुवाको सङ्ख्या ९० रहेको छ ।

डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले हिउँचितुवाको पछिल्लो तथ्याङ्क नेपालको संरक्षण यात्रामा एक ऐतिहासिक कदम भएको उल्लेख गर्दै यस तथ्याङ्कले हिउँचितुवाको सङ्ख्याको स्पष्ट चित्र मात्र नभई भविष्यका संरक्षण रणनीतिलाई सूचीत गर्ने बताउनुभयो ।

साथै उहाँले यो नतिजाले सहभागीमूलक संरक्षणका लागि आधारको रूपमा काम गर्ने बताउँदै मूल्याङ्कनका निष्कर्षहरूले हिउँचितुवा पाइने क्षेत्रहरूमा तिनको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्न परिष्कृत सुरक्षा उपायहरूको आवश्यकता पर्ने संरक्षण प्राथमिकताको उजागर गरेको अवगत गराउनुभयो ।

संरक्षणका लागि छ वर्षे कार्ययोजना

वन मन्त्रालयले हिउँचितुवाको संरक्षणलाई प्राथमिकतामा राखेर ‘हिउँचितुवा संरक्षण र कार्ययोजना ९२०२४–२०३००’ तयार गरी कार्यान्वयनमा ल्याएको छ । कार्ययोजनाले संरक्षण प्रयासलाई मार्गदर्शन गर्न विभिन्न रणनीतिक लक्ष्य र उद्देश्य राखेको छ ।

कार्ययोजनामा हिउँचितुवाको संरक्षणका लागि बासस्थान र करिडोर सुधार गर्ने, समुदायको संलग्नतामार्फत मानव–हिउँचितुवा द्वन्द्व कम गर्ने, प्रभावकारी कानुन कार्यान्वयनमार्फत चोरी सिकारी नियन्त्रण गर्ने र सीमापार, क्षेत्रीय, अन्तरराष्ट्रिय सहयोग र समर्थनलाई बलियो बनाउने लक्ष्य राखिएका छन् ।

छ वर्षसम्म यो कार्ययोजना कार्यान्वयन गर्न रु एक अर्ब ७७ करोड ९७ लाख खर्च गर्ने अनुमान गरिएको छ । योजनामा मानव–हिउँचितुवा द्वन्द्वलाई कम गर्न समुदायको सहभागितामार्फत करिब ३५ प्रतिशत र वन्यजन्तु अपराध व्यवस्थापनका लागि करिब २६ प्रतिशत बजेट अनुमान गरेको छ । यद्यपि सबै रणनीतिमा, स्थानीय समुदाय र उनीहरूको नेतृत्वलाई साझेदारी, क्षमता निर्माण र संलग्न गर्न लगानी गरिने कार्ययोजनामा उल्लेख छ ।

हिउँचितुवा ठूला बिराला प्रजातिहरूमध्ये सबैभन्दा कम अध्ययन गरिएको क्षेत्रमध्ये पर्दछ । विश्व वन्यजन्तु कोषको सन् २०२१ को एक प्रकाशनअनुसार उक्त समयसम्म हिउँचितुवाको विश्वव्यापी क्षेत्रको लगभग २३ प्रतिशत मात्र व्यवस्थित रूपमा अध्ययन गरिएको छ । तीन प्रतिशतभन्दा कममा मात्र सङ्ख्यासम्बन्धी अनुभवजन्य तथ्याङ्क उपलब्ध छन् । रासस

मुक्तिनाथ मन्दिरमा करिब ४८ लाख भेटी सङ्कलन

0

हिन्दू तथा बौद्ध धर्मावलम्बीको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा ४७ लाख ९० हजार ९५२ चन्दाभेटी सङ्कलन भएको छ।

चालु आर्थिक वर्ष २०८१/०८२ मा चारपटक मुक्तिनाथमा पाँचवटा भेटी सङ्कलन बाकस राखिएको मुक्तिनाथ विकास समितिले जनाएको छ।

समितिका सदस्य सचिव एवं मालपोत कार्यालयका प्रमुख सूर्यप्रसाद अर्यालका अनुसार चालु आवमा यहाँको भेटी चार पटकसम्म गणना गरिएको छ।

मङ्सिर ११, चैत १४, चैत १८ र वैशाख ८ गते मुक्तिनाथमा राखिएको भेटी गणना गरिएको हो। यसैगरी मुक्तिनाथ विकास समितिको नाममा भक्तजनले रसिद काटेर नगद दान गरेको रकम गत वर्षको असारमा करिब ८६ लाख र चालु आवमा करिब ५० लाख समिति कोषमा जम्मा भएको मुक्तिनाथ विकास समितिका चन्दा सङ्कलक रविन सुवेदीले जानकारी दिए।

