Thursday, June 26, 2025
21.2 C
Beni
21.2 C
Beni
Thursday, June 26, 2025
Home Blog Page 71

म्याग्दीमा प्रावि तह तृतीय श्रेणीका शिक्षकको पदस्थापना

म्याग्दीमा प्राथमिक तह तृतीय श्रेणीको शिक्षक पदमा शिक्षक सेवा आयोगबाट सिफारिस भएका ७८ जना शिक्षकलाई बिहिबार एक कार्यक्रम गरी स्थायी नियुक्ती वितरण तथा पदस्थापना गरिएको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रम गरी म्याग्दीका ६ वटै स्थानीय तहमा सिफारिस भएका शिक्षकलाई पदस्थापना तथा बधाई ज्ञापन गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख बिदुर चापागाई शर्माले शिक्षकलाई सपथग्रहण गराउनुभएको थियो ।

पदस्थापना हुनेमा धवलागिरी गाउँपालिका २३ जना,रघुगंगा गाउँपालिका १५ जना, अन्नपूर्ण गाउँपालिका १२, बेनी नगरपालिका १२ मालिका गाउँपालिका १० जना र मंगला गाउँपालिका ६ जना सिफारिस भएको जिल्ला समन्वय समिति म्याग्दीकी उपप्रमुख दिलकुमारी खत्रीले बताउनुभयो ।

म्याग्दीका सामुदायिक विद्यालयमा रिक्त रहेको कुल ७९ पदमध्ये मधेसी कोटा रिक्त बाहेक सबै सिफारिस भई पालिकामा पठाइएको छ । नियुक्तपत्र हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुबेदी, अखिल

अन्नपूर्ण आधार शिविर यात्रामा अब बोक्नु पर्दैन सामान

म्याग्दीस्थित मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविर यात्राका क्रममा पर्यटक आफैँले बन्दोबस्तीका सामान लिएर जानुपर्ने समस्या अन्त्य भएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने उक्त पदमार्ग र आधार शिविर क्षेत्रमा अस्थायी संरचना पालसहित आश्रयस्थल निर्माण गरी खाना र खाजा खुवाउने र बस्ने व्यवस्था गरेपछि पर्यटकलाई सहज भएको हो ।

होटल तथा लजको सुविधा नभएकाले यसअघि मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आरोहण शिविरमा जानेहरूले खाना, खाजाका परिकार, भाँडाकुँडा, ग्यास, लत्ताकपडालगायत समान आफैँले व्यवस्था गर्नुपर्ने समस्या थियो ।

अन्नपूर्ण–४ का वडासदस्य श्याम पुर्जाले नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविरमा यो यामदेखि खान, बस्नका लागि पर्यटकले सामानको भारी बोकेर जानुपर्ने समस्याको अन्त्य गरिएको जानकारी दिए।

“अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को नीतिगत व्यवस्था अनुसार आवश्यक प्रक्रिया पूरा गरी गाउँपालिकाबाट अनुमति लिएर नारच्याङका युवाहरूले चिया पसल, रेष्टुरेन्ट र बस्न शिविर ९क्याम्प० सञ्चालन गरेका छन्”, उनले भने, “योसँगै पर्यटकलाई खान, बस्न सहज भएको छ । बन्दोबस्तीका सामानको भारी बोकेर यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै स्थानीयस्तरमा रोजगारी र आयआर्जनको अवसर पनि सिर्जना भएको छ ।”

फुतफुते झरनामा चिया पसल, साधीखर्क, गुफाँफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसरमा शिविर सञ्चालन गरिएको वडासदस्य पुर्जाले जानकारी दिए। उनका अनुसार ती शिविरहरूमा दैनिक ५० जनासम्म पर्यटकले बास बस्नसक्ने छन्

एक्यापमा पर्ने उक्त क्षेत्रमा स्थायी संरचना बनाउन नमिल्ने कानुनी व्यवस्था भएकाले पर्यटक याममा सञ्चालन गर्न मिल्ने गरी शिविर क्षेत्र बनाइएको बताउँदै पुर्जाले लागत अनुमान हिसाब गरेर सो क्षेत्रको सेवाशुल्क तोक्ने तयारी भइरहेको जानकारी दिए।

मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, आकर्षित भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै समुन्द्री सतहबाट चार हजार १०० मिटरको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङबाट दुई घण्टा सावरीसाधनमा यात्रा गरेपछि पुगिने हुमखोलाबाट पनि दुई दिनमा आधार शिविर पुगेर तेस्रो दिन फर्कन सकिन्छ ।

छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा पर्ने गरेको यहाँका पर्यटन व्यवसायी बताउँछन् । करिब ७० वर्षअघि फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटो पछ्याउँदै विसं २०६७ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको उक्त पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा मौरिस हर्गोज नामारण गरी पदमार्ग सञ्चालन गरेको थियो ।

शान्त र एकान्त वातावरण, वन्यजन्तु, पशुपन्छी, जङ्गल, अग्ला पहाडको खोँच, फुतफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङ्गको पञ्चकुण्ड ताल आधार शिविरका आकर्षण हुन् ।

