२४ घण्टामा विपद्जन्य घटनामा परेर एक जनाको मृत्यु भएको छ। अरु १८ जना घाइते भएका छन्।
यो अवधिमा २५ पशुचौपायासमेत मरेका छन्। २४ घण्टामा ५८ वटा विपद्का घटना हुँदा ५१ जिल्ला प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार हावाहुरीमा परेर एक जनाको मृत्यु हुँदा ५ जना घाइते भएका छन्।