मन्दिरमा जम्मा हुने भेटी रकममध्ये भारतीय र अन्य विदेशी मुद्रा सटही र व्यवस्थापनमा समस्या पर्ने गरेको सदस्य सचिव अर्यालले जानकारी दिए।

यस्तो रकम समितिको नाममा रहेको बैंकमा जम्मा गर्न अप्ठेरो भएकाले निकै ठूलो विदेशी मुद्रा जिल्ला प्रहरी कार्यालय मुस्ताङमा व्यवस्थापन गरिएको उनले सुनाए।

मुक्तिनाथ विकास समितिले गत आव २०८०/०८१ मा लेखा परीक्षण गराउँदा समितिको कोषमा नौ करोड ११ लाख रकम मौज्दात रहेको जनाइएको छ।

यहाँ अनौपचारिक रूपमा समिति गठन भएको धेरै वर्ष भए पनि औपचारिक रूपमा प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने गरी विसं २०६४ मा गठन भएको थियो।

मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित

0

‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित  म्याग्दीको मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । मङ्गलवार पालिका केन्द्र दरबाङमा आयोजित एक समारोहबीच मालिका गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रुपमा घोषणा गरिएको हो ।

बच्चा जन्मिएको १६ महिनादेखि ५९ महिनासम्मका गाउँपालिकाभित्र रहेका कुल ९ सय २८ जना बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चितासहित पालिकालाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना पालिका घोषणा गरिएको छ । पालिकामा जन्मेदेखि १५ महिना भित्रका २ सय ५५ जना बालबालिकाहरुले सम्पूर्ण खोप लगाइसकेको मालिका गाउँपालिकाले जनाएको छ ।

राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सम्पूर्ण खोपको मात्रा पुरा गरेको तथा खोप निर्देशिकाअनुसार आवश्यक सबै प्रक्रियाहरु पुरा गरी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्कीले बताउनुभयो । बालबालिकाहरु जन्मेपश्चात् ५९ महिनासम्म पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगहरुको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेका छन् ।

मालिका गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिकाको रुपमा घोषणा गर्नका लागि यसअघि गएको चैत २१ गते ७ नम्बर वडा विमबाट वडाहरुलाई पूर्णखोप सुनिश्चित वडाको रुपमा घोषणा गर्ने कार्य सुरु भएको थियो । पालिकाको सबै घरधुरीमा सर्वेक्षणसहित ५९ महिनासम्मका सबै बालबालिकाहरुको विवरण सङ्कलन गरी उनीहरुलाई पूर्णखोप लगाउनुका साथै पुनः सर्भेक्षण समेत गरिएको थियो । निस्कोट, रुम, डाँडागाउँ, ओखरबोट, देवीस्थान, दरबाङ र विमसहित ७ वटा वडा रहेको मालिकामा यी सबै वडालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिसकेपछि मङ्गलवार पालिकालाई औपचारिक रुपमा पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

पूर्णखोप सुनिश्चितता पालिका घोषणा समारोहको उद्घाटन गर्दै म्याग्दीका जिल्ला समन्वय अधिकारी कमलप्रसाद आर्चाले प्रत्येक बालबालिकाहरुले आधारभूत स्वास्थ्य सेवा पाउनुपर्ने उनीहरुको नैसर्गिक अधिकार भएको उल्लेख गर्नुभयो । उहाँले पूर्णखोप कार्यक्रमले औषत आयु बढाउने र बाल मृत्युदर घटाउनमा महत्वपूर्ण सहयोग पु¥याउने बताउँदै नियमित रुपमा लगाउने गरिएका खोपलगायत कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । दातृ निकायहरुको सहयोगमा सञ्चालित खोप कार्यक्रमहरुमा अब आर्थिक सहयोग आउने सम्भावना कम रहेको हुँदा यसका लागि वैकल्पिक स्रोतको व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप पालिका हाम्रो प्रतिबद्धता’ लेखिएको व्यानर वाचनसहित प्रतिबद्धता जनाउँदै आगामी दिनमा पनि गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता कायम गराउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले बालबालिकाहरुलाई खोप लगाएर पूर्णखोप सुनिश्चित घोषणा गर्ने कार्यक्रममा धेरै पक्षबाट सहयोग मिलेको हुँदा सहयोग गर्ने सम्पूर्ण संघसंस्था, निकाय र व्यक्तिहरुलाई आभार प्रकट गर्नुभयो ।

