म्याग्दी बेनी नगरपालिका–९,घतानका ६ बर्षिय निमेश खड्कालाई मनिषा सुबेदी खड्काले विदेशमा धन कमाउन आएको भन्दै बेला-बेलामा फोन गर्छिन् । छोरा निमेशलाई धेरै धन कमाएपछि मात्रै भेट्न आउने भन्दै फोन गर्ने उनी कर्तव्यज्यान मुद्दामा जेल सजाय भोगिरहेकी छन् ।

श्रीमान उत्तम खड्कासँगै मिलेर आफन्तको मनशायपूर्वक हत्या गरिएको भन्दै जिल्ला अदालत म्याग्दीले दोषी ठहर गरेपछि जेल जिवन विताइरहेकी मनिषाले छोरालाई बैदेशिक रोजगारीबाट १० बर्षपछि मात्रै आउने बताउने गरेकी छन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा ४१ बमोजिम पुनारावेदन अदालत बागलुङले तोकेको सजाय भुक्तान गरी जेलबाट छुट्ने समयलाई उनले विदेशबाट फर्किने जानकारी छोरालाई दिएकी छन् ।
आमा–छोराको मिठो खाने, राम्रो लगाउने अनि धेरै पढ्ने भलाकुसारी हुन्छ । निमेशको बुबाको जेलभित्रै मृत्यु भएको छ ।

आमाबाबुले गरेको गल्तीको सजाय निमेशले पनि केहीसमय जेलभित्रै बसेर विताएका थिए । बेनीस्थित शिखर होटलका सञ्चालक कृष्णप्रसाद बरुवालले अस्थायी संरक्षण गरेका निमेशले बेलाबेलामा आमासँग बोल्न खोजेपछि कारागार प्रशासनलाई जानकारी गराउने गरिन्छ । ‘आमाछोराको कुराकानी हुन्छ, छोरालाई विदेशमा गएको भन्दै आमाको फोन आउँदा भाबुक हुन्छु’ होटल शिखरका सञ्चालक बरुवालले भने ।

उनले जिल्ला अदालतको सजाय भुक्तान गरी छुटेपछि मनिषाले आफ्नै होटलमा काम गर्ने गरेको अवस्थामा पुनरावेदन अदालत बागलुङले थप सजाय तोकेपछि जेल जिवत विताइरहेको बताए । आमालाई प्रहरीले नियन्त्रणमा लिँदा निमेश समता विद्यालयमा पढ्न गएका थिए ।तोते बोल्न सिक्ने उमेरमा निमेश बेसाहरा जस्तै भएका छन् ।

‘पढाई राम्रो छ, पढ्न मात्रै खोज्छ, आमा जेलमा परेपछि रेखदेख गर्ने मान्छे घरमा नहुँदा होटलमै राखेको छु’बरुवालले भने । विभिन्न दाताहरूको सहयोगसँगै शिक्षादीक्षाको वातावरण बनाउन जेलभित्रै रहेकी निमेशकी आमाले याचना गरेकी छन् ।

आफू जेल परेपछि छोराको बिचल्ली भएकाले पालनपोषण कुनै संस्था वा दाताले गरिदिए ठूलो गुन हुने बताइन् । ‘छोरालाई बाँच्न र पढ्न सघाउनुहोला, जेलबाट छुटेपछि जिवनभर तपाईको सेवा गर्नेछु‘ उनले भनिन् ।

यता बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले आमाबुबाको अपराधको सजाय छोराले भोग्न नहुने भन्दै वडाले संरक्षण गरी सहयोग जुटाउने बताए। ‘भविष्य अँध्यारो भएको छ, सबैको साथ र सहयोगको आवश्यकता छ’ वडा अध्यक्ष केसीले भने ।

उनले निमेशको नाममा माछापुच्छे« बैकमा खाता खोलिएकाले सोही खातामा सहयोग जुटाएर लालनपालन र उच्च शिक्षासम्मको पढाई पूरा गर्ने बताए । सन्तानको सबभन्दा ठूलो खुशी आमा हो भएकाले आमाको अभाव हुन नदिने गरी उचित संरक्षण गर्नुपर्नेमा उनले जोड दिए ।

थप जानकारीका लागि
चक्र केसी वडा अध्यक्ष ९८५७६४७०६९
कृष्णप्रसाद बरुवाल,९८५७६२५०७८

Account details: – Nimesh khadka

0160969886900015 Machhapuchhre Bank Beni Branch

Swift code :- MBLNNPKA

Leave a Reply