निम्न माध्यमिक तह तृतीय श्रेणीका शिक्षकको विज्ञापन खुला

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीका शिक्षकको विज्ञापन खुलाएको छ । आयोगले आज निकालेको सूचना अनुसार सात प्रदेशमा गरी ६ सय ८८ जना शिक्षकका लागि विज्ञापन खुलेको छ ।

आयोगले नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक, स्वास्थ्य तथा शारीरिक शिक्षा, संस्कृत व्याकरण र संस्कृत भाषा विषयमा शिक्षक माग गरेको छ । आवेदन दिन उमेर हद १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

परीक्षा दस्तुर सात सय रूपैयाँ र समावेशी समूहतर्फका थप विज्ञापनमा पाँच सय रूपैयाँ लाग्नेछ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले वैशाख १२ गतेसम्म र दोब्बर दस्तुर तिरेर वैशाख १९ गतेसम्म आवेदन दिन सक्नेछन् । सामान्य परीक्षा आउँदो जेठ १७ गते हुनेछ ।

म्याग्दी र बागलुङका पत्रकारबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता

नेपाल पत्रकार महासंघको ७०औं स्थापना दिवसको पूर्वसन्ध्याको अवसर पारेर बिहीबार जिल्ला शाखा म्याग्दीले  बेनीमा फुटसल प्रतियोगिता सम्पन्न भएको छ । धौलागिरि क्षेत्रको सञ्चार कर्ममा क्रियाशील म्याग्दी र बागलुङका पत्रकारहरुको बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरिएको हो ।

म्याग्दी सदरमुकाम बेनीबजारस्थित शिक्षामार्गमा रहेको फुटसलस्थलमा सम्पन्न प्रतियोगिता अन्तर्गत पहिलो चरणमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङ (रातो) समूहले म्याग्दी शाखालाई शुन्यका विरुद्ध ९ गोल प्रहार गरी दोस्रो चरणमा प्रवेश गरेको थियो । यसैगरी दोस्रो चरणमा पत्रकार महासंघ बागलुङ शाखा (निलो) समूहले म्याग्दी मिडिया सोसाईटीलाई १ गोलका विरुद्ध २ गोल गर्दै विजयी भएको थियो ।

त्यस्तै तेस्रो तथा अन्तिम चरणको फाइनलखेलमा पत्रकार महासंघ बागलुङ शाखा रातो र निलो समूहको बीचमा प्रतिस्पर्धा भएको थियो । फाइनलमा रातो समूहले २ गोलका विरुद्ध ६ गोल गर्दै मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि जितेको हो । प्रतियोगितामा विजेता र उपविजेता समूहलाई क्रमशः ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले जनाएको छ । प्रतियोगितामा म्याग्दीबाट २ र बागलुङबाट पनि २ वटा टोली सहभागी भएको थियो ।

फुटसल प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेलले खेलकुदले मानिसको शारिरीक तथा मानसिक विकासमा सहयोग पु¥याउने बताउनुभयो।

उहाँले पत्रकार महासंघ म्याग्दी शाखाले पत्रकार महासंघको स्थापना दिवसको अवसर पारेर आयोजना गरेको फुटसल प्रतियोगिता अत्यन्तै सराह्रनीय भएको बताउँदै प्रतियोगिताले दुई जिल्लाका पत्रकारहरुको बीचमा एकता र भावनात्मक सम्बन्धको विकास गर्ने बताउनुभयो । राज्यले चौथो अङ्ग मानेको सञ्चार क्षेत्रमा क्रियाशील पत्रकार रिपोर्टिङको साथमा अन्य क्षेत्रमा पनि लाग्नुपर्ने उहाँको भनाइ छ ।

सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा (अविरल)ले पत्रकार महासंघको स्थापना दिवसको अवसरमा म्याग्दी शाखाले आयोजना गरेको फुटसल प्रतियोगिताले एकापसमा हार्दिकता, भाइचारा र सद्भावको सम्बन्ध विस्तार भएको बताउनुभयो ।

उहाँले सौहार्दपूर्ण वातावरण सम्पन्न प्रतियोगिताको साथमा पत्रकार साथीहरुबीच भेटघाट र परिचय हुनुका साथै आउँदा दिनमा बागलुङ शाखाले पनि पत्रकारहरुको बीचमा मैत्रीपूर्ण कार्यक्रम आयोजना गर्ने जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले पत्रकारहरुको बीचमा सम्बन्ध प्रगाढ र बलियो बनाउने उद्देश्यले महासंघको स्थापना दिवसलाई लक्षित गरेर फुटसल प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले पत्रकार महासंघ म्याग्दीको वर्तमान कार्यसमितिले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाइरहेको बताउँदै आगामी दिनमा पनि दिवसीयलगायत कार्यक्रहरुलाई निरन्तरता दिने बताउनुभयो ।

फुटसल प्रतियोगितामा म्याग्दी र बागलुङबाट स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा रिपोर्टिङ गर्दै आइरहेका पत्रकार एवं सञ्चारकर्मीहरुले सहभागिता जनाएका थिए । कार्यक्रम पत्रकार महासंघका जिल्ला अध्यक्ष गौतमको अध्यक्षता र सचिव ठाकुरप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