प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले पालिकालाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गर्ने कार्य वार्षिक कार्यक्रम भएकाले यसलाई निरन्तरतासहित पूर्णखोप अभियानलाई सफल र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँ, मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल र सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका लक्ष्मी जैसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाको अध्यक्षता र स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्कीको सञ्चालनमा सम्पन्न कार्यक्रममा शाखाका सहसंयोजक राजेश थापामगरले स्वागत गर्नुभएको थियो । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरुले नृत्य प्रस्तुत गरेका थिए । पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषित भई मालिका गाउँपालिका म्याग्दी जिल्लामा दोस्रो र गण्डकी प्रदेशमा तेस्रो बनेको छ ।

तुँदी पावर : मृतक चौधरीको पोष्टमार्टम अझै भएन

0

म्याग्दीको रघुगङ्गा गाउँपालिका-८, निर्माणाधिन जलविद्युत आयोजनामा कार्यरत बाराका हरिओम चौधरीको आफन्तहरूले शव बुझ्न नमान्दा पोष्टमार्टम हुन सकेको छैन् ।

तुँदी पावर प्रवर्धक रहेको ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनामा कार्यरत बारा जिल्ला कोल्हवी नगरपालिका-६, कुमरगढीका २७ वर्षीय चौधरी कामबाट फर्किने क्रममा अचानक बेहोस भई मृत्यु भएपछि परिवारका सदस्यले परिवारको लालनपालनका लागि उचित क्षर्तीपुर्तीको सुनिश्चितता नभएसम्म शब नबुझ्ने अडान दिएका छन् ।

चौधरीको उपचारका क्रममा बेनी प्रादेशिक अस्पतालमा ल्याइएका चौधरीलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी सागर पौडेलले जानकारी दिनुभयो ।मृतकका आफन्त कमलबाबु चौधरीका अनुसार सिविएम डब्लुई कम्पनीमार्फत हरिओम आयोजनामा जोडिनुभएको थियो ।

मृतक चौधरीले वल्डिङको काम गर्नुहुन्थ्यो । तुँदी पावरले मजदुरको विमा नगरेको, क्षर्तीपुर्तीमा आलटाल गरेको भन्दै मृतकका छोराछोरीको शिक्षादीक्षा सहित उचित क्षर्तीपुर्ती बिना शब नबुझ्ने बताएपछि छलफल जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबिच कम्पनीले ७ महिनासम्म कार्यरत चौधरीको बिमा समेत नगरेको पाइएको छ । मजदुरलाई जोखिमपूर्ण काममा लगाएर बिमा समेत नगरेपछि आफन्तले कानुनी कारबाहीको माग गरेका छन् ।

कम्पनीको लापवाहीका कारण हरिओमको मृत्यु भएको र कम्पनीले गुनासो सुनुवाइ नगरेको भन्दै उचित क्षतिपूर्ति नदिएको खण्डमा शव नबुझ्ने परिवारले अडान लिएका छन् । हरिओमको शव अहिले बेनी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।

मृतक चौधरीका घरमा बुवाआमा, एक दाजु ,श्रीमती र दुई छोरी हुनुहुन्छ । म्याग्दीमा निर्माणाधिन अवस्थामा रहेका जलविद्युत आयोजनामा कार्यरत मजदुरलाई न्यूनतम सुविधाका लागि समेत आनकानी गर्ने गरेका छन् । तुँदी कम्पनीको ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत पनि निर्माणाधिन अवस्थामा रहेको छ ।

शिक्षक महासङ्घद्वारा कक्षा १२ को परीक्षा बहिष्कार

0

नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षासहितका विभिन्न शैक्षिक कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको छ। महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले मङ्गलवार एक विज्ञप्ति सार्वजनिक गर्दै बहिस्कार गर्ने जनाएका छन्।

‘काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलनको यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन,प्रवेश परीक्षा,विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्र अ तथा शिक्षक–कर्मचारी साथीहरूमा जोडदार आग्रह गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ,‘त्यसै गरी २०८२ वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुनु हुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी साथीहरूमा अपिल गर्दछौँ ।’

यस्तै शीघ्र शिक्षा ऐन जारी गराइ विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको यस आन्दोलनलाई सहयोग तथा समर्थन गरिदिन सबैसँग विज्ञप्तिमा आह्वान गरिएको छ।  सरकारले भने शिक्षक आन्दोलनका बाबजुद निजामती कर्मचारीलाई परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।

सुनको भाउ ताेलाकाे २ लाख नजिक, एकैदिन ६ हजार ९ सय रुपैयाँले बढ्याे

0

सुनको भाउ आज एकैदिन ६ हजार नाै सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ ।

आज सुनको भाउ तोलाकाे एक लाख ९७ हजार नाै सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९१ हजार रुपैयाँ रहेकाे थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर ताेलाकाे एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

error: Content is protected !!