राष्ट्रिय प्रजातन्त्र पार्टी मंगला गाउँपालिका-२, का वडा अध्यक्ष विनोद केसी ठूला पार्टीलाई स्थानीय तहको निर्वाचनमा उपविजेता बनाउन घरदैलो अभियानमा जुट्नुभएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा मनोनयन पत्र दर्ता गरेपछि चुनावी अभियानमा ब्यस्त केसीले राष्ट्रियता, प्रजातन्त्र,हिन्दु राष्ट्रको पुर्नस्थापनाका लागि एकपटक राप्रपालाई चुनावी अभियानमा साथ दिन मतदातालाई अपिल समेत गर्नुभएको छ ।

‘नयाँ पुस्तालाई राप्रपाको योगदान मात्रै सुनाउन सकेमा ठूला पार्टीको बिजोग हुन्छ,‘नेपालीको माटोमा जन्मिएको, यहीको सिद्धान्तले जनताको माझमा जाने पार्टी राप्रपा मात्रै हो’ अध्यक्षका प्रत्यासी केसीले भन्नुभयो । उहाँले

’राप्रपाको हलो–हलोले गर्छ सबैको भलो भन्दै हामी डाँडाकाँडा घुम्दै छौ,यही नारा र हलो चिन्हले जनताको मायाँ पाउँछ’ अध्यक्ष केसीले भन्नुभयो । म्याग्दी जिल्लामा राप्रपाका संस्थापक एवम् पुर्वमन्त्री भिमप्रसाद गौचनको कामबाट प्रभावित भएर राप्रपामा जोडिएको बताउनुभयो ।

एउटा निर्वाचनमा जितेपछि अर्को निर्वाचनसम्म थेग्न नसक्ने नेताहरुलाई झण्डै ५ दशक राजनीतिमा सक्रिय भएर भिमप्रसादले चुनावी दिएकोले अव नयाँ पुस्ताले राप्रपा थाम्ने बताउनुभयो । उहाँले भिमप्रसादको सन्देश लिएर मतदाताकोमा जाने बताउनुभयो ।मंगला गाउँपालिका सहित जिल्लाभर यसपटक राप्रपाको उपस्थिती सहितको अभियानलाई केन्द्रित हुने बताउनुभयो। राप्रपाले यसपटक स्थानीय तहको निर्वाचनमा आफ्नै चुनाव चिन्हबाट उम्मेदवारी दिएको छ।\

( मुख्य  एजेण्डा)
1) मंगला गाउँपालिका लाई डिजिटल मय बनाउने
2) फोहोर मैला व्यवस्थित गर्ने,
3) जेष्ठ नागरिक तथा बालबालिकाको लागि गाउँ गाउँमा जेष्ठनागरिक सथै बालबालिका बाटिका बनाउने,
4) कृषि लाई पहिलो  प्राथमिकता मा राखि युवा लाई रोजगारमा जोड्ने ,
5) १ देखी १२ सम्म सबैलाई निःशुल्क पढाउने व्यवस्था,
6) वृद्ध भत्त घर घरमा उपलब्ध गराउने ब्यवस्था,
7) मंगला गाउँपालिका मा निःशुल्क बिजुली
उपलब्ध गराउने व्यवस्था,
8) lifting सिचाइ प्रयोग गरि दैनिक उपभोग्य सामान आफ्नै ठाउँमा उत्पादन गर्ने व्यवस्था
9) कक्षा ६ देखि १२ सम्म अनिवार्य  स्वास्थ्य जसमा योग, आयुर्वेद र प्राकृतिक चिकित्साको स्वाथ्यवृत्ति अध्ययन गराउने,
10) मंगला गाउँपालिका भरि  गाउँ गाउँमा मा कालो पत्रे गर्ने व्यवस्था।
11) स्थानीय तहमा गुणस्तरीय र प्रविधिमय स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था।

 

Leave a Reply