Monday, April 28, 2025
24.1 C
Beni
24.1 C
Beni
Monday, April 28, 2025
Home Blog Page 842

म्याग्दी जेसिजद्वारा ‘जेसिज सप्ताह’ कार्यक्रम आयोजना

0

म्याग्दी जेसिजको २४ औँ स्थापना दिवसमा साताब्यापी विविध कार्यक्रम गरिने भएको छ ।  जेठ १५ गते देखि २१ गतेसम्म विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउने निर्णय गरेको हो । जे

सिज सप्ताह कार्यक्रम सफल बनाउन जेसिजका पदाधिकरीहरुको संयोजकत्वमा कार्यविभाजन र जिम्मेवारी तोकिएको शाखा सम्पादक दिनेशकुमार विश्वकर्माले बताउनुभयो । म्याग्दी जेसिजले जेठ १५ गते जेसिज कार्यालयमा उद्घाटनसंगै सुरु गरिने सप्ताह कार्यक्रम अन्तरगत १६ गते निशुल्क दन्त परिक्षण, १७ गते राष्ट्रिय झण्डा अनावरण, १८ गते जेसिजगाउँ पुलाचौरमा निःशूल्क आँखा परिक्षणा, १९ गते सार्वजनिक भाषणकला तालिम, २० गते मेरो जनप्रतिनिधीलाई सुझाव र २१ गते जिसस सभाहलमा १८ औं अन्तर मा.वि. लोकनृत्य प्रतियोगिता सहित सप्ताह कार्यक्रम गरिने भएको छ ।

म्याग्दी जेसिजले युवाहरुको नेतृत्व, क्षमता र ब्यक्ति विकास, विद्यालयय स्तरीय खेलकुद प्रतियोगिता, पर्यटन प्रवद्र्धन र विभिन्न संघसंस्थामा आर्थिक सहयोग गरेर रचनात्मक कार्यक्रम गर्दै आएको छ । अध्यक्ष सन्दिप खत्रीको अध्यक्षता भएको दोस्रो साधारणसभामा जेसिजको नेतृत्वमा भएका विभिन्न कार्यक्रमको प्रगति विवरण प्रस्तुतसंगै पारित गरिएको थियो ।

कांग्रेस नेतृ गौचनद्धारा प्रेस युनियन म्याग्दीलाई एक लाख रुपैयाँ सहयोग

0

नेपाली कांग्रेस म्याग्दीकी नेतृ तथा होटेल व्यवसायी बिमला गौचनले नेपाल प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गर्नुभएको छ । सोमबार एक कार्यक्रमका विच गौचनले आफ्ना श्रीमान स्वर्गिय राम गौचनको सम्झनामा प्रेस युनियनको अक्षयकोषलाई एक लाख रुपैयाँ सहयोग गर्नुभएको हो ।

उक्त रकम गौचनले प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्मा ,केन्द्रीय पार्षद सदस्य हरिकृष्ण गौतम र युनियन म्याग्दीका उपाध्यक्ष धनिलाल गर्बुजालाई हस्तान्तरण गर्नुभयो । म्याग्दीमा क्रियाशिल पत्रकारहरुको आपतकालिन सहयोगको लागि निर्माण गरिएको पाँच लाखको अक्षयकोषलाई हालसम्म करिब साढे दुई लाख रुपैयाँ सहयोग प्राप्त भएको सचिव राम्जालीले जानकारी दिनुभयो ।

बागलुङमा चट्याङ लागेर एक युवाको मृत्यु, ३ जना घाइते

0

बागलुङमा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ । जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ७ गाल्ढुङका १९ वर्षीय बालचन्द्र विकको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका विकको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा ल्याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

चट्याङबाट तीन जना गम्भीर घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव निरीक्षक इन्द्रबहादुर रानाले दिएको जानकारी अनुसार चट्याङबाट ३ जना घाइते भएका छन् ।

