Friday, May 2, 2025
16.4 C
Beni
16.4 C
Beni
Friday, May 2, 2025
Home Blog Page 825

चिनीको मुल्य प्रतिकिलो ११० पुग्यो

0

एक महिना अगाडीसम्म बजारमा प्रति केजी ९० रुपैयाँमा चिनी किनेका संगमचोकका लक्ष्मण शर्माले सोमबार विहान प्रतिकिलोमा ११० रुपैयाँमा किने । एकैपटक किलोमै २० रुपैयाँले महँगिएर खुद्रा बजारमा चिनीको मूल्य प्रतिकिलो ११० रुपैयाँ पुगेको हो । केही महिना अगाडी चिनको कृतिम अभाव देखाएर व्यापरीले चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले बढाएर एक सय रुपैयाँ पुर्याएका थिए ।

पछिल्लो समय भारतबाट आयात तथा नेपालमै उत्पादन घटेको भन्दै थप १० रुपैयाँ मृल्य बढेको ब्यापारीको भनाई छ । चिनीसँगै अन्य घरायसी सामानको मुल्यमा समेत उनले विगतको तुलानमा न्यूनतम ५ देखि १५ रुपैयाँसम्म मुल्यबृद्धि भएको बताए ।

किचनमा आवश्यक पर्ने खाद्यान्न साम्रागी, तरकारी सहित अन्य बस्तुको मुल्य छोइनसक्नु भएको उपभोक्ताको भनाई छ । ‘प्रतिकेजी चिनीमै २० रुपैयाँ बढेको छ,‘भान्सामा चाहिने सबै बस्तुको मुल्य बढेको छ’ एक उपभोक्ताले भने । भारतले चिनी निर्यातमा रोक लगाएको अवस्थामा अझै मुल्य बढ्ने अनुमान गरिएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले पछिल्लो समय चिनीको होलसेल मूल्य बढेर आएकाले चिनीको मूल्य बढाउन बाध्य भएको बताए ।

‘पुरानो स्टक भएमा १०५ सम्म बिक्री गरिरहेका छन्,‘उतैबाट मुल्य बढेर आएको छ’ अध्यक्ष कटुवालले भने । देशका विभिन्न जिल्लामा उत्पादक र व्यापारीले चिनी लुकाएका कारण बजारमा चिनीको अभाव सिर्जना भएपनि म्याग्दीका ब्यापारीले गोठाममा भएको चिनी बिक्री गरिरहेको म्याग्दी उवासंघले जनाएको छ।

नागोयामा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा सम्मान कार्यक्रम

0

अध्ययन र रोजगारीका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई जापानमा स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाले आइतबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ ।

‘प्रवासी म्याग्देलीहरुको दुष्टी, समृद्ध म्याग्दीको सुष्टी’ भन्ने मुल नाराका साथ स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोया द्वारा आयोजित उक्त कार्यक्रममा अध्ययनका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई कार्यक्रममा प्रमुख अतिथि तथा म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसीका बरिष्ठ उपाध्यक्ष ददीवल खडका र विशिष्ट अतिथी मोना आईईसीका कोषाध्यक्ष महेन्द्र खड्काले पदाधिकारी सदस्यता प्रमाणपत्र वितरण गर्नुका साथै नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नुभएको म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाका सचिब सागर थापा बगालेले जानकारी दिनुभयो ।

संस्थाका संयोजक राम किसानको अध्यक्षता, म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसीका बरिष्ठ उपाध्यक्ष ददीवल खडकाको प्रमुख आतिथ्यता, मोना आईईसी कोषाध्यक्ष महेन्द्र खडकाको विशिष्ट आतिथ्यतामामा सम्पन्न उक्त कार्यक्रममा मोना आईईसी एशिया प्याशिफिक संयोजक दीपक कार्की,–मोना जापानका उपाध्यक्ष बिशाल केसी,गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक संयोजक पारसमणि पोखरेल,नेपाली व्यवसायी संध जापानका अध्यक्ष विजेश थकाली, गल्कोट समाज जापानका अध्यक्ष याम खत्री, नेपाली व्यवसायी संघ जापानका सम्पुण पदाधिकारी,पश्चिमाञ्चल भलिवल संघका संस्थापक अध्यक्ष साथै तमु धी जापानका भुतपुर्व अध्यक्षगुरुङ, मोना जापानका बरिष्ठ उपाध्यक्ष विशाल केसी,मोना जापानका क्षेत्रिय उपाध्यक्ष टीका छन्त्याल,मोना जापानका महासचिव गणेश श्रेष्ठ,मोना जापानका कोषाध्यक्ष–ज्ञानेन्द्र कार्की ,मोना जापानका युवा संयोजक निरोज पुन,मोना जापानका सल्लाहकार राम खडका,मोना जापान क्षेत्रीय समिती नागोया भुतपुर्व अध्यक्ष गणेश काकी, लगाएतको उपस्थिति रहेको थियो ।

