---Advertisement---

म्याग्दीमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

On: April 19, 2026 8:41 PM
Follow Us:

म्याग्दीमा १२ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउन सुरु गरिएको छ। राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने कार्यक्रम अन्तर्गत म्याग्दीमा आइतबार (आज) र सोमबार दुई दिनसम्म बालबालिकाका लागि भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधी खुवाउने कार्यक्रम सञ्चालन गरेको हो।


दुई दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा छ महिनादेखि पाँच वर्ष उमेरसम्म बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने प्रदेश जनस्वास्थ्य कार्यालयका म्याग्दीका खोप सुपरभाइजर गणेश सुबेदीले बताउनुभयो ।


जिल्लाका ६ वटै स्थानीय तहमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेवीकाले तोकिएका विभिन्न स्थानबाट भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउनु सुबेदीले बताउनुभयो। छुटेको बालबालिकाको घरमै पुगेर भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने तालिका रहेको छ । सरकारले प्रत्येक आर्थिक वर्षको कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधी बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ।

Leave a Comment