चट्याङ लाग्दा ढोरपाटन नगरपालिका वडा नम्बर ७ का १६ वर्षीय बिट्टु विक, १६ वर्षीया लक्ष्मी विक र ७२ वर्षीय पुण्यराम कामी घाइते भएको रानाको भनाई छ ।घाइतेहरुको अवस्था गम्भीर रहेकोले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि मिसन अस्पताल पाल्पा रेफर गरिएको अस्पतालले जनाएको छ ।

मोना बेल्जियमले राष्ट्रिय आबिस्कार केन्द्रलाई दुई हजार युरो सहयोग

0

प्रबासमा रहेका म्याग्देलीहरुको संस्था मोना बेल्जियमले राष्ट्रिय आबिस्कार केन्द्रका संस्थापक डा महाबिर पुनको युरोप भ्रमणको क्रममा उहालाई सम्मान गर्दै केन्द्रलाई दुई हजार युरोको चेक हस्तान्तरण गरेकोछ ।

म्याग्दीमा जन्मेर सुचना प्रबिधी र आबिस्कारको क्षेत्रमा उल्यख्य काम गरेर अन्तररास्त्रिय ख्याती कमाएका पुनलाई जिल्लाबासीहरुले सम्मान गर्दै उनको अभियानलाई सहयोग गरेका हुन । युरोपका बिभिन्न देशको भ्रमण गर्दै राष्ट्रिय आबिस्कार केन्द्रले सन्चालन गरेका परीयोजनाको बारेमा जानकारी दिने उद्यस्यले डा पुन बेल्जियम आईपुग्नु भएकोछ ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्षद्वय घनश्याम शाही र योगेन्द्र बिकले पुनलाई सम्मान गर्नु भएको थियो भने अध्यक्ष रकेन्द्र घिमिरे कोषाध्यक्ष बिनु थापा लगायतका संस्थाका पदाधिकारीहरुले चेक् हस्तान्तरण गर्नु भएको थियो । एनआरएनए बेल्जियमका उपाध्यक्ष लाल गुरुङ बिशिष्ट अतिथी, मोना बेल्जियमका अध्यक्ष रकेन्द्र घिमेरेको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन महासचिब रामचन्द्र थापा र स्वागत उपाध्यक्ष सुमन थापाले गर्नु भएको थियो ।

म्याग्दीका पालिका र वडामा महिला नेतृत्व शून्य

0

म्याग्दीका गाउँपालिका, नगरपालिका र वडामा महिलाको नेतृत्व शून्य भएको छ । जिल्लाका छवटा स्थानीय तह र ४५ वटा वडाको नेतृत्वमा सबै पुरुष उम्मेदवार निर्वाचित भएका हुन् । प्रमुख र अध्यक्ष पदमा सबै पुरुष निर्वाचित हुँदा उपाध्यक्षमा पाँच महिला र एक पुरुष उम्मेदवार विजयी भएका छन् ।

नगर र गाउँपालिकाको नेतृत्वका लागि तीन र वडाको नेतृत्वका लागि दुई महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । उनीहरु सबै पराजित हुँदा पालिका र वडाको नेतृत्वमा महिलाको उपस्थिति शून्य भएको हो । धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)बाट उम्मेदवार बनेकी थमसरा पुन कांग्रेसका प्रेमप्रसाद पुनसँग पराजित भए । नेकपा (माओवादी केन्द्र)बाट रघुगङ्गा गाउँपालिका अध्यक्षको उम्मेदवार बनेकी मीना विश्वकर्मा तेस्रो बने ।
राप्रपाबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवार बनेकी मीनाकुमारी शर्मा चौथो बनिन् । मङ्गला गाउँपालिकाको वडा नं ४ मा एमालेले लक्ष्मीकुमारी बुढाथोकी र माओवादी केन्द्रले मनमाया चोचाङ्गीलाई वडाध्यक्षको उम्मेदवार बनाएको थियो । कांग्रेसका लालबहादुर रोकाले दुुवै जनालाई पराजित गरेर वडाध्यक्षमा निर्वाचित भए ।

