बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरलाई सोधियो, ‘तपाईंको सरकारका प्रमुख तीन प्राथमिकता के–के हुन् ?’ उनले उत्तर दिए, ‘हाम्रो सरकारको प्रमुख तीन मुद्दा शिक्षा, शिक्षा, शिक्षा हुन् ।’ नेपालको संबिधान-२०७२ को अनुसुची ८ ले स्थानीय तहको अधिकारको सुचीहरुको व्यवस्था गरेको छ । जसको क्र.स. ८ मा आधारभुत तथा माध्यमिक शिक्षाको अधिकार प्रदान गरेको छ ।

यसले संघिय तथा प्रदेशको शिक्षा नियमावलीसँग नबाझिने गरी माध्यमिक शिक्षा सम्म संचालन र पालिकाको आवश्यकता र दिगो विकाशको गुरुयोजना अन्तरगत स्थानीय शिक्षा ऐन तथा नियमावली र शिक्षा निती तथा कार्यविधी बनाउन सक्ने पुर्ण अधिकार स्थानीय सरकारलाई प्रदान गरेको छ ।

यही अधिकारको प्रयोग गरी रघुगंगा गाउँपालिकाले४ बर्ष लगाएरआ.ब. २०७७/७८ को  गाउँ कार्यपालिकाको हिउदे अधिबेशनबाट”रघुगंगा गाउँपालिकाको स्थानिय शिक्षा ऐन-२०७७” कार्यन्वयनमा ल्याएको छ । तर शिक्षा नियमावली र स्थानीय शैक्षिक दिशा निर्देश गर्ने स्थानीय शिक्षा निती कहिले बन्छ भन्ने कुनै टुङ्गो छैन् । यसले हाम्रो स्थानीय सरकारको प्रथामिकतामा शिक्षा छैन भन्ने प्रष्ट देखाएको छ ।

पछिल्लो ४ बर्षको पालिकाको बिनियोजित बजेट अध्ययन गर्ने हो भने पालिकाको प्रथामिकतामा शिक्षा क्षेत्र परेको देखीन्न । यदपी केही सकरात्कम कदमहरु चालिएको छ । जस्तै – सबै माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब जडान, बालबिकासमा अद्यापनरत शिक्षकहरुका लागी मासिक २ हजार तलब थप र ५ बटा मावी तहको विद्यालयमा अङ्ग्रेजी, गणित तथा विज्ञान विषयका ५ जना शिक्षक थप …. आदी  ।

बाकी नियमीत शैक्षिक गतिवीधीको निरन्तरता रहेको छ । स्थानीय सरकारको विकाश बजेटको करिब १०-१२ प्रतिशत बजेट मात्र शिक्षा क्षेत्रमा बिनियोजित भएको छ । यो प्रकृया टोड्दै कम्तीमा पनी २५-३० प्रतिशत विकाश बजेट निरन्तर १० बर्ष शिक्षा क्षेत्रमा लगानी गर्ने हो भने मात्र हामीले खोजेको बिकास र समृद्धीको झल्को देख्न सुरु गर्नेछौ ।

स्थानीय आवश्यकता र विश्वको परिवर्तनको पदचाप पछ्याउदै रघुगंगा गाउँपालिकाले तत्काल स्थानीय शिक्षा निती बृहत बहस गराई सार्बजनिक गर्नु प्रथम आवश्यकता हो । तहगत हिसाबले माध्यमिक तहसम्मको शिक्षा प्रणाली निम्न मोडलमा संचालन गर्न सकिन्छ ।

  • पुर्ब प्रथामिक तह (बालविकास देखी कक्षा २ सम्म्)- मानव जिवनमा ८ बर्ष सम्मको हुर्काईले बाकी ८८ बर्षको दिशा निर्देश गर्छ । त्यसैले यो अवधीको हुर्काई र सिकाई प्रकृयामा बिशेष ध्यान दिनु आवश्यकता रहेको छ । यसका लागी सबै विद्यालयमा मन्टेश्वरी विधीबाट कक्षा २ सम्म अध्यापन गर्ने भौतिक र मानव पुजी तयार गर्ने कार्यविधी तयार गरी अघी बढ्नु अबको आवश्यकता हो ।

