म्याग्दीको सदरमुकाम बेनी न्यूरोडमा अवस्थित सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बेनी शाखाले १९ औं वार्षिकोत्सको अवसरमा मंगला गाउँपालिका–२ कोत्रबाङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले बेनी सञ्जिविनी हेल्थ क्लिनिकसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधी वितरण गरको हो ।

शिविरमा जनरल तथा दन्त रोगसम्बन्धि चेकजाँच तथा निशुल्क औषधि वितरण गरिएको सहायक शाखा प्रबन्धक दिपक न्यौपानेले जानकारी दिनुभयो। शिविरमा १ सयभन्दा बढी बिरामी लाभान्वित भएका थिए ।

शिविरमा बालबालिकाको दन्त समस्याका साथै बृद्धबृद्धाको प्रेसर, सुगर लगायतका समस्या भएकालाई उपचारसँगै औषधि नियमित सेवनका विधिका बारेमा समेत जानकारी गराइएको थियो । बैंकले वित्तिय कारोबारसँगै वित्तिय साक्षरता, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्ने गरेको प्रबन्धक रेशम आचार्यले बताउनुभयो । बैंकले हरेक बर्ष वार्षिकोत्सको अवसरमा विभिन्न सहयोग गर्ने गरेको छ ।











