निशा सुवेदी मृगौला प्रत्यारोपण सफल भएको पहिलो खवर चिकित्सकले आमा फुलकुमारी सुवेदीलाई दिए। अस्पतालमो बेडमै रहेकी फुलकुमारीको तत्कालै अस्पतालमा रहेका आफन्तमार्फत सबै शुभचिन्तकमाझ सन्देश पुग्यो। दुबै मृगौलामा खरावी देखिएपछि मृत्युको मुखमा पुगेकी छोरीलाई नयाँ जीवन दिएकी फुलकुमारी अस्पतालको बेडमै खुसीमा झरेको आँसुले सम्हालिन् सकिरहेकी थिइनन्।

नौ महिनासम्म अनेक दुखःकष्टलाई थिचोल्दै आफ्नो कोखबाट जन्मदिएकी छोरीलाई दोस्रो जीवन दिएकी फुलकुमारीले कहिल्यै सुखी र आनन्दको जिवन निर्वाह गर्न पाइनन् । पीडा, अभाव र संघर्षको मैदानमा छोरीलाई हुर्काएकी फुलकुमारीले छोरीको मृगौला प्रत्यारोपण सफल भएपछि जीवनकै ठूलो सपना पुरा भएको बताएकी छन् ।

अस्पतालमा जन्मिएको नातीसँगै छोरीको उपचारमा  पोखरा र काठमाण्डौको अस्पतालमा विताएकी फुलकुमारीले आफ्नो अन्तिम इच्छा पुरा भएको उपचारमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएको उनका दाई खेम सुबेदीले बताए ।  ‘छोरीको अवस्थाले उहाँ धेरै चिन्तित हुनुहुन्थ्यो,‘धेरै अभावमा हुर्किएकी छोरीलाई आफ्नै मृगौला दिएर नयाँ जन्म दिनुभयो’ सुबेदीले भने ।

उमेरले २८ बर्ष लागेकी छोरी निशाको मृगौलाले काम गर्न छाडेको १८ महिनापछि शिक्षण अस्पताल काठमाण्डौमा प्रत्यारोपण गरिएको नयाँ मिर्गौलाले काम गर्न थालेपछि खुसीयाली छाएको छ । अस्पतालको बेड र कोठमा पटकपटक रुँदा रुँदै बेहोस् भएकी निशाले अव केही महिनापछि जागिर खाएर आमालाई पाल्ने योजना बनाएको बताईन् ।

‘अस्पतालमै छोराको न्वारन गरेर निशान नाम आमाले नै राखिदिनुभएको छ,‘आफ्नो सन्तानको पीडाले आमाको मुटु नै छियाछिया हुने रहेछ,‘मैले आमा मात्रै चिनिन धर्तीको भगवान नै आमा भएको प्रत्यक्ष महसुस गरेको छु’ निशाले भनिन् ।

निशा बचाउ अभियानका संयोजक नेत्रराज सुबेदीले जसरी धर्तीले मानव जातिका लागि बोझ थामेकी हुन्छिन्। सन्तानका लागि आमाले त्यतिकै कष्ट उठाउने गरेको बताउँदै मृगौला दिएर दुई अक्षरले निर्मित प्रिय शब्द आमाको सन्तानप्रतिको मायाँ पुरा भएको बताए । उनले आर्थिक सहयोग अभियान र आमाको साथले निशालाई नयाँ जीवन दिन सफल भएको भन्दै परोपकारी संस्था ओमकुमारी शान्ति कोष लगायत सहयोगदातालाई धन्यवाद दिए ।

Leave a Reply