पछिल्लो समय अन्तराष्ट्रिय शैक्षिक पद्धतीमा पुर्बप्राथामिक तहमा प्रयोग भैरहेको (3 बर्ष+2 बर्ष=5 बर्ष) कार्यक्रम अबको समयको आवश्यकता हो । पहिलो तिन बर्ष विद्यार्थीहरु विद्यालयमा रमाउन सिक्नेछन् । त्यसपछीको २ बर्ष अक्षर चिन्न सिक्नेछन् ।

चुनौती – मन्टेश्वरी शिक्षणका लागी भौतिक पुर्वाधार तर्फ केही सामान्य समस्याहरु पालिकाको श्रोतबाट सजिलै पुर्ति गर्न सकिन्छ । भने आर्थिक व्यवस्थापनलाई केही गहन रुपमा अध्ययन गरी निकास दिनु पर्छ । यो कार्यक्रम संचालनका लागी बार्षिक ३ करोड अधिकतम लाग्न सक्छ । केही अनावश्यक वस्तुमा खर्च कटौती तथा श्रोतको उचित व्यवस्थापनले आर्थिक समस्या समाधान गर्न सकिन्छ । (आर्थिक भागमा  विस्तृत रुपमा श्रोतको व्यवस्यापन कसरी गर्न सकिन्छ भन्ने चर्चा गर्नेछू । )

अर्को समस्या दक्ष जनशक्तीको हुनेछ । यसका लागी रघुगंगा गाउँपालिका घर भई कम्तीमा बेनी बसेर शिक्षा विषयमा ब्याचलर र ११, १२ अध्ययनरत सबै विद्यार्थीलाई पालिकाको श्रोतले मन्टेश्वरी तथा कम्प्युटर तालिम दिने व्यवस्था मिलाउने । त्यसपछी भोलेन्टर अध्यापक राख्न सक्ने कार्यविधी तयार गर्ने । र बिस्तारै गाउँपालिका भित्र रहेका शिक्षक/शिक्षिकाहरुका लागी २ चरणमा मन्टेश्वरी कक्षा र कम्प्युटरको आधारभुत तालिम दिने । साथै  शिक्षक/शिक्षिकाहरुका लागी नियमित सिकाईको लागी भोलेन्टर अध्यापक नियमित व्यवस्थापन गरी टिचिङ हावर कम गर्ने । यो काम गर्न सक्ने हो भने दक्ष जनशक्तीको समस्या २ बर्षमा पुर्ण रुपमा समाधान हुन सक्नेछ ।

यती गर्न सक्ने हो भने हाम्रो अबका पुस्ताले पालिकाको शिक्षा माथी गौरब गर्न सक्ने अवस्था आउने छ । र शिक्षाकै लागी मात्र भैरहेको बसाईसराईको समस्या न्युनिकरण हुनेछ ।

 

