राष्ट्रिय स्वतन्त्र पार्टीले रघुगंगा गाउँपालिका वडा नं. ३ को वडा अधिवेशन गरेको छ । बिहिबार वडास्तरीय भेलाबाट शेर बहादुर शाही (रामु शाही)को अध्यक्षतामा नयाँ वडा समिति गठन गरेको हो । कार्यसमितिको उपसभापति जुना केसी भण्डारी,सचिव गणेश भण्डारी,सहसचिवः पुष्पता कुमारी सिङ्ग रहनुभएको छ। त्यसैगरी कार्यसमिति सदस्यहरुमा इन्द्र बहादुर किसान, शारदा मल्ल, देउ बहादुर भण्डारी, रेखा रकाल, कोपिला कुमारी मल्ल शाही रहनुभएको सचिव भण्डारीले बताउनुभयो ।

वडा भेलाबाट संगठन विभाग प्रमुखमा सुमन शाही,उपप्रमुखः गोपाल मल्ल,सदस्यहरूः दुर्गा शाही, कुविर शाही रहनुभएको छ । सोही अवसरमा दु्रत कार्य टोलीको प्रमुख भल प्रसाद कार्की,उपप्रमुखः मीन बहादुर शाही, सदस्यः सोम बहादुर परियारलाई चयन गरिएको छ । वडा अधिवशेनलाई सम्बोधन गदैं रास्वपा म्याग्दीका सभापति रोकाले अब हरेक बस्तीमा रास्वपाले आफ्नो संगठनमार्फत रचनात्मक कार्य गर्ने बताउनुभयो ।

सोही अवसरमा नवनिर्वाचन कार्यसमितिलाई प्रशिक्षण विभाग प्रमुख दिपक श्रेष्ठले सपथग्रहण सहित वडाबासीको मन जित्ने गरी काम गर्ने निर्देशन दिनुभएको छ । रास्वपा म्याग्दीले जेठ महिनाभित्र जिल्लाका ६ वटै स्थानीय तहको ४५ वडामा संगठन विस्तार गर्ने निर्णय अन्तरगत रघुगंगाबाट अभियान सुरु गरेको छ ।














