म्याग्दी : पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी– दरवाङ सडक खण्डको अवस्था ट्याक खुलेको १४ वर्ष बितिसक्दा पनि सुधान हुन सकेको छैन। २०६३ सालमा ट्याक खुलेको यो सडकखण्डमा यात्रा गर्दा यात्रुहरूले ज्यानकै माया मार्नुपर्ने अवस्था छ।   म्याग्दीका मंगला, मालिका र धवलागिरि गरी तीन गाउँपालिका र छिमेकी जिल्ला बागलुङका कैयौं बस्ती जोड्ने बेनी– दरवाङ सडकखण्डको मर्मत तथा स्तरोन्नतिका नाममा करोडौं रकम खर्च भए पनि अवस्था भने ज्यूँका त्यूँ रहेको यात्रुहरुले बताएका छन्।    बेनी नगरपालिकाको मंगलाघाटदेखि मालिका गाउँपालिका–६ दरबाङसम्म  २४ किलोमिटर सडक पार गर्न बर्खायाममा यात्रुले निकै सास्ती व्‍यहोर्नुपर्छ। सडकको दर्जनौँ स्थानमा पहिरोले गर्दा छिनछिनमा सडक अवरुद्ध हुने गरेको छ।त्यसैगरी, अलिकति पानी पर्नेबित्तिकै  सडकमै बगेका खोला र जमेका पोखरी पार गरेर गन्तव्यसम्म पुग्न सकियो भने अहोभाग्य ठान्नुपर्ने अवस्था रहेको सो सडकखण्डमा ५ घण्टाको यात्रा गरेर बेनी आइपुगेका विष्णु शर्माले बताए। २०७४ सालदेखि सडक डिभिजनले कालोपत्रेका लागि सुरु गरेको कामले गति लिन नसकेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ।

Leave a Reply