मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिनका अवसरमा म्याग्दीका एक यूवाले म्याग्दीको सदरमुकाम बेनीको बालमन्दिरमा रहेको नेपाल बाल संगठनद्धारा सञ्चालित बाल गृहका बालबालिकालाई खाद्यान्न र स्टेशनरी सहयोग गर्नुभएको छ ।
जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथै एक पर्व नै भएकाले बालगृहका बालबालिकालाई केक काटेर आमाको अभाव महसुस हुन नदिने गरी खानेकुरा समेत सहयोग गरेको यूवा नगेन्द्र बस्नेतले बताउनुभयो । ‘बालगृहका बालबालिकालाई पर्वहरुमा आफन्तको याद आउन सक्छ भनेर सानो सहयोग गरेको छु’बेनीबजार न्यूरोडस्थित एफ फोर मोबाइल पसलका सञ्चालक बस्नेतले भन्नुभयो ।

बेनी नगरपालिका–९, काउँलेगौडा यूवा क्लवका अध्यक्ष समेत रहनुभएका बस्नेतले आफ्नो मोबाइल पसलबाट ग्राहकबाट आर्जन गरेको केही हिस्सालाई समुदायस्तरमा खर्च गर्ने योजना अनुसार आगामी दिनमा समेत निरन्तर कार्यक्रम गरिने बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन मोवाइल पसलका सुदिप कार्कीले गर्नुभएको थियो । बालगृहमा हाल ७ जना बालबालिका रहेका छन् ।