स्थानीय तहको पहिलो कार्यकालमा धवलागिरिको अध्यक्षमा एमालेका थमसरा पुन, सोही पालिकाको वडा नं ५ मा कांग्रेसका खर्ककुमारी छन्त्याल र मालिका गाउँपालिका–५ को अध्यक्षमा कांग्रेसका पिपला बुढाथोकी वडाध्यक्षमा निर्वाचित भएकी थिइन् । दलहरूले नेतृत्व तहमा महिलालाई अवसर नदिएका कारणले निर्वाचित हुनेको सङ्ख्या पनि कम भएको म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक रेखाकौशल रेग्मीले बताए ।

जिल्लामा नेकपा (एमाले)ले एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, तीन उपाध्यक्ष, २२ वडाध्यक्ष, २१ महिला सदस्य, २३ दलित महिला सदस्य र ४५ खुला सदस्य गरी १८८ पदमा जितेको छ । कांग्रेसले दुई गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, १७ वडाध्यक्ष, १८ महिला सदस्य, १६ दलित महिला सदस्य, ३४ खुला सदस्य गरी कूल ८८ पदमा जितेको छ ।

माओवादी केन्द्रले एक उपप्रमुख, एक उपाध्यक्ष, छ वडाध्यक्ष, छ दलित महिला सदस्य, छ महिला सदस्य र १० खुला सदस्य गरी ३० पदमा जितेको छ । धवलागिरि गाउँपालिका–१ गुर्जाका गुनराम छन्त्याल म्याग्दीमा निर्वाचित हुने एक मात्र स्वतन्त्र उम्मेदवार बनेका थिए ।

बेनी-पोखरा चल्ने ट्याक्सीमा मनपरी, एकतर्फी यात्राको ६ हजार भाडा

0

स्थानीय तहको निर्वाचनको बाहना बनाएर म्याग्दीबाट पोखरा चल्ने ट्याक्सीहरुले यात्रुबाट मनपरी भाडा असुल्ने गरेको पाइएको छ । चुनावका कारण पोखराबाट रित्तै फर्किनुपर्ने भन्दै म्याग्दी–पोखरा सडकखण्डमा चल्ने ट्याक्सीले एकतर्फी ६ हजारसम्म भाडा लिने गरेको यात्रुले गुनासो गरेका छन् । गएको बैशाखको अन्तिम सातादेखि म्याग्दी तथा पोखराबाट राजमार्गमा चल्ने ट्याक्सी चालकहरुले मान्छे अनुसारको भाडा असुल्ने गरेको पाइएको हो ।

‘चुनावको बाहनामा मनपरी भाडा असुल्दै आएका छन्, उनीहरूले भनेको भाडा नदिए लैजान अस्वीकार गर्छन’एक यात्रुले बेनीअनलाइनलाई भनिन् । शनिबार सदरमुकाम बेनीस्थित विरेन्द्रचोकमा यात्रु लिन आएको ट्याक्सीले एकतर्फीको ६ हजार मागेको र यात्रुले अस्वीकार गरेपछि फिर्ता गएको थियो ।

भाडामा मनोमानी भएको चौतर्फी गुनासो आउन थालेको करिब एक साताभन्दा बढी भयो । चुनाव,चाडपर्वमा महंगो भाडा लिने गरिएपनि इन्धनको मुल्य बढेकाले भाडा निर्धारण गरी सबैले एउटै लिनुपर्ने यात्रुको भनाई छ । विगतमा यात्रुले २५ सयदेखि ३ हजारसम्म रिर्जव वा एकल यात्रुको भाडा ७ सयसम्म तिर्ने गरेका थिए ।

ट्याक्सी चालकहरुले यात्रुलाई बाध्यतामा पारेर निर्धारण गरिएको भन्दा बढी भाडा लिँदै आएको बारेमा कारबाही गर्ने निकाय समेत चासो नदिएको यात्रुको गुनासो छ ।

यता जिल्ला ट्राफिक कार्यालय म्याग्दीका प्रमुख इन्द्र नेपालीले चर्काे भाडा असुल्नेका बारेमा जानकारी दिन यात्रुलाई अपिल गर्नुभएको छ । ‘चर्को भाडा असुल्नेहरूका बारेमा गुनासो आउन थालेको छ,‘प्रमाण मिलेरमा ठाउँको ठाउँ कारवाही गछौं’ नेपालीले भन्नुभयो ।