यादगार र अविष्मरणीय मुस्ताङ यात्रा

नेपालीलाई ‘तपाईंलाई घुम्न मन पर्ने ठाउँ कुन हो’ भनेर सोध्दा धेरैको जवाफ आउँछ–पोखरा । करिब साढे ३ वर्षदेखि पोखरामा बसिरहेको मलाई भने मुस्ताङ घुम्न जाने ठूलो रहर थियो । पोखरा बसाईंको अवधिमा मुस्ताङ जाने अवसर यसअघि नमिलेका पनि होइनन् । तीन पटक मुस्ताङ जाने मौका जुर्दा पनि विशेष कारणवस् त्यहाँ पुग्ने धोको अधुरै थियो ।

चौथो चोटी आएको अवसर गुमाउनु पनि भएन, यसपालि घुमन्ते बन्ने जोश आयो । गण्डकी विश्वविद्यालयको ब्याचलर इन स्पोट्स म्यानेजमेन्ट (बिएसएम) का सातौं सेमेस्टरका विद्यार्थीबीच शैक्षिक भ्रमण जाने एजेन्डा बारम्बार आइरहन्थ्यो । हरेक छलफलको पहिलो नम्बरमै हुन्थ्यो मुस्ताङ ।

तर, स्रोत र साधनको सीमितताका कारण मुस्ताङलाई छाडेर चितवन, सौराहा मोडिन खोज्दा पनि मन भने जोमसोम, कोरलातिर नै ढल्किरहेको थियो । यसपालि पनि पहिले सौराहा जाने कुरा करिब पक्कापक्की भएको थियो ।

भ्रमणको विषयमा कुरा गर्न हामी विश्वविद्यालय पुग्यौं । रजिस्ट्रार डा. कैलाश तिमल्सिना सरसँग कुरा भइरहदा ‘मुस्ताङ जाने चाँजोपाँचो मिलोस्’ भनी मनमनै सोचिराखेको थिएँ । यो पटक सोचाइ र व्यवहारमा तादात्म्य देखियो । विश्वविद्यालयबाट बाहिर निस्कदै गर्दा हाम्रो योजना सौराहाबाट मुस्ताङतर्फ सोझियो । मुस्ताङ जाने गाडीको व्यवस्थापन गर्न दाइहरु लाग्नुभयो र म खुब उत्साहित हुँदै निवासतिर फर्किएँ ।

गाडीसँग कुरा नमिले मुस्ताङ जान नपाउने त होइन भन्ने डर मनमा खेलिरहेको थियो । मुस्ताङ जाने गाडीको व्यवस्था भएपछि भने साढे तीन वर्षको पर्खाइ सकिएको महसुस भयो ।

गाडी व्यवस्था गरी गण्डकी विश्वविद्यालयमा खेलकुद व्यवस्थापन संकायको सातौं सेमेस्टरमा पढिरहेका हामीले ८ जनासहित १० जना चैत ४ गते बिहान मुस्ताङ प्रस्थान गर्‍यौं । म्याग्दीको बेनीबाट हिँडेको केही बेरमा मुस्ताङ प्रवेश गरेको आवास हुन थाल्यो । गाडीको झ्यालबाट देखिएको दृश्य निकै मनमोहक देखिन्थ्यो ।

म्याग्दीको रुप्से झरनाबाट हाम्रो घुमफिरको क्रम सुरु भयो । केही समय रुप्से झरना अवलोकनसँगै हामी मुस्ताङतर्फ अघि बढ्यौं । जोमसोम पुग्दा साँझको करिब ५ बजेको थियो । त्यसपछि खाजा, खाना खायौं र पहिलो दिन जोमसोममै बस्ने निधो गर्‍यौं । त्यो रात जोमसोममै बित्यो ।
अर्काे दिन बिहान साढे ९ बजेतिर हामी जोमसोमबाट कोरला नाकाका लागि प्रस्थान गर्‍यौं । करिब ७ घन्टाको यात्रापछि कोरला पुगियो । त्यो ७ घन्टामा हामीले यात्रामात्रै गरेनौं, मुस्ताङ किन घुम्नुपर्छ भन्ने जिज्ञासाको उत्तरसमेत पायौं । मुस्ताङको भौगोलिक विशेषता नजिकबाट नियाल्ने मौका मिल्यो ।

असहज बाटोबाट भएको असहज परिस्थितिलाई त्यो सुन्दरताले महसुस हुनै दिएन । तर, लामो बाटो र बढी उचाईमा जाँदा मन अत्तालिएको भने पक्कै थियो । अतात्तिएको मन ४ हजार ६ सय मिटरको उचाईमा रहेको कोरला नाकामा पुगेको छिनभरमै फुरुङ्ग भयो । हावाहुरी एक ठाउँमा थियो भने त्यहाँ पुग्दा मनमा छुट्टै उत्साह जागेर आयो । केही छिन नेपाल–चीन सीमाको कोरला नाकाको पिलर नम्बर २४ मा फोटो खिचेर हामीले पुनः लोमान्थाङतर्फ लाग्यौं ।

लोमान्थाङमा केही समय अल्मलिएर कागबेनीतर्फ यात्रा सोझियो । लोमान्थाङबाट कागबेनी पुग्न ५ घन्टाभन्दा बढी समय लाग्थ्यो । लोमान्थाङबाट हिँड्दा साँझको ५ बजिसकेको थियो । लामो यात्रा हुँदा हामी एकदमै थकित थियौं । त्यस कारण हामी गन्तव्यमा पुग्न सकेनौं ।

