---Advertisement---

बराहतालमा पर्यटकको घुइँचो

On: April 17, 2026 7:01 PM
Follow Us:

तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको बराहताल एक दशक अगाडिसम्म ओझेलमा थियो । गाउँपालिकाले पूर्वाधार निर्माण गरी प्रचारप्रसार गर्न थालेपछि अहिले दैनिक आन्तरिक पर्यटकको घुइँचो नै लाग्न थालेको छ । समुद्री सतहदेखि करिब दुई हजार ७०० मिटरको उचाइमा रहेको तालसम्म सडक पुगेपछि पर्यटकको आकर्षण बढेको हो ।

गण्डकी प्रदेश सरकार र गाउँपालिकाको करिब डेढ करोड बढी लगानीमा सडक, खानेपानी, शौचालय, घेराबार, पदमार्ग निर्माणलायत भौतिक पूर्वाधार निर्माण गरिएको छ । एक दशक अगाडिसम्म ताल आसपासका तमानखोला र ढोरपाटनका विभिन्न ठाउँबाट स्थानीय पूजाआजा गर्न जाने गरे पनि अन्य ठाउँबाट पर्यटक आउँदैनथे । तर पछिल्लो केही वर्षयता दैनिक पर्यटक आउन थालेको तमानखोला गाउँपालिका–२ का भूमिराज विकले बताए ।

स्थानीयहरूले वस्तुभाउ चरिचन गर्ने र गोठमा बस्ने गोठालाले पानी भर्ने ठाउँ अहिले पर्यटकीय गन्तव्य बन्दा खुसी लागेको विकले सुनाए। दुई वर्ष अगाडिमात्रै मोटरबाटो मुगेको बराहतालमा दैनिक पर्यटक घुम्न आउने उनको भनाइ छ । पर्यटक आउन थालेपछि स्थानीय उत्पादनसमेत बिक्री हुन थालेको विकको भनाइ छ ।

‘बराहताल आजभन्दा १० वर्ष अगाडि धेरै ठूलो थियो, अहिले त यति ठूलो छ, पहिला नयाँ वर्षमा फाट्टफुट्ट मान्छेहरू घुम्न आए पनि अरु बेला आउँदैनथे’, विकले भने, ‘अहिले त दिनहुँजसो पर्यटकको आइरहन्छन्, यस्तो ठाउँमा यति धेरै मान्छे आउलान् भन्ने त लागेको थियो ।’

ताल घुम्न आउने पर्यटकले तमानखोलाको विभिन्न गाउँमा उत्पादन हुने आलु, सिमी, भाँगोलगायत वस्तु किनेर लैजाने गरेको स्थानीय तुलबहादुर छन्त्यालले बताए । यतिबेला ताल वरपरको घना जङ्गलमा गुराँस फुलेको हुँदा रमाउन आउनेको सङ्ख्या पनि बढेको उनको भनाइ छ ।

उनले भने, ‘नयाँ वर्षका दिन त यहाँ दशौँ हजार मान्छे आउँथे, तर अहिले त नयाँ वर्ष मनाउन अघिल्लो दिनै आएर रातभर जागराम बस्ने, गीत गाउने र रमाइलो गर्ने पर्यटकहरू बढेका छन्, सडकले सहज पनि बनायो, प्रचारप्रसार पनि राम्रोसँग हुँदा पर्यटक बढे ।’

गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बराहताललाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताए । तालको तीव्र प्रचारप्रसार हुँदा आन्तरिकमात्र नभई बाह्य पर्यटकसमेत आउने गरेको उनको भनाइ छ । ढोरपाटन सिकार आरक्षमा पुग्ने पदमार्ग यही ताल क्षेत्रमा पर्ने हुँदा विदेशी पर्यटकको रोजाइमा समेत बराहताल परेको अध्यक्ष बुढामगर बताउछन् । रासस

Leave a Comment