---Advertisement---

एउटा खराब ठेकेदारका कारण थलिएको रणवाङ-दरवाङ सडक

On: May 9, 2026 7:35 AM
Follow Us:

हरिकृष्ण गौतम
एउटा खराव निर्माण ब्यवसायीको कारण स्थानीयबासी र यात्रुले दैनिक कति सास्ती खेप्नुपर्छ भन्ने उदाहरण बनेको छ पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) सडक । सामान्य बर्ष हुदाँ हिलाम्मे, सडकमै पोखरी बन्छ भने हिउँदमा धुलैधुलोले सताउने गरेको छ ।


बेनी–दरवाङ सडकको मालिका गाउँपालिका–६तोलाबाङदेखि दरवाङ जोड्ने सडक स्तरोन्नतिको काम रोकेर निर्माण कम्पनी सम्पर्कविहिन भएपछि चालु आर्थिक बर्ष २०८२÷०८३ सालमा सडकखण्ड नबन्ने निश्चित भएको छ । सडकको म्याद सकिएको छ, निर्माण ब्यवसायी गायब भएपछि सडकमा आवतