कालीगण्डकी नदी किनारमा बेवारिसे शव फेला परेको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ सह्रसधारा नजिकै कालीगण्डकीमा अन्दाजी ४५ वर्षिय पुरुषको शव फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वाटर चण्डिका पर्वतका सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काले जानकारी दिए ।
नदीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरलगत्तै घटनास्थलमा पुगेको सशस्त्र र नेपाल प्रहरीको टोलीले नदीबाट शव निकालेको थियो । शवको मुचुल्कापश्चात पोष्टमार्टमको लागि प्रदेश अस्पताल पर्वतमा पठाईएको छ ।
नाम र ठेगाना नखुलेको शव पहिचान गर्न सकिने अवस्थामा रहेकोले जिल्ला प्रहरी कार्यालय पर्वतले बेपत्ताको बारेमा खोजी गरिरहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान कार्य भई रहेको पर्वत प्रहरीले जनाएको छ ।














