---Advertisement---

कांग्रेस देउवा समूहको म्याग्दी सभापतिमा हिराबहादुर पुन

On: November 1, 2026 6:33 PM
Follow Us:

नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको म्याग्दी जिल्ला अधिवेशनबाट हिराबहादुर पुन जिल्ला सभापतिमा चयन हुनुभएको छ । आइतबार सदरमुकाम बेनीमा सम्पन्न भएको आठौ जिल्ला अधिवेशनबाट उपसभापतिमा बुद्धिमायाँ शेरपुञ्जा, सहसचिव रामबहादुर विक, प्रतिक पाईजा रहनुभएको छ ।


कार्यसमितिको सदस्यहरुमा किस्मा मगर, बविता पुर्जा पुन, गंगा पुन, रमेश पुर्जा, चिना पुन, रत्न बहादुर विक, बागवीर दर्जी,चिमबहादुर गर्बुजा, लालकुमारी बानियाँ रहेको सभापति पुनले जानकारी दिनुभयो । उहाँका अनुसार उपसभापति, सचिव पद पहिलो कार्यसमितिको बैठकबाट मनोनित गरिने छ । यसैबीच अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा क्या.मिनबहादुर कार्की, त्रिलोचन विश्वास विश्वकर्मा, मुकुन्द छन्त्याल,खिमकुमारी पूर्जा,ललिता तिलिजा,कमला तिलिजा, मोहनबहादुर महत, शुशिल मल्ल, रविन शेरचन, गोरी घर्ती, प्रकाश बराईली, कृस्मा मगर लगायत ३५ सदस्यीय रहेका छन् ।


अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य किरणराज पौडेलले कांग्रेसको विरासत शेरबहादुर देउवा पक्षसँगै रहेको बताउनुभयो । पार्टीको आधिकारिकतापछि विशेष महाधिवेशन पक्षधरलाई समेत यहाँ स्वागत गरिने बताउनुभयो । सोही अवसरमा डा. रत्न बहादुर रावल, मेखलाल श्रेष्ठ, पर्वत सभापति रामकृष्ण मल्लले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिदैं देउवाको अगुवाई मात्रै पार्टी बलियो र सबै पक्षलाई समेटेर अघि बढ्ने बताउनुभयो । जिल्ला अधिवेशनसँगै जिल्लाका ६ वटै वडामा थप कार्यक्रमसहित जाने सभापति पुनको भनाई छ ।

Leave a Comment