दोस्रो दिनको बास कागबेनी र लोमान्थाङबीचको स्याङमोचेनमा हुन पुग्यो । योजना नबनाई हिड्दा बीच बाटोमै अल्मलिनु परेको महसुस हामीले गर्‍यौं । त्यसपछि भने हामीले कहाँ जाने, कति बेला जाने योजना बनाउन थाल्यौँ । ता कि हाम्रो यात्रा सहज र व्यवस्थित होस् ।

तेस्रो दिन स्याङमोचेनबाट बिहान ८ बजे हिड्ने गरी होटलबाट निस्केयौं । तर, गाडी बिग्रिएपछि करिब २ घन्टा त्यही नै बित्यो । १० बजेतिर हामी कागबेनीका लागि प्रस्थान गर्‍यौं । गत वर्षको साउनमा आएको बाढीबाट प्रभावित भएको कागबेनी पुनर्निर्माण भइसकेको महसुस भयो । २०८० साउन २९ गते कागखोलामा आएको बाढीले कागबेनी क्षेत्रका पक्की पुल, प्रहरी चौकीसहित ३१ घर बगाएको थियो । जुन अहिले पुरानै अवस्था फर्किए जस्तो आभास हामीले गर्‍यौं ।

 

फर्किँदा हामी मुक्तिनाथ मन्दिर गयौँ । हिन्दू र बौद्ध दुवै धर्माबलम्बीको पवित्र तीर्थस्थल मुक्तिनाथ पुग्दा हामी निकै पुलकित थियौं । करिब ३० मिनेटको यात्रापछि हामी मुक्तिनाथको बस स्टेसनमा पुग्यौं । त्यहाँबाट करिब ३० मिनेटको पैदल यात्रा हिँडेपछि मुक्तिनाथ मन्दिरमा पुग्न सकिन्छ । मुक्तिनाथ पुग्दा भारतीय तीर्थयात्रीको बाक्लो उपस्थिति थियो । मन्दिरमा व्यवस्थापकीय कमजोरी भने प्रष्ट झल्किएको थियो । ठाउँ विभाजन नहुँदा र सबै एउटै ठाउँमा हुँदा स्थिति भद्रगोल देखिन्थ्यो ।

विशेषतः तीर्थयात्री एक सय आठ धारामा नुहाउन, पाप र पुण्य कुण्डमा डुबुल्की मार्न मुक्तिनाथ मन्दिरमा जाने गर्छन् । तर, स्वास्थ्यले साथ नदिँदा मेरो न धारामा नुहाउने रहर पूरा भो, न कुण्डमा डुबुल्की मार्ने । केवल मन खल्लो बनाउँदै फर्किनुपर्‍यो । मुक्तिनाथबाट फर्किएपछि हाम्रो बाटो ढुम्बातालतर्फ सोझियो ।

२८३० मिटर उचाइमा रहेको ढुम्बा ताल निकै आकर्षक छ । त्यहाँ केही समय बिताएर हामी तेस्रो दिन बास बस्न लेतेतर्फ लम्कियौं । त्यस दिन हाम्रो बसाइ लेतेको सीयु अगेन होटलमा भयो । त्यो बसाइका क्रममा केही समय हामीसँग थियो । समय व्यतीत गर्न ‘चोर पुलिस’ खेल खेल्ने उपाय साथीहरुले निकाले । त्यो यात्राकै सबैभन्दा रमाइलो र यादगार पल बनिरहेको छ ।

चौथो दिन बिहान लेतेबाट हामी मार्फातिर लाग्यौं । निकै आकर्षक मार्फा गाउँमा दुई घन्टा बिताएको पत्तै भएन । स्याउको राजधानीका रुपमा परिचित मार्फामा स्थानीय रहनसहन, हिमाली भेगको पोशाकदेखि जेरी चलचित्र छायांकन भएको जेरी गल्ली अवलोकन गर्ने मौका यात्राले जुरायो । लेतेको आतिथ्यतापछि त्यही खाना खाएर हामीले मुस्ताङलाई बिदाई गर्‍यौं ।

साँझ हामी म्याग्दीको तातोपानी आईपुग्यो । तातोपानी आइपुग्नु तर कुण्डमा ननुहाउनु, त्यो करिब असम्भव नै हुन्छ । हामीले पनि केही समय डुबुल्की मार्‍यौं । कुण्डमा स्नान गर्दा बाथरोग, ग्यास्ट्रिक, ढाड दुख्ने जस्ता रोग निको हुने विश्वासका साथ सयौं व्यक्ति त्यहाँ स्नान गरिरहेका थिए । तातोपानीको डुबुल्कीपछि हाम्रो ४ दिने यात्राको गन्तव्य अब पोखरा नै थियो, अर्थात् यात्रा टुंग्याउनीतिर पुगेको थियो । हाम्रो गाडी पोखरातर्फ अघि बढ्यो । पर्वत हुँदै कास्की प्रवेश गरेपछि लुम्ले आइनपुग्दै गाडी बिग्रियो ।

