पोखराको ग्रामीण सडकमा काम गर्न गएका म्याग्दीको मालिका गाउँपालिका–३ रुम पात्लेका एक यूवालाई उद्धार गरी क्वारेन्टाइनमा राखिएको छ । कामको खोजीमा पोखरा पुगेका २३ बर्षिय दर्पण घर्तीलाई लकडाउनले काम रोकिएपछि अलपत्र अवस्थामा नेपाल बैंक म्याग्दी शाखाका पुर्व प्रबन्धक सुर्यप्रसाद बरालले शुक्रबार घरमै राखेका थिए ।

घर जाने भन्दै बाटोमा भेटिएका घर्तीलाई तत्काल घरमा जाने सम्भावना नभएपछि धवलागिरी गाउँपालिका–७ ताकम घर भई हाल लक्ष्मी बैंक पोखरामा कार्यरत अविन गुरूङको पहलमा पोखरा महानगरपालिका–८ जाल्पा रोडमा अवस्थित लेकसिटी हस्पिटलको क्वारेन्टाइनमा राखिएको छ । ‘

अर्को ब्यवस्था नहुदाँसम्म उहाँलाई त्यही राखिन्छ,‘त्यहाँ अन्य जिल्लाबाट अलपत्र परेकाहरु समेत छन्’ गुरुङले बेनीअनलाइनलाई भने ।सुरक्षितसाथ क्वारेन्टाइनमा राखी खाने बस्नेको पूर्ण प्रबन्ध मिलाइएको उनले जानकारी दिए । पोखरामा लकडाउनका कारण अलपत्र परेका जानकारी पाएमा उद्धारमा सघाउने गुरुङले बताए । पोखरामा रहेका म्याग्देलीहरुको समेत सहयोगमा राहत तथा अन्य साम्रागी समेत उपलब्ध गराउन सकिने जनाइएको छ ।

Leave a Reply