---Advertisement---

साइप्रसमा कार्यरत नेपाली सैनिक परिवारबाट अन्नपूर्णका विपद्पीडितलाई पाँच लाख ६७ हजार सहयोग

On: November 26, 2026 9:44 PM
Follow Us:

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा बाढीपहिरोबाट विस्थापितलाई पुर्नस्थापनासहित राहत वितरणका लागि साइप्रसमा कार्यरत नेपालीले पाँच लाख ६७ हजार सहयोग गरेका छन् ।

गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण भएको बाढीपहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि अन्नपूर्ण–४, नारच्याङ घर भएकी रेखा गुरुङ र बेलायती सेनाको प्लाटुन अन्तर्गत साइप्रसमा कार्यरत आरएएफ अक्रोटिरीमा आबद्ध सन्तोष गुरुङको नेतृत्वमा संकलन गरिएको उक्त रकम गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।


गाउँपालिका अध्यक्ष भारतकुमार पुन,उपाध्यक्ष दिवाकुमारी पुन तिलिजा, प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेलाई सहयोग अभियानका संयोजनकर्ता रेखा गुरुङका बुबा पर्यटन अभियान्ता तेजबहादुर गुरुङले हस्तान्तरण गर्नुभएको थियो ।

विदेशमा रहेर पनि आफ्नो जन्मभूमि र विपद्मा परेका गाउँलेलाई सहयोग गर्ने उद्देश्यले रकम संकलन गरिएको बताउँदै उक्त सहयोगले पीडितलाई राहत मिल्ने रेखा गुरुङकले बताउनुभयो । यसअगाडी समेत गुरुङले प्रवासबाट पर्यटकीयस्थलको प्रर्वधनसहित विभिन्न रचनात्मक कार्यमा सहयोग गर्नुभएको थियो ।


सोही अवसरमा गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जिल्लामा सबैभन्दा प्रभावित क्षेत्र अन्नपूर्णको पुर्ननिर्माणसहितको अभियानमा सक्रिय भएर लागेको बताउँदै पहिलो प्राथमिकता विस्थापितको पुर्नस्थापना नै रहेको बताउनुभयो । विपद्का बेला विदेशमा रहेर पनि गाउँका नागरिकको पीडामा साथ दिँदै आर्थिक सहयोग उपलब्ध गराएकोमा गाउँपालिकाले सन्तोष, रेखा गुरुङसहित सहयोग अभियानमा संलग्न सबैप्रति गाउँपालिकाले धन्यवाद दिएको छ ।

Leave a Comment