गाडी मर्मतको काम जारी नै थियो । हामी यात्रुहरु भने फुक्काफाल नै थियो । यो समयको उपयोग गरी हामीले ‘मिनी कन्सर्ट’ नै गर्‍यौं । बिएसएमको संयोजक मधुसुधन सुवेदी सरले गितार ल्याउनुभएको रहेछ, साथै उहाँसँग गितार बजाउने र गाउने सीप पनि रहेछ । यो पर्खाइको समयलाई मिनी कन्सर्टले पट्यारलाग्दो बन्न दिएन । गाडी चाँडै बनिहाल्ने अवस्था नदेखेपछि हामी अर्काे गाडीमा पोखरा फर्कियौं ।

हाम्रो चार दिनको मुस्ताङ यात्रालाई मुस्ताङ चिन्ने अवसरमात्रै बनेन, नेपाली खेलकुदलाई नजिकबाट बुझ्ने अवसरसमेत सावित भयो । २०५३ देखि २०५९ सम्म भलिबल खेलेका लेखनाथ लम्साल र २०७७ सालदेखि नेपाली महिला भलिबल टोली सम्हाल्दै आएकी अरुणा शाहीका अनुभव तथा भोगाई सुन्ने अवसर मिल्यो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य एवं गण्डकी विश्वविद्यालय ‘ब्याचलर इन स्पोट्स म्यानेजमेन्ट’ संकायका संयोजक डा. मधुसूधन सुवेदीबाट अहिलेको खेलकुदको अवस्था, खेलकुदमा चाहिने सुशासन जस्ता विषयमा प्रशिक्षित हुन पाइयो ।

खेलकुदको व्यवस्थापकीय पाटोमा रहनुभएका प्रकाश पराजुली, सञ्जय आचार्य, मलिन राेक्का गौरव श्रेष्ठ र भगिरथ कँडेलबाट पनि धेरै कुरा सिक्ने अवसर मिल्यो । उहाँहरुसँग नेपाली खेलकुदको इतिहास, वर्तमान र भविष्यबारे भएको विमर्शले नेपाली खेलकुदलाई नजिकबाट नियाल्ने दृष्टिकोण बनाउन मद्दत गरेको छ । भन्छन्ः जिन्दगी नै एउटा यात्रा हो ।

घुमफिरमा मन बहलाउने, अरुका कुरा सुन्ने, हेर्ने, बुझ्ने र आफ्नो जीवनका सिर्जनात्मक पक्ष पहिल्याउने माध्यम यात्रा बन्न सक्छ । यही दृष्टिले पनि शैक्षिक भ्रमणका रुपमा भएको मुस्ताङ यात्रा मेरा लागि निकै फलदायी, यादगार र सार्थक बन्यो ।

कतारमा पल, टङ्क र स्मारिकाले इद धमाकामा प्रस्तुति दिने

चर्चित नायक तथा मोडल पल शाह कतार आउने भएका छन् ।‘मानव सेवा आश्रम नेपालको सहयोगार्थ’ द गोरखा इन्टरटेन्मेट हाउस कतारले मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व इद उल फित्रको अवसरमा आयोजनाको घोषणा गरेको नेपाली इद धमाका– २०२५ मा साङ्गीतिक प्रस्तुति दिन नायक पल सँगै गायक, सर्जक टङ्क तिमिल्सिना र मोडल तथा डान्सर स्मारिका ढकाल कतार आउन लागेको कार्यक्रमका संयोजक तिलु शर्मा पौडेलले जानकारी दिए l

कतारको अल लुक्ता स्थित ट्युनिसियन स्कुलको कभर्ड हलमा ३१ मार्चमा मध्यान्ह १२:३० बजेबाट सुरु हुने कार्यक्रममा कतारमा रहेका केही कलाकारहरूले समेत साङ्गीतिक प्रस्तुति दिनेछन् l

आयोजकले कार्यक्रमका कम्तीमा २५ वटा टिकट बिक्री गर्ने संस्था वा व्यक्तिलाई एउटा विशेष पास, ५० भन्दा बढी बिक्री गर्नेलाई सिल्भर स्पोन्सर, १ सय बेच्नेलाई गोल्डेन, १ सय ५० टिकट बेच्नेलाई प्लाटिनम र २ सय भन्दा बढी टिकट बेच्नेलाई डाइमण्ड स्पोन्सरको रूपमा वर्गीकरण गरी राखिने आयोजकले जनाएको छ ।कार्यक्रममा सहभागी हुने नेपाली महिलाहरूका लागि कार्यक्रमको मेकअप पार्टनर हर्मोषा ब्युटी पार्लरले ३१ मार्चबाट लागू हुने गरी ४५ दिन भित्र टिकटको अर्धकट्टी लिएर गएमा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।

प्रवेशका लागि ५०, एक सय र संयुक्त परिवारका लागि पाँच सय रियाल शुल्क लाग्ने कार्यक्रममा आउन जानको लागि विभिन्न ठाउँबाट यातायातको सुविधा पनि रहने आयोजक संस्था तथा कार्यक्रमका म्यानेजर राकेश श्रेष्ठले जानकारी दिए ।

’अब म पनि बोल्छु’ वक्तृत्वकलाको पालिकास्तरको नतिजा चैत्र १८ गते सार्वजनिक हुने

म्याग्दीका विद्यार्थीको बोल्ने कलाको विकास गर्ने उदेश्यले शैक्षिक परामर्शदाताको रुपका कार्यरत स्टुडेन्ट भाइब्स अस्ट्रेलिया र बेनीअनलाइन प्रालिको आयोजनामा म्याग्दीका ६ वटै स्थानीय तहमा सम्पन्न भएको पालिकास्तरीय छनौट प्रतियोगिताको नतिजा चैत्र १८ गते सोमबार साँझ ५ बजे सार्वजनिक गरिने भएको छ ।

म्याग्दी जिल्लामा पहिलोपटक विद्यालयस्तरमा सर्वाधिक धनराशीको वक्तृत्वकला प्रतियोगितामा ६ वटै स्थानीय तहमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीको सहभागितामा ’अब म पनि बोल्छु’ नामक वक्तृत्वकला प्रतियोगिताको फरक फरक शिर्षकममा प्रतियोगिता सञ्चालन गरिएको थियो ।उक्त प्रतियोगितामा जिल्लाभरका ४५ जना विद्यार्थीले सहभागिता जनाएका थिए।

प्रतियोगितालाई २ खण्डमा बिभाजन गरिएकोमा पहिलो खण्ड अन्तरगत पालिकास्तरमा प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखाका प्रमुख सहितको निर्णायक मण्डलबाट सहभागीको नतिजाबाट हरेक स्थानीय तहबाट १ जना छनौट गरी अन्तिम प्रतिष्पर्धा गराइने छ । पालिकाको नतिजा सार्वजनिक गर्ने क्रममा फाइनलको मिति समेत जानकारी गराइने छ ।

पालिकाबाट छनौट भएकालाई क्षमता विकास तालिम समेत सञ्चालन गरिने छ । प्रतियोगिताबाट प्रथम हुनेलाई ५० हजार प्रमाणपत्र तथा ट्रफी, दोश्रोलाई ३५ हजार प्रमाणपत्र तथा ट्रफी, तृतीयलाई २५ हजार प्रमाणपत्र तथा ट्रफी साथमा अन्य आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको छ ।

 

मुस्ताङमा दुई बर्षमा लेक लागेर २८ जनाले ज्यान गुमाए

स्वर्गीय सांसद विमला गौचन गएकोजनै पूर्णिमाका अवसरमा पूजाआजा गर्न मुस्ताङको दामोदर कुण्ड (४८०० मिटर) मा पुग्दा लेक लागेर चार दिनसम्म दामोदर कुण्डकै धर्मशालामा राकिनुभयो ।

टाउको दुख्ने, शरीर गल्ने, खानामा रूचि नहुनेजस्ता लक्षण देखिएपछि नेपाली सेनाको प्रयासमा उद्धार गरेको गण्डकी प्रदेशसभा सदस्य गौचनको गएको कात्तिक २८ गते मृत्यु भयो ।

लेक लागेपछि कमजोर बन्नुभएकी गौचन लामो समयसम्म आराम गरेपछि डेंगुले ज्यान लियो । लेग लागेर बिरामी भएकाहरूको समयमै उपचार नभए अन्य रोगसँग लड्ने क्षमता समेत कमजोर हुन्छ ।

दुई बर्षको अवधिमा मुस्ताङमा २८ जना पर्यटकले लेक लागेर ज्यान गुमाए । सरद र वसन्त ऋतुमासडक र हवाई मार्ग हुदै मुस्ताङ प्रवेश गरेका स्वदेशी तथा विदेशी पर्यटकले सावधानी अपनाउन नसक्दा स्वास्थ्यमा गम्भीर समस्या सिर्जना भई मुस्ताङमै ज्यान गुमाउँछन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा बि.स २०८० सालमा नेपाली ४ पुरूष, २ महिला, ५ विदेशी पुरूष, ६ महिलाले लेक लागेर उपचारकै क्रममा ज्यान गुमाएका थिए । यस बर्ष बैशाख देखि फागुन महिनासम्म २ नेपाली, ७ विदेशी पुरूष र ८ महिलाको मृत्यु भएको देखिन्छ । बि.स २०८१ सालमा लेक लागेर ज्यान गुमाउनेहरूमा ८ जना भारतीय, २ जना नेपाली र १ जना अमेरिक नागरिक छन् ।

मुक्तिनाथ दर्शन तथा भमणका क्रममा मुस्ताङ आउनेमध्ये ५ जनाको वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथमा, ५जनाको घरपझोङ–४ जोमसोममा र १ जनाको थासाङ गाउँपालिका–२ मा लेक लागेर मृत्यु भएको थियो ।

मृतकको उमेर ६४ बर्षदेखि ८१ बर्षसम्मको रहेको तथ्याङमा देखिन्छ । मृतकले ज्यान गुमाएका क्षेत्र तल्लो मुस्ताङमा पर्छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक बिशाल अधिकारीले लेक लागेर बिरामी भएका र सिकिस्तलाई समयमै उपचार गरी घर फर्काइएकाको संख्या धेरै रहेको बताउनुभयो ।

‘‘स्वास्थ्यमा समस्या हुदाँ पनि मुस्ताङमा आएको देखिन्छ, बृद्धबृद्धालाई अचानक अक्सिजनको कमी भएको मेडिकल रिर्पोटमा देखिन्छ’’ प्रहरी निरीक्षक अधिकारीले भन्नुभयो । लेक लागेर मृत्यु हुनेमा ५८ वर्षदेखि ८१ वर्ष उमेर समूहका पर्यटक रहेका छन् ।

मुस्ताङको प्रबेशद्धारा घासँदेखि माथिल्लो क्षेत्रमा लेक लाग्ने समस्याका बारेमा विभिन्न जनचेतनामुलक अभियानहरू सञ्चालन गरेपनि पर्यटकको बेवास्ताका कारण बर्षेनी ज्यान गुमाउनेको संख्या बढिरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मृतकको तथ्याङ्कले समेत ज्येष्ठ नागरिक, दिर्घरोगी तथा सिजनल रोगबाट ग्रसित भएको अवस्थामा प्रतिकुल हावापानीमा यात्रा गर्दा पर्यटकलाई लेक लाग्ने गरेको प्रदेश अस्पताल मुस्ताङका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. तेजेस नेपालले बताउनुभयो ।

‘‘सर्तकता अपनाए लेक लाग्नबाट जोगिन्छ,शरीरमा असहज महुसस भए तत्कालै स्वास्थ्य संस्थामा पुग्नुपर्छ’’ डा.नेपालले भन्नुभयो । एकैपटक निकै उचाइमा जाँदा लेक लाग्ने सम्भावना धेरै हुने भएकाले लेक लाग्नबाट जोगिन विभिन्न उपायहरूका बारेमा पर्यटकले सावधानी अपाउनुपर्ने डा. नेपालको सुझाव छ ।

डा.नेपालका अनुसार समुन्द्री सतहदेखि २५ सय मिटर वा सोभन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुनुलाई लेक लागेको भनिन्छ ।लेक लागेका पर्यटकलाई टाउको हल्का दुख्नु, थकाइ र रिङ्टा लाग्नु पहिलो लक्षण हुन् भने हिँड्न गाह्रो हुने, श्वास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने, पखाला लागेमा तत्काल उच्च क्षेत्रमा जान रोक्नुपर्ने र आराम गर्ने, पानी वा झोलिलो खाने कुराहरु खानुपर्ने चिकित्सकको सुझाव छ । समयमै लेक लागेकाहरूले सतर्क भएर यसबाट बच्ने उपाय र उपचार गरेमा निको हुन्छ ।उपचार नगरी उँचाइमै बसिरहेमा अथवा अझै माथि उचाइमा जाने प्रयास गरेमा मस्तिष्क वा फोक्सो सुन्निने खतरा हुन्छ ।

फोटो क्याप्सन
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथ मन्दिरको प्रवेशद्धार रानीपौवा । लेक लागेका अधिकांस पर्यटक मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने छन् । तस्वीर सौजन्य रमिता

 

खैरो हिरोइन बोकेर भारतीय बेनीसम्म आउन थाले, प्रयोगकर्ता समेत खोज्दै प्रहरी

म्याग्दीमा प्रतिबन्धित लागूपदार्थ खैरो हिरोइन सहित प्रहरीले एक जना भारतीयलाई पक्राउ गरेको छ। भारतको बिहार राज्य मोतिहारी संग्रामपुर थाना घर भई बेनी नगरपालिका–८,कालीपुल बस्दै आएका २६ बर्षिय अजित कुमार पासवानलाई ५.६ ग्राम खैरो हिरोईन सहित पक्राउ गरिएको हो ।

शंकास्पद अवस्थामा हिँडेका पासवानलाई चेकजाँच गर्दा कम्मरमा लुकाई छिपाई राखेको अबस्थामा खैरो हिरोइन लागू औषध फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक एवम् सूचना अधिकारी सागर पौडेलले बताउनुभयो ।

पक्राउ परेका पासवानलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत जिल्ला अदालत म्याग्दीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो ।

‘हामीले महंगो लागुऔषध कसरी बेनीसम्म आइपुग्यो थप कनेक्सन खोज्दै छौं,प्रयोगकर्ताहरूको समेत खोजी भइरहेको छ’ प्रनाउ श्रेष्ठले भन्नुभयो । बि.स २०७९ फागुन १८ गते पहिलोपटक कालिपुलबाट भारतको पश्चिम बंगाल घर भई पोखरामा बस्ने २८ वर्षीय अलेमुन हकलाई प्रहरीले ६.५ ग्राम खैरो हिरोइन फेला पारेको थियो ।

खैरो हेरोइन सहित भारतीयहरू बेनीसम्म आउन थालेपछि प्रयोगकर्ताको संख्या समेत धेरै रहेको अनुमान गरिएको छ । बेनीमा अहिलेसम्म पक्राउ परेकाहरु भरिया भएर आएको देखिन्छ । म्याग्दीमा लागु औषध र लागु पदार्थको सेवनकर्ता ह्वात्तै बढेपछि छिमेकी जिल्ला हुँदै कारोबारी प्रवेश गर्ने गरेका छन्। डाईजापाम, फेनेरागन, नुर्फिन जस्ता लागु औषधको प्रयोगकर्ता हरेक बर्ष बढिरहेका छन् ।

चिकित्सकको सिफारिसमा मात्रै प्रयोग गर्न मिल्ने औषधिहरू डाइजेपाम, फेनारगन, नोफिन, नाइट्रोभेट छ्यापछ्याप्ती पाइन्छ । खैरो हेरोइन नपाइएपछि प्रयोगकर्ताले एम्पुल प्रयोग गर्ने गरेको समेत भेटिएको छ ।

आर्थिक हिसाबले सस्तो र बिक्रेताको संख्या अधिक भएर सुईबाट लागुऔषध लिनेको संख्या बढेको छ ।सदरमुकाम बेनीमा स्कुले विद्यार्थी समेत दुव्र्यसनमा फस्न थालेको दरलाग्दो समस्यालाई मध्यनजर गरी पुराना प्रयोगकर्तामार्फत नयाँलाई खोजी गर्ने क्रमलाई समेत तीव्रता दिएको छ।

दाउरामै पाक्छ दैनिक ३ सय जनालाई खाना

मुस्ताङको थासाङ गाउँपालिका–१, टुकुचे झिलिङ्घमा अवस्थित नालन्दा बौद्ध विद्यालयमा खाना पकाउन ग्यासको सिलिन्डर प्रयोग गरिँदैन । विगत सात वर्षदेखि खाना पकाउन ग्यास प्रयोग नगरी विद्यालयको भान्सामा परिकार पाक्ने गरेका छन् । विद्यालयको छात्रावासमा बस्ने २४० विद्यार्थी र शिक्षक, कर्मचारीलाई दाउरा बालेर पानीबाट बाफ निकालेर (स्टिम प्रविधिबाट) खाना पकाउने गरिएको विद्यालयका प्रधानाध्यापक अवन तुलाचनले बताउनुभयो ।

प्रअ तुलाचनले भन्नुभयो, “मुस्ताङमा दाउराको समस्या नहुने भएकाले दाउरा खरिद गरी भण्डारण गर्ने गरिएको छ । हामी ग्यास चलाउँदैनौँ ।” यहाँ वार्षिक १० लाख रुपियाँभन्दा बढीको दाउरा खपत हुने गरेको छ । तातोपानी, चियादेखि खाजाका लागि आवश्यक पर्ने परिकार दाउरा बालेर बनाउने गरिन्छ ।

मुस्ताङमा दाउराको प्रयोग निकै कम हुने गरेकाले समुदायस्तरबाट दाउरा खरिद गरी प्रयोग गर्ने गरिएको प्रअ तुलाचनको भनाइ छ । खाना पकाउने ग्यास र विद्युतीय उपकरणको तुलनामा दाउरा सस्तो, छिटो र प्रभावकारी भएको समेत विद्यालयले जनाएको छ । यस वर्षको एसइई परीक्षामा विद्यालयबाट १४ जना विद्यार्थी

विद्यालयको माथिल्लो भागमा रहेको भवनमा जडान गरिएको स्टिम प्रविधिको महìवका साथै प्रयोग गर्ने विधिका बारेमा नयाँ शिक्षक र भर्ना भएका विद्यार्थीलाई समेत जानकारी गराउने गरिन्छ । बौद्ध विद्यालय अन्तर्गत भारतमा रहेको विद्यालयमा प्रभावकारी भएपछि भित्र्याइएको स्टिम प्रविधिबाट एकै पटकमा पाँच वटा भाँडामा छ सयभन्दा बढीलाई खाना पकाउन सकिने क्षमता रहेको छ ।

फलामको पाइप लाइनबाट आगोको भट्टीमाथि राखिएको ६० लिटर क्षमताको फलामकै भाँडामा ठुलो भाँडोमा पानी तताएपछि उत्पन्न हुने बाफलाई अर्को कोठामा रहेका खाना पकाउने भाडामा पुर्‍याउने संरचना जडान गरिएको छ । भट्टिबाट फलामको पाइप लाइनमा आपूर्ति गरी आवश्यक परेको भाडामा अनुकूल समयमा बाफ आपूर्ति गराउने र पकाउन सकिन्छ ।

२०६७ सालमा पद्मसम्भव च्यारिटी फाउन्डेसनले सञ्चालन गरेको विद्यालयको छात्रावासमा अहिले कक्षा १ देखि १० सम्म निःशुल्क आवासीय सुविधासहित २४० विद्यार्थी अध्ययनरत छन् । यस वर्षको एसइई परीक्षामा विद्यालयबाट १४ जना विद्यार्थी सहभागी भएका छन् । विद्यालयमा नेपालका साथै भारतका विभिन्न जिल्लाबाट समेत आर्थिक अवस्था कमजोर भएका, लामा शिक्षाका लागि आउने विद्यार्थीले पढ्ने गरेका छन् ।

लामा पृष्ठभूमिका बाहेक बाह्मण, क्षेत्री, चेपाङ, दलितलगायत विभिन्न समुदायका विद्यार्थीसमेत अध्ययनरत छन् । नेपाल सरकारद्वारा लागु भएको औपचारिक पाठ्यक्रमका साथै नेपाली, अङ्ग्रेजी र तिब्बती पाठ्यपुस्तकको माध्यमबाट औपचारिक बौद्ध शिक्षा पनि प्रदान गरिएकाले अन्य समुदायबाट समेत विद्यालयको व्यवस्थापनबाट उत्साहित भएर विद्यार्थी भर्ना गर्ने गरेका छन् ।