भरत केसीले स्वागत गर्नुभएको उक्त कार्यक्रममा क्षेत्रीय समिति नागोया भुतपुर्व अध्यक्ष गणेश कार्की,म्याग्दी प्रवासी नेपाली संघ मोना जापानका क्षेत्रीय उपाध्यक्ष टीका छन्त्याल,गलकोट समाज जापान अध्यक्ष याम खत्री,नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजेश थकाली,गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक संयोजक पारसमणि पोखरेल,मोना जापानका वरिष्ठ उपाध्यक्ष विशाल केसी ,मोना आईईसी एसिया प्याशिफिक संयोजक दीपक कार्की,मोना आईईसी कोषाध्यक्ष महेन्द्र खडका लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिति नागोयाले जापानमा रहेर पनि विभिन्न किसिमका सामाजिक तथा परोपकारी कामहरु गर्दै आएको छ ।

जापानमा रहेका म्याग्देलीहरुको दुःख सुखमा साथ दिँदै आएको समितिले जापानमा नेपालीहरुको दुर्घटना, प्राकृतिक विपत्ति वा अन्य कुनै समस्या पर्दा सघाउनुका साथै आफ्नो जन्मभूमिको विकास र परोपकारी कार्यहरुमा समेत हातेमालो गर्दै आएको छ ।

आर्थिक अभावका कारण उपचार गर्न नसकेका विपन्न तथा असहाय व्यक्तिहरुको उपचारका लागि जापानमा आर्थिक संकलन गरी पठाउने,सामाजिक कार्यहरुमा आर्थिक सहयोग गर्ने लगाएतका कामहरु संस्थाले गर्दै आएको सचिव थापाले जानकारी दिनुभयो ।त्यसैगरी जापानमा रहेका म्याग्देलीहरुलाई कुनै समस्या पर्दा सबैभन्दा पहिला समितिका पदाधिकारीहरु नै पुग्ने गरेका र सक्दो सहयोग तथा उद्धारका कार्यहरु गर्दै आएका छन् ।

 

म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई पोखरी

0

वन्यजन्तुको उपभोगका लागि म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण भएको छ ।डिभिजन वन कार्यालयले चालु आर्थिक वर्ष २०७८÷७९ मा जिल्लाका दशवटा सामुदायिक वनमा वन्यजन्तुले पानी पिउने पोखरी निर्माण गरेको हो ।

मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहमार्फत पोखरी निर्माण भएको कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

“वन्यजन्तु पानी र आहारको खोजीमा मानव बस्तीमा नआउन भनेर जङ्गलमै पोखरी बनाइएको हो”, उहाँले भन्नुभयो, “वनमै पानी र आहार भएपछि वन्यजन्तु मानव बस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले पोखरी बनाइएको हो ।”

सहायक वन अधिकृत क्षेत्रीका अनुसार पोखरी बनाउन कार्यालयमा १७ सामुदायिक वन समूहले प्रस्ताव गरेकोमा छनोट भएका दशवटै समूहले कार्य सम्पन्न गरेका हुन् ।प्रतिपोखरी निर्माणका लागि रु एक लाखका दरले बजेट विनियोजन भएकोमा प्रशासनिक खर्च कटाएर रु ९६ हजारका दरले भुक्तानी गरिएको सहायक वन अधिकृत क्षेत्रीले बताउनुभयो ।

