---Advertisement---

अन्नपूर्ण हिमालमा एकैदिन ७ विदेशी आरोही चुचुरोमा

On: April 18, 2026 7:58 PM
Follow Us:

हरिकृष्ण गौतम
उत्तरी म्याग्दीमा अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण हिमालमा शनिबार एकैपटक ७ विदेशी पर्वतारोहीसहित नेपाली शेर्पा गरी १५ जनाले सफल आरोहण गरेका छन् । वसन्त यामको आरोहण सुरु भएसँगै शनिबार सेभेन समिटबाट ३ फ्रान्सेली १ क्यानेडियन सहित ५ जना आरोहीसँगे ७ जना शेर्पा चुचुरोमा पुगेको सेभेट समिट ट्रेकले जनाएको छ ।

त्यसैगरी शनिबार नै विहान १०ः १५ बजे नेदरल्याण्ड र अष्टे««लियाली आरोहीसँगै एक शेर्पाले सफलतापूर्वक आरोहण गरेको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले बेनीअनलाइनलाई बताउनुभयो । ‘अन्नपूर्ण हिमालमा यसपटकको पहिलो आरोही टोलीले सफलतापूर्वक आरोहण गरेका छन्, आरोहणसँगै बेसक्याम्पसम्म घुम्न जानेको चहलपहल छ’ अभियान्ता गुरुङले भन्नुभयो ।

समुन्दि सतहदेखि ८,०९१ मिटर सन्सारको १० औं अग्लो अन्नपूर्ण हिमालमा यस सिजनमा अन्नपूर्ण हिमाल आरोहणका लागि चार समूहका ८ महिलासहित २७ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । सन् १९५० जुन ३ का दिन पहिलो पटक मानव पाइला परेको हिमाल आरोहीको रोजाइमा पर्ने गरेको छ ।


फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वमा लुइस लचेन र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेसँगै हिमाल आरोहण सुरु भउको नेपालमा पछिल्लो समय आन्तरिक पदयात्राका लागि समेत म्याग्दीको अन्नपूर्ण हिमाल निकै चर्चित छ ।

यसैबीच संसारको सातौ अग्लो धौलागिरि गाउँपालिका–४ मा रहेको ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल यस सिजनमा १७ जनाले अनुमति लिएका छन् । हिमाल आरोहणको सिजनमा धौलागिरी र अन्नपूर्ण हिमालको बेस क्याम्पआरोही, शेर्पा, पथप्रदर्शक, मजदुरको लामो बसाईले चहलपहल हुन्छ । Photo Source:sevensummittreks.com

Leave a Comment