जिल्लाभित्र र बाहिर गुड्ने ट्याक्सी सहित भाडाका सवारीसाधनको छड्के अनुगमन भइरहेको र भाडा तिरेका यात्रुले ट्याक्सी नम्बर मात्रै जानकारी दिएपनि हुने कार्यालयले जनाएको छ । म्याग्दीमा यात्रुको अभाव हुने भन्दै ब्यवसायीले मनपरी गर्दा विगतमा पनि महँगो भाडा तिरेर गन्तव्यमा पुग्न यात्रुहरु बाध्य हुदै आएका छन्।

म्याग्दीका पालिका र वडामा महिला नेतृत्व शून्य

0

म्याग्दी । यहाँका गाउँपालिका, नगरपालिका र वडामा महिलाको नेतृत्व शून्य भएको छ । जिल्लाका छवटा स्थानीय तह र ४५ वटा वडाको नेतृत्वमा सबै पुरुष उम्मेदवार निर्वाचित भएका हुन् । प्रमुख र अध्यक्ष पदमा सबै पुरुष निर्वाचित हुँदा उपाध्यक्षमा पाँच महिला र एक पुरुष उम्मेदवार विजयी भएका छन् ।

नगर र गाउँपालिकाको नेतृत्वका लागि तीन र वडाको नेतृत्वका लागि दुई महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । उनीहरु सबै पराजित हुँदा पालिका र वडाको नेतृत्वमा महिलाको उपस्थिति शून्य भएको हो । धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)बाट उम्मेदवार बन्नुभएकी थमसरा पुन कांग्रेसका प्रेमप्रसाद पुनसँग पराजित हुनुभयो । नेकपा (माओवादी केन्द्र)बाट रघुगङ्गा गाउँपालिका अध्यक्षको उम्मेदवार बन्नुभएकी मीना विश्वकर्मा तेस्रो बन्नुभयो ।

राप्रपाबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवार बन्नुभएकी मीनाकुमारी शर्मा चौथो बन्नुभयो । मङ्गला गाउँपालिकाको वडा नं ४ मा एमालेले लक्ष्मीकुमारी बुढाथोकी र माओवादी केन्द्रले मनमाया चोचाङ्गीलाई वडाध्यक्षको उम्मेदवार बनाएका थिए । कांग्रेसका लालबहादुर रोकाले दुुवै जनालाई पराजित गरेर वडाध्यक्षमा निर्वाचित हुनुभयो ।

स्थानीय तहको पहिलो कार्यकालमा धवलागिरिको अध्यक्षमा एमालेका थमसरा पुन, सोही पालिकाको वडा नं ५ मा कांग्रेसका खर्ककुमारी छन्त्याल र मालिका गाउँपालिका–५ को अध्यक्षमा कांग्रेसका पिपला बुढाथोकी वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । दलहरूले नेतृत्व तहमा महिलालाई अवसर नदिएका कारणले निर्वाचित हुनेको सङ्ख्या पनि कम भएको म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक रेखाकौशल रेग्मीले बताउनुभयो ।

जिल्लामा नेकपा (एमाले)ले एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, तीन उपाध्यक्ष, २२ वडाध्यक्ष, २१ महिला सदस्य, २३ दलित महिला सदस्य र ४५ खुला सदस्य गरी १८८ पदमा जितेको छ । कांग्रेसले दुई गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, १७ वडाध्यक्ष, १८ महिला सदस्य, १६ दलित महिला सदस्य, ३४ खुला सदस्य गरी कूल ८८ पदमा जितेको छ ।

माओवादी केन्द्रले एक उपप्रमुख, एक उपाध्यक्ष, छ वडाध्यक्ष, छ दलित महिला सदस्य, छ महिला सदस्य र १० खुला सदस्य गरी ३० पदमा जितेको छ । धवलागिरि गाउँपालिका–१ गुर्जाका गुनराम छन्त्याल म्याग्दीमा निर्वाचित हुने एक मात्र स्वतन्त्र उम्मेदवार बन्नुभएको छ ।

म्याग्दीमा सात प्रतिशत मत बदर

0

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा म्याग्दीमा सात प्रतिशतभन्दा बढी मत बदर भएको छ। जिल्लाका छ स्थानीय तहको प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला, महिला र खुला सदस्य पदमा खसेको मतको ७.५७ प्रतिशत मत बदर भएको हो।

कूल ८३ हजार ६८२ मतदातामध्ये ५४ हजार ६७८ अथवा ६५.०२ प्रतिशत मत खसेकामा ९२.४३ प्रतिशत मत सदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कूल खसेकामध्ये पूर्णरुपमा ०.७३ प्रतिशत अथवा ४६८ र सातवटै पदमा कूल चार हजार ९९२ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए। विसं २०७४ को पहिलो स्थानीय तह चुनावमा म्याग्दीका छवटा स्थानीय तहमा दुईदेखि ११ प्रतिशतसम्म मत पूर्णरुपमा बदर भएको थियो।

मतदाता शिक्षा र अनुभवका कारणले यसपालीको चुनावमा अघिल्लो भन्दा बदर मतको दर घटेको जिल्ला निर्वाचन अधिकारी घिमिरेको भनाइ छ। छ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा निर्वाचित हुने २३७ पदका लागि ७१८ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए । नेकपा एमालेले एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष/तीन उपाध्यक्ष, २२ वडाध्यक्ष, २१ महिला सदस्य, २३ दलित महिला सदस्य र ४५ खुला सदस्य गरी १८८ पदमा जितेको छ।

कांग्रेसले दुई गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, १७ वडाध्यक्ष, १८ महिला सदस्य, १६ दलित महिला सदस्य, ३४ खुला सदस्य गरी कूल ८८ पदमा जितेका छन्। नेकपा माओवादी केन्द्रले एक उपप्रमुख, एक उपाध्यक्ष, छ वडाध्यक्ष, छ दलित महिला सदस्य, छ महिला सदस्य र १० खुला सदस्य गरी ३० पदमा जितेको छ।

धौलागिरि गाउँपालिका–१ गुर्जाका गुनराम छन्त्याल म्याग्दीमा निर्वाचित हुने एकमात्र स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । म्याग्दीका सबै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण, पद तथा गोपनीयताको शपथ ग्रहण गराइसकिएको छ। नवनिर्वाचित जनप्रतिनिधिले पदभारसमेत ग्रहण गरिसकेका छन्। निर्वाचित जनप्रतिनिधिको मतदानबाट चुनिने कार्यकालिका सदस्यको चुनाव प्रक्रिया थालिएको छ।

बेनी नगरको विकासमा निजी क्षेत्रसँग सहकार्य गरिने जनप्रतिनिधिको भनाइ

0

गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन–२०७९ बाट म्याग्दीको बेनी नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गर्नुका साथै बधाई दिइएको छ । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा आज बेनीमा एक कार्यक्रमको आयोजना गरी जनप्रतिनिधिलाई बधाइज्ञापन गरिएको हो ।

स्वागत एवं बधाइज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पहाडी इलाकामा रहेको बेनी नगरपालिकाले नगरपालिका बन्न सक्ने आधारहरु पुरा गर्न नसकेको बताउनुभयो । उहाँले समग्र बेनी नगरपालिका क्षेत्रको विकास गर्नका लागि निजी क्षेत्रसँग आफूहरु सहकार्य गर्न आवश्यक रहेको बताउँदै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनका क्षेत्रको विकासमा विशेष जोड दिइने बताउनुभयो ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले आम नगरवासीलाई आत्मनिर्भर बनाउन नगरपालिकामार्फत विभिन्न किसिमका सिपमूलक तालिमहरु सञ्चालन गरिने बताउनुभयो । उहाँले बेनी नगरपालिकालाई समृद्ध बनाउन उत्पादनसँग जोडिन आवश्यक रहेकोमा जोड दिँदै कृषि उपज र उत्पादित सामानको बजारीकरणलगायत क्षेत्रमा उद्योग वाणिज्य संघले आवश्यक सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कुविरकुमार श्रेष्ठले उद्योगी, व्यवसायीको हितलाई मध्यनजर गरी आवश्यक ऐन, कानुनहरु बनाउनुपर्ने बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले उद्योग, व्यवसाय फस्टाउने गरी बेनी नगरपालिकाले आवश्यक वातावरण तयार गर्नुपर्ने बताउँदै त्यसका लागि निजी क्षेत्र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

बेनी नगरपालिका–९, घतानका वडा अध्यक्ष चक्रबहादुर केसी र महिला उद्यम विकास समितिका सभापति लक्ष्मी भण्डारी कार्कीले मन्तव्य राखेको कार्यक्रम म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कटुवालको अध्यक्षता, महासचिव अमृत बानियाँको सञ्चालन र वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठको धन्यवाद मन्तव्यमा सकिएको थियो ।

 

कुहुँका जनप्रतिनिधिले कार्यक्रममा खादा प्रयोग नगर्ने

0

म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहुँका जनप्रतिनिधिले सम्मान र स्वागतमा लगाइने रङ्गीबिरङ्गी खादा प्रयोग नगर्ने भएको छ । स्थानीय उत्पादनमा बृद्धि गर्ने उद्देश्यका साथ आयातित खादामा हुने अनावश्यक खर्चलाई न्यूनिकरण गर्ने वडाभित्र हुने कुनैपनि कार्यक्रममा प्रयोग नगर्ने घोषणा गरिएको छ ।

नवनिर्वाचित वडाका जनप्रतिनिधिलाई स्वागत तथा कार्यकाल पुरा भएकालाई विदाईको अवसरमा वडा अध्यक्ष एकजित रोकाले सम्मानको नाममा फजुल खर्च नगर्ने बताउनुभयो । ‘एकैपटक ४० हजारको खादा प्रयोग हुन्छ,‘आयातित खादामा अब खर्च नगरौं’ अध्यक्ष रोकाले भन्नुभयो ।

उहाँले वडाका जनप्रतिनिधिबाटै वडास्तरमाहुने कार्यक्रमहरूमा खादाको प्रयोग नगर्ने बताउँदै सबैलाई यो अभियानमा साथ दिन समेत अनुरोध गर्नुभयो । ‘माला, पुष्पगुच्छाहरू प्रयोग गर्नुपर्छ,‘गाउँघरमै माला बनाएर आम्दानी गरौं’ अध्यक्ष रोकाले भन्नुभयो ।

नकुहिने र पुनःप्रयोग पनि नहुने भएकाले यस्ता खादा प्रदुषणको स्रोत समेत भएकाले स्थानीयले समेत अभियानमा साथ दिने उहाँको भनाई छ । खादाको प्रयोग प्रायः एकचोटी मात्र हुने र त्यसपछि खासै अन्य प्रयोगमा नआउने जनप्रतिनिधिको भनाई छ ।

वडा कार्यालयमा आयोजित सम्मान कार्यक्रममा वडा अध्यक्ष रोका, महिला सदस्य डिल कुमारी खत्री, दलित महिला सदस्य संगिता किसान खुल्ला सदस्यद्वय ओमकार शेरपुन्जा र नर बहादुर खत्रीलाई निर्वतमान वडा अध्यक्ष क्या.डेक बहादुर राम्जालीले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार पृथीलाल बिक, दिपशिखा माविका प्रधानाध्यापक नन्दबहादुर खत्री, भुपु गाबिस उपाध्यक्ष धनलाल रोका, बम बहादुर रोका लगायतको उपस्थिती रहेको स्थानीय ज्ञानेन्द्र आचार्यले जानकारी दिनुभयो । वडा अध्यक्षले पदभार ग्रहण गदैं आगामी पाँच बर्ष टुक्रे बजेट भन्दा पञ्चवर्षिय योजना बनाएर आवश्यकताको आधारमा बजेट विनियोजन गरिने बताउनुभयो ।

error: Content is protected !!