बेनी –९ को गलेश्वर ठूलो सल्लेरी, घोर्लास, धौलागिरि–७ को धारापानी, रघुगङ्गा–२ को कृष्ण तालाबन्दी, मङ्गला–२ को सल्यान सल्लेरी, भदौरेपाखा, रघुगङ्गा–८ को उत्तिसिने, बेनपा–५ को भेडाखोर, पानी पँधेरो देपुर्नेआटी, मङ्गला–३ र ४ को टाड बिसाउना सामुदायिक वनमा पोखरी निर्माण भएको डिभिजन वन अधिकृत मनोज रानाभाटले बताउनुभयो ।

६१।७५ वर्गमिटर क्षेत्रफलमा निर्माण भएका सबै पोखरीको क्षमता ६१ हजार लिटर छ । टाड बिसाउना सामुदायिक वन धापुङका दलवीर पुनले जङ्गलको बीचमा खाडल खनेर बनाएको पोखरीमा नजिकैको मुहानबाट पाइपमार्फत पानी लगेर सङ्कलन गरिएको जानकारी दिनुभयो ।

पोखरी निर्माणले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा योगदान पुग्ने उहाँको भनाइ छ ।

घोर्लास सामुदायिक वन उपभोक्ता समूह तोरीपानीका ज्ञानबहादुर विकले पोखरीले जङ्गलमा पानीको स्रोत संरक्षण र चिस्यान कायम गराउन सहयोग पुगेकोे बताउनुभयो ।

जङ्गलमा निर्माण भएको पोखरीको पानीले डढेलो लागेमा यसलाई निभाउन पनि सहज हुने उहाँले बताउनुभयो । पछिल्लो समय रतुवा, मृग, बाँदर, चितुवालगायत वन्यजन्तु मानव बस्तीमा आएर क्षति पु¥याउन थालेका छन् ।

आहार र पानीका लागि बस्ती नजिक आउने रतुवा, मृतलगायत वन्यजन्तु खोज्दै मानव बस्तीमा पुग्ने चितुवाले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्न थालेका बताइएको छ ।

यूवाको काँधमा महत्वपूर्ण जिम्मेबारी आएको छः जिसस प्रमुख थापा

0

जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा निर्वाचित भएपछि प्रमुख राजकुमार थापाले आफ्नो काँधमा महत्वपूर्ण जिम्मेबारी आएको बताए ।लामो समयसम्म राजनीतिक, सामाजिक एवम् शैक्षिक गतिविधिमा काम गरेका थापाले जिसस प्रमुखमा निर्वाचित भएपछिको आफ्नो ध्यान जिल्लाको विकास तथा आवश्यकतामा सहजीकरण गर्नेतर्फ केन्द्रित हुने बताए।

जिसस प्रमुखमा निर्वाचित भएपछि थापाले सबै पक्षसँग सहकार्य गरी आफुँमा भएको क्षमता, सोच र सीपलाई भरपुग उपयोग गर्ने बताए ।सबै स्थानीय तहसँग सहकार्य गरी जिल्लाका आवश्यकतालाई प्रदेश र संघीय सरकारमार्फत स्रोत ब्यवस्थापन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्ने बताए।

उनले जिसस प्रमुखको भुमिका समन्वय गर्ने भएपनि जिल्लाका आर्थिक, सामाजिक लगायत यिभिन्न क्षेत्रमा जनप्रतिनिधिसँगै यूवा जनशक्तीको सर्जनात्मक सोचको समेत प्रयोगमा प्राथमिकता दिने बताए । ‘समन्वयकारी भूमिकाबाट पनि धेरै काम गर्न सकिन्छ,‘निर्वाचन एउटा प्रक्रिया मात्रै हो, सबै पक्षसँग सहकार्य गरी अगाडी बढ्नुपर्छ’ प्रमुख थापाले भने। आफुँ यूवा भएकाले यूवा जनशक्तीबाट धेरै अपेक्षा हुनसक्ने भएकाले युवाको सर्वाङ्गीण विकास गर्ने उद्देश्यले स्थानीय तहलाई बजेटमा आवश्यक राय सुझाव दिने बताए।

‘यूवाहरू चेतना र जागरणका संवाह हुन्,विभिन्न सिर्जनात्मक काममा राज्यका निकायबाट सहयोग आवश्यक पर्छ’ थापाले भने । उनले जिल्लाका स्थानीय तहले नियमित प्राप्त गर्ने रोयल्टी, म्याग्दी जिल्लाभित्र रहेका हिमाल आरोहण गर्न आउनेहरुबाट लिइने रोयल्टीमा सहज पहुँच सहित हिमाली जिल्लाको घोषणापछिको कार्यान्वयन लगायत नीतिगत निर्णयहरूमा आफ्नो प्राथमिकता रहने बताए ।

जिल्लाको राजनीतिक, सामाजिक, सांस्कृतिक लगायत विभिन्न पक्षमा सक्रियता र नेतृत्व आवश्यकता भएकाले युवाको नवीन सोचको प्रयोगलाई सधै चासो दिनुपर्ने बताए। जिससमा निर्वाचित भएपछि बेनीअनलाइनसँग कुराकानी गदैं प्रमुख थापाले जिससबाट हुने हरेक गतिविधिलाई जिल्लाको सम्रग हितमा प्रयोग गदैं यहाँका सबै सरोकारवाला पक्षसँग सहकार्य गर्ने बताए । पद्स्थापनापछि भावी योजना सहितका गतिविधिमा केन्द्रित हुने उनले बताए । स्थानीय तहको निर्वाचनमा जित हारको मानसिकताबाट मुक्त भएर अब सबैले देख्न चाहेको म्याग्दी बनाउन सबै जनप्रतिनिधिले मिलेर काम गर्नुपर्नेमा उनको जोड छ ।

बसाइँसराइ र युवा पलायनका कारण खेतीयोग्य जमिन झाडीमा परिणत हुँदै

0

म्याग्दीमा खेतीका लागि उर्वर खेतबारी पछिल्लो एकदशकयता झाडीमा परिणत हुँदै गएका छन् ।बजारमा खाद्यान्न लगाएत दैनिक उपभोग्य वस्तुको भाउ बढेर न्यून आय भएका वर्गलाई साँझबिहान हातमुख जोड्न पनि मुस्किल बन्दै गइरहेका बेला गाउँघरतिर लहलहै धानफल्ने र कोदो मकै लगाएतका खाद्यान्न झुल्ने खेतबारी बाँझै रहेका छन् ।

सुविधाभोगी प्रवृति,बसाइँसराइ र स्वदेशमा रोजगारको भरपर्दो माध्यम फेला पार्न नसकेर गाउँका युवाहरु रोजगारीको खोजिमा खाडी मुलुक जाने क्रम नरोकिँदा म्याग्दीका ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझै भएको हो ।स्थानीय तहको चुनावमा प्रायः सबै राजनीतिक दलका उम्मेदवारहरुले विकास र रोजगारीलाई प्रमुख एजेण्डा बनाएका भए पनि जिल्लाका युवाहरु भने पाए युरोप,अमेरिका नपाए खाडी मुलुकमा भए पनि जान बाध्य छन् ।

चुनावको समयमा कृषि क्रान्तिका भाषण गर्ने राजनीतिक दलका नेता,जनप्रतिनिधि र सरोकारवाला सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले भूउपयोग नीतिलाई व्यवहारिकरुपमा कार्यान्वयन गर्न नसक्दा भएको जग्गा जमिन बाँझै राखेर चर्को मूल्यमा आयातित खाद्यान्न किनेर खान बाध्य भएका हुन् ।

युवाहरु विदेशीने र शहर पलाएन हुने क्रम नरोकिँदा गाउँमा काम गर्ने जनशक्तिको अभाव भएर खेती योग्य जमिन बाँझै भएको हो । बाह्रै महिना खेतीपाती गरेर जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयले अहिले भएका जग्गाजमिन बाँझै छाडेका छन् । युुवाहरु विदेशिएसँगै गाउँमा वृद्ध वृद्धा, महिला र बालबालिका मात्र हुँदा खेती लगाउने समयमा जनशक्ति अभाव हुने गरेको छ ।

अहिले स्थानीय तहको निर्वाचनका लागि शहरबाट गाउँ आएका युवाहरु केही दिनका पाहुना जस्तै मात्र भएका स्थानीयले बताएका छन् ।दशैं,तिहार,महामारी,प्राकृतिक विपत्ति र निर्वाचनका बेला गाउँ युवाहरुले भरिभराउ हुने गरेपनि सहज अवस्थामा भने गाउँ युवा विहीन हुने गरेका बेनी नगरपालिका २ का ८६ वर्षिय बेदप्रसाद उपाध्यायले बताउनुभयो ।

गाउँमा खेती गर्ने जनशक्ति नहुँदा जिल्लाको बेनी नगरपालिका,मालिका,मंगला,रघुगंगा,धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा सयौं हेक्टर खेतीयोग्य जमिन बाँझै रहेको स्थानीय तहका कृषि प्राविधिकहरुले बताएका छन् ।

सदरमुकाम बेनीबजारसंगै जोडिएको बेनी नगरपालिका २ बगरफाँटमा मात्रै २६ हेक्टर भन्दा बढी जमिन बाँझै रहेको स्थानीय टेकबहादुर कार्कीले बताउनुभयो । कार्कीले भन्नुभयो “खेती गर्न जनशक्ति पाइदैन, आफूले गर्न सकिएन, युवाशक्ति विदेश जान थाले, जग्गाजमिन बाँझै छाड्न बाँध्य छौँ ।”

यहाँका वासिन्दाहरुले आफ्नै जग्गाजमिन भएर पनि सदरमुकामदेखि खाद्यन्न सामग्री किनेर ल्याउने गर्दछ । सुविधा खोज्दै केही शहरतिर पस्न थाले, केही विदेशिए, अब त गाउँ नै सुनसान हुन थालेको मालिका ५ का हेमबहादुर किसानले बताउनुभयो ।

अहिले यहाँ भएका युवाहरु पनि खेतीपाती छाडेर व्यापार, व्यवसाय गर्न थालेका उहाँले बताउनुभयो।
ग्रामीण क्षेत्रका खेतीयोग्य जमिन जनशक्ति अभावकै कारण बाँझिन पुगेको छ । गाउँमा अन्न उत्पादन हुने खेतीयोग्य जमिन बाँझिदै जान थालेपछि अन्न उत्पादन पनि घटदै गएको छ ।

शिक्षित वर्ग र पुँजी भएकाहरु शहर झरेका छन भने रोजगारका लागि विदेशिएका परिवारहरु पनि सुविधा खोज्दै शहरमा बसाई गर्न थालेपछि गाउँका घरहरुमा बुढाबुढी मात्रै देखिन्छन । वर्षौ देखिको भोगचलन गर्दै आएको खेतीयोग्य जमिन बाँझिदै गएको छ भने घरहरु जीर्ण भै भत्कन थालेका छन् । अर्कोतिर भूकम्पले भत्काएको घरको पुननिर्माण नगरी शहरबजारमा डेरामा बस्न थालेका छन् ।

एकातिर कामदारको अभाव छ भने अर्को तर्फ खेतीयोग्य जमिनलाइ पल्टीङ गर्ने क्रम उत्तकै बढेको छ । खेतीयोग्य जमिनहरु बाँझिन थालेपछि खाद्यान्न अभाव देखिएको छ भने मूल्यवृद्धिको चपेटामा परेका छन् ।

स्थानिय स्तरमा उत्पादन हुने खाद्यान्न कम उत्पादन हुने भएकोले बाहिरवाट निर्यात गनुपर्ने भएकोले मुल्य वृद्धि हुने गरेको व्यापारीहरुको भनाई छ । “खेतवारीमा बनमारा र सिरु फुलेको छ,गाउँलेहरु बजारको आयातित चालम र खाद्यान्न किनेर खाने गरेका छन्” मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो ।

कृषि प्राविधिक बानियाँका अनुसार हरेक वर्ष खेतीयोग्य जमिन बाँझिने क्रम १५ प्रतिशतले बढ्दै गएको छ । तरकारी उत्पादन हुने खबरा,बगरफाँट,सिम,थामडाँडा,बाबियाचौर लगाएतका ठाउँहरुमा पनि जमिन बाँझै छ । धान उत्पादन हुने सिंगा,बगरफाँट,डाँडाखेत लगायतका ठाउँमा बस्ती बसाल्ने तथा जग्गा प्लटिङ गर्ने गरेका छन् ।

यसले गर्दा सदरमुकाम तथा मुख्य बस्तीमा जग्गाको भाउ आकाशिएको छ । कृषि कार्यालय र स्थानीय तहहरुलले किसानलाई प्रोत्साहनका लागि खाद्यन्न, तरकारीबाली, माछाव्यवसाय, च्याउखेती लगायतमा अनुदान दिने, बिमा गर्ने, प्रविधि प्रदान गर्ने गरेका भए पनि खेतीयोग्य जमिन अझै प्रयोगमा आउन सकेको छैन ।

भुकम्पपछि गाउँबाट शहर झर्ने क्रम बढेसँगै खेती योग्य जमिनलाई घडेरीका रुपमा वेच्न भन्दै पल्टिङ गर्न थालिएकाले जमिन बाँझो हुने क्रम उत्तीकै बढेको हो । पछिल्लो समय जिल्ला मालपोत कार्यालय म्याग्दीमा दैनिक सरदर पचास थान भन्दा बढि जग्गा किनवेच हुने गरेको जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ ।

मंगला भलिबल संघको अध्यक्षमा मुक्तमान केसी चयन

0

जिल्ला भलिबल संघ अन्तरगत मंगला गाउँपालिकास्तरीय समिति गठन भएको छ । आइतबार बावियाचौरमा आयोजित भेलाबाट मुक्तमान केसीको अध्यक्षतामा मंगला भलिबल संघ गठन भएको हो । समितिको उपाध्यक्ष गोविन केसी, सचिव रामु गुरुङ, कोषाध्यक्ष हुमा शेरपुञ्जा रहेका छन् ।

त्यसैगरी समितिको सदस्ययहरूमा सस्द हरि सिर्पाली, दुर्गा फगामी, प्रविण बुढाथोकी ,जिवन पौडेल, सुमन रोका, सुजन सेन, विरबहादुर घर्ती मगर, बिबेक विक राजु जिसी, सन्दिप केसी, नविन अधिकारी, चोचन फगामी, दिपु तुलाचन, सुवा विश्वकर्मा, सुमित्रा कार्की, प्रविण खत्री, याम भण्डारी रहेको जिल्ला भलिबल संघ म्याग्दीका सचिव कुमार किसानले बताए।

सोही भेलाबाट सल्लाहकारमा वडा नं २ का अध्यक्ष धनबहादुर खाती, चक्रलाल पाण्डे इश्वर कार्की र कुमार शेरपुञ्जालाई चयन गरिएको छ । भेलामा जिल्ला अध्यक्ष तेजेन्द्र बानियाँले राष्ट्रिय खेल भलिबल खेलमा आर्कषित यूवाहरूलाई भलिवल खेलका आधारभूत ज्ञान, सीप, उपलब्ध गराई अनुशासित रुपमा खेलकूदको विकासमा लगाउने उद्देश्य रहेको बताए ।

 

अन्नपुर्ण गाँउपालिका भलिबल संघको अध्यक्षमा तिलिजा

0

जिल्ला भलिबल संघ म्याग्दीले पालिकास्तरमा समिति विस्तारलाई तिब्रता दिएको छ । भलिबल खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित अन्नपूर्ण गाउँपालिकामा सम्पन्न भएको भेलाबाट अरुण तिलिजाको अध्यक्षतामा अन्नपूर्ण भलिबल संघ गठन भएको छ ।

समितिको उपाध्यक्षमा रुकमान तिलिजा, सचिव इच्छा गर्बुजा, कोषाध्यक्ष भगवती पाईजा रहेका छन । त्यसैगरी कार्यसमिति सदस्यहरूमा सुनिल विश्वकर्मा, खुम गर्बुजा, अमृत बरुवाल,टिकाराम थापा, दिपेश पुर्जा, फिरोज पुन, नविन फगामी, मेलिना द्धारचन, रविन पुर्जा, चिना थजाली, कासी पुन रहेका छन् ।सोही भेलाबाट सल्लाहकारमा वडा नं २ जनप्रतिनिधि विष्णु गर्बुजा र गोविन्द पुन रहेका छन् ।

जलजलाका जनप्रतिनिधि आमने-सामने

0

पर्वतको जलजला गाउँपालिकामा नेकपा एमाले र सत्ता गठबन्धनबाट विजय भएका जनप्रतिनिधिको आन्तरिक हानथाप र असहमतिका बीच आमने-सामने भएका छन् । जलजला गाउँकार्यपालिकाको बैठक चलिरहेको बेला आफूँ अनुकुल निर्णय गर्न नभएको भन्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले गाउँपालिकाको निर्णय पुस्तिका खोसेर भागेपछि जनप्रतिनिधि बिच आरोप–प्रत्यारोपमा उत्रिरहेका छन् ।

गाउँ कार्यपालिकाको शनिबार बसेको तेस्रो बैठकमा निर्णयप्रति असहमति जनाउँदै नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्य बिमला बरुवालले निर्णयपुस्तिका लुटेर भागेकी थिईन् । बैठक चल्दाचल्दै निर्णयपुस्तिका लिएर भागेपछि राती १० बजे बैठक स्थगित गरिएको भएको जनाइएको छ ।

दुईवटा औपचारिक बैठक र विभिन्न चरणमा बसेको अनौपचारिक बैठकमा सहमति नभएपछि पालिकाको कानुनअनुसार अध्यक्ष राजुप्रसाद आचार्यले चारवटा बिषयगत समिति गठन गरेको निर्णय सुनाएका थिए । उक्त निर्णयमा असहमति जनाउदै नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यले नोट अफ डिसेन्ट लेख्ने भन्दै बैठक पुस्तिका मागेर मोटरसाइकलमा दौडिएको बैठकमा सहभागी एक जनप्रतिनिधिले बताए ।

‘चुनावको जित हारको मानसिकता त्याग्न नसकेको अवस्था देखिएको छ,‘सहमति र सहकार्यबाटै गाउँपालिका बनाउन सकिन्छ’ एक कार्यपालिका सदस्यले भने । गाउँपालिकाको कानुनअनुसार बिषयगत समिति गठन गर्दा सर्बसहमतिमा निर्णय गर्ने र सहमति नभएमा अध्यक्षले बिषयगत समिति गठन गर्नसक्ने ब्यवस्था रहेको गठबन्धनका जनप्रतिनिधिको भनाई छ ।

गाउँपालिका कार्यसम्पादन नियमावली २०७४ को नियम १५ र स्थानीय शासन ऐन २०७४ को दफा १६ को उपदफा ४ को घ (२) मा गाउँपालिका अध्यक्ष वा प्रमुखले बिषयगत समिति तोक्नसक्ने उल्लेख छ ।

सोही कानुनको आधारमा गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले आर्थिक, सामाजिक विकास, वातावरण तथा विपत् र पूर्वाधार गरी चार वटा बिषयगत समितिको घोषणा गरेका थिए ।

आचार्यको निर्णयअनुसार आर्थिकमा हरिविकास जिसी, सामाजिक विकासमा गौबहादुर पुन, वातावरण तथा विपत्मा बलबहादुर पुन र पूर्वाधार विकास समितिमा टुंगनाथ आचार्यलाई संयोजक तोकेका थिए ।

अध्यक्षले बिषयगत समितिको संयोजक तोकेको निर्णयमा हस्ताक्षर गर्नेक्रममा नेकपा एमालेबाट कार्यपालिका सदस्यमा निर्वाचित बरुवालले निर्णयपुस्तिका लिएर भागेकी हुन् ।गाउँपालिकाका अध्यक्ष आचार्यले सहमतिका लागि अधिकतम प्रयास गर्दा पनि एमालेबाट निर्वाचित सदस्यले अडान नछाडेपछि अध्यक्षलाई तोकेको कानुनको अधिनमा रहेर संयोजक तोकेको जानकारी दिए ।

‘छ वटा बिषयगत समितिमध्ये तीन वटा रोज्नुस् भन्दा उहाँहरु मान्नुभएन, हामीले तीन वटा गठबन्धनलाई, तीन वटा एमालेलाई भनेकै हुँ, उहाँहरुको नियत नै काम गर्न नदिने, अल्झाएर राख्ने भएपछि निर्णय गरेको हुँ’ अध्यक्ष आचार्यले भने। प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले आइतबार कार्यालय समयावधिसम्म निर्णयपुस्तिका ल्याउन आग्रह गरेपनि अहिलेसम्म फिर्ता नल्याएको बताए ।

यता नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरूले बहुमतको कदर नभएपछि उठेर हिँडेको भएपनि निर्णयपुस्तिकाका बिषयमा थाहा नै नभएको बताएका छन् । ‘बैठक भएको थियो, हामीले रोजेका समितिका संयोजक दिइएन र बहुमतको कदर पनि भएन, त्यसैले हामी उठेर हिँडेका हौ, माइन्युटको बिषयमा कुनै थाहा भएन’ एक कार्यपालिका सदस्यले भने ।

गाउँपालिकाको निर्वाचनपछि नेकपा एमाले र सत्ता गठबन्धन बिचको असहज गतिविधिले कर्मचारीलाई समेत समस्या भएको छ । जलजला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित सत्ता गठबन्धनको छ जना र एमालेको ११ जना कार्यपालिका सदस्य रहेका छन् । गाउँपालिकाका प्रवक्ता हरिविकाश जिसीले एक विज्ञप्ती जारी गर्दै बैठकबाट निर्णय पुस्तिका लिएर भाग्नु कायरताको पराकाष्ठा भएको भन्दै खेद प्रकट गरेका छन् ।

मलविनै धान रोपाइँ थाले म्याग्दीका किसानले

0

मनसुन चाँडै सुरु भएर वर्षा हुन थालेपछि हिमाली जिल्ला म्याग्दीको लेकाली क्षेत्रमा धान रोपाइँ सुरु भएको छ । जिल्लाका मालिका, मंगला, रघुगंगा, अन्नपूर्ण, धौलागिरि गाउँपालिकाका सबै ठाउँमा  र बेनी  नगरपालिकाका ज्यामरुककोट, गौश्वारा, बिमिराबोट, तमाने, भकिम्ली, पुलाचौर, घतान लगायत ठाउँमा रोपाइँ सुरु भएको हो।

धान रोप्ने धमाधम भइसक्दा पनि रासायनिक मल नपाएको उनीहरू गुनासो गर्छन्। ‘पानी परेर खेतका गरा भरिएका छन्। ब्याडमा बीउ बढेर घाँस बन्न थालेको छ’,  बेनी नगरपालिका २ सानालेखका नारायण सापकोटाले भने, ‘मल पाइन्छ  कि भनेर केही दिन कुर्‍यौँ। अहिलेसम्म नपाएपछि मलविनै रोपाइँ सुरु गरेका छौं।’

जिल्लामा सामान्यतया असारको पहिलो सातापछि मात्रै रोपाइँ सुरु हुन्थ्यो। असारको १५ ताका किसानलाई चटारो पर्थ्यो। तर यो वर्ष छिटो पानी परेकाले रोपाइँ सुरु गरेको किसान बताउँछन्। पानीको समस्या नभएपछि मल विना नै उनीहरूले रोपाइँ गरेका हुन्।

कतिपय किसानले धानको बीउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन्।  ‘समयमै पानी परेकाले रासायनिक मल पाइए यस वर्ष धानको उत्पादन बढ्थ्यो’, पाखुका कृषक भविलाल घिमिरेले भने, मल बिना नै खेती गरेका छौँ। धानबाली पनि मकै बालीजस्तै हुने हो कि भन्ने चिन्ता छ।’  उनका अनुसार मकै बाली लगाएपछि एक पटक पनि रासायनिक मल हाल्न नपाएका कारण घोगा लागेको छैन। लागेको घोगामा पनि दाना लागेको छैन।

त्यसैगरी रोपाइँका लागि कृषि मजदुरको पनि समस्या देखिएको किसान बताउँछन्। खेतमा काम गर्ने रोपाहार र लाठे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाइँमा जुटेका छन्। कृषि प्राविधिक जगत बानियाँले जनशक्ति नहुँदा किसानलाई समस्या परेको बताए।

गाजासहित बागलुङ बजारको एक रेष्टुराँबाट दुई युवा पक्राउ

0

बागलुङ बजारको एक रेष्टुराँबाट गाजासहित दुई युवा पक्राउ परेका छन् । बागलुङ बजारको महेन्द्रपथमा रहेको एक रेष्टुराँमा गाजाको कारोबार गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । चितवनको खैरहनी नगरपालिका वडा नं. ६ स्थायी घर भई हाल बागलुङ नगरपालिका–२ श्रीनगरटोल बस्ने बर्ष २३ बर्षिय समिर अन्सारी र बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामका २२ बर्षिय राजु थापा गाजासहित पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ३ सय ९० ग्राम लागुऔषध (गाजाको धुलो) बरामद गरिएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए । उनीहरुविरुद्ध लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा अनुसन्धान भैरहेको छ । साथै, उनीहरुको साथबाट दुई थान मोबाईल दश हजार पैसा र चुरोट तथा लाईटर बरामद भएको रानाले बताए ।

error: Content is protected !!