  • ३ देखी ५ सम्मको कक्षा – यो समय भाषा, शब्द संरचना, संस्कृती, रितिरिवाज र स्थानीयता पढ्ने, बुझ्ने समय हो । यो कक्षा समुहको  विद्यार्थीको लागी स्थानीय भाषा, भुगोल, संस्कृती, रहनसहन, स्थानीय उत्पादन आदी समेटेर स्थानीय पाठ्यक्रम लागु गर्नु पर्छ । आंफ्नो मौलिक भाषा भएको समुदायका विद्यार्थीको लागी कम्तीमा पनी एक बिषय आफ्नो मातृभाषामा अध्ययन गर्न सक्ने बाताबरण तयार गर्नु पर्छ । साथै अन्तराष्ट्रिय बजार सँग प्रतिसपर्दा गर्न सक्षम विद्यार्थी बनाउन आधा बिषयहरुको शिक्षण भाषा अंग्रेजी बनाउनु समयको माग हो । र सबै आधारभुत विद्यालयमा कम्प्युटर ल्याबको व्यवस्थापन गरी आधारभूत कम्प्युटर शिक्षा दिन यो उमेर समुहको विद्यार्थीलाई सुरु गर्नु पर्दछ ।
  • ६ देखी ८ सम्मको कक्षा – यो उमेर समुहको विद्यार्थी भाषा, गणित, विज्ञान, भुगोल, ईतिहास, जिवन विज्ञान आदीबाट परिचित बनाईनु पर्ने हुन्छ । यो समुहका कक्षा पनी आधा नेपाली र आधा अङ्ग्रेजीमा पढाउनु अबको आवश्यकता हो । जनशक्ति व्यवस्थाका लागी भोलेन्टर शिक्षण कार्यविधी उचित विकल्प हुन सक्छ । साथै यो उमेर समुहको विद्यार्थीहरुको लागी कम्प्युटर कोडिङ र योग शिक्षा थप गर्नु समयको माग हो ।
  • ९ देखी १२ सम्म – यो समुहको कक्षाको लागी SEE र SLC गरी १० र १२ कक्षा केन्द्र सरकारको परिक्षाका लागी तयार गर्नु पर्ने हुन्छ । तर पनी स्थानीय सरकारले यो उमेर समुहको विद्यार्थीको लागी १२ कक्षा सकेर निस्कदा अनिवार्य कम्प्युटर ज्ञान र विद्यार्थीको रुची अनुसारको एक व्यवसायीक सिप सिकाएर विद्यालय तहको समापन गर्नु गाउँपालिकाले आफ्नो दाहित्व हो भन्ने बोध गर्नु आवश्यक छ । यसका लागी १२ को परिक्षा पछीको समय उपयोग गरेर गर्न सकिन्छ ।

त्यस्तै रघुगंगा गाउँपालिका भएर कालिगण्डकी करिडोर संचालन हुदै छ । यो संगै चिनियाँ बजारले यो क्षेत्रमा आफ्नो प्रभाव अवस्य छोड्ने छ । यसले ठुलो मात्रामा दोभासे खपत गर्ने छ र पर्यटनमा गुरुयोजना बनाएर पालिका अघी बढ्न सक्ने हो भने ठुलो चिनियाँ पर्यटन गन्तव्य बनाउन सकिन्छ । यसका लागी पुर्वतयारीको लागी कक्षा ९-१२ मा बैकल्पिक विषयमा अनिवार्य चिनिया भाषा समावेश गर्नुपर्छ ।

साथै गाउँपालिकामा प्राविधीक विषयमा कृषि विषय अध्यापन भैरहेको छ । यसलाई व्यवस्थित र व्यवसायिक बनाउन गाउँपालिकाले गृहकार्य गर्नुपर्छ । कृषि शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई प्रतक्ष्य उत्पादन सँग जोडी प्रतक्ष्य आर्थिक लाभमा विद्यार्थीलाई जोड्न सक्नु पर्छ । यसले रघुगंगाको कृषि क्षेत्रमा अकल्पनिय फड्को मार्ने ल्याकत राख्छ ।  (विस्तृतमा कृषी सेक्सनमा लेख्न्ने छु । )

साथै गाउँपालिकाले ९-१२ मा एउटा थप सुचना तथा प्रविधी प्राविधीक विषयमा थप गरी रघुगंगाको शिक्षा क्षेत्रलाई नयाँ र समयानुकुल आयाम दिन सकिन्छ ।अन्त्यमा, शिक्षा क्षेत्रको सुधार नै अबको रघुगंगाको दिशानिर्देश गर्न र समयानुकुल बनाउन सक्ने अचुक अस्त्र हो । यसलाई पालिकाले आफ्नो प्रथामिकतामा राख्नका लागी सबै क्षेत्रबाट सकरात्मक दवाब दिन आवश्यक छ ।

यो पनि पढ्नुहोस्:

1. यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने . (पहिलो काम)- ईन्टरनेट बिस्तार

2. यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने… दोस्रो काम) तथ्याङ्क संकलन, बर्गिकरण तथा व्यवस्थापन

3.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने … (तेस्रो काम)- सामाजिक अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना

4.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने… (चौथो काम)- सुचना व्यवस्थापन तथा सम्प्रेषण

5. यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने … (पाचौं काम)- सामाजिक आन्दोलनको बिजारोपण

Leave a Reply