उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा विभिन्न क्षेत्रमा सर्वसाधारणसँग घुलमिल हुने २२ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) म्याग्दीको निर्णय अनुसार गाउँपालिकामा फ्रन्टलाइनमा बसेर सर्वसाधारणलाई सेवा दिने गाउँपालिकाका अध्यक्ष सहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी वित्तिय संस्थाका प्रतिनिधि, होटल ब्यवसायी, सार्वजनिक सवारीसाधन चालकको स्बाब संकलन गरेको थियो ।

छिमेकी जिल्ला बागलुङमा समुदायमै कोरोना देखिएको र देशमा विभिन्न जिल्लाबाट रोजगार लगायत विभिन्न कामले अन्नपूर्ण र छिमेकी जिल्ला मुस्ताङमा आवतजावत गर्ने गरेकाको अवस्थामा संक्रमणको जोखिमलाई मध्यनजर गरी स्बाब संकलन गरिएकोमा सबैको नेगेटिभ आएको बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

अन्नपूर्ण गापाको पोखरे बगरमा स्बाब संकलन गरिएको थियो । लकडाउन खुलेसँगै कोरोना फैलिरहेको जिल्लाबाट आवतजावतको बढेसँगै समुदायस्तरमा कोरोना फैलिएको हुनसक्ने जोखिमलाई मध्यनजर बेनी, मंगला, मालिका गाउँपालिकाको केन्द्रमा पुगेर स्वाव संकलन गरिएको छ भने रघुगंगमा विदेशबाट आएकाहरु घुलमिल भएको क्षेत्रका बासिन्दाको पिसिआर समेत नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए । उनका अनुसार धवलागिरीमा समेत पुगेर स्बाब संकलन गरिने बताए ।

हालसम्म समुदायस्तरमा करिब ४ सय जनाको स्बाब गरिएकोमासबै पिसिआर रिर्पोट नेगेटिभ आएकाले समुदाय अझै कोरोनाबाट जोगिएको कोभिड–१९ कमाण्ड पोष्टका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।उनका अनुसार अन्तरजिल्ला आवागमनलाई अझै कडाई गरिने बताए ।

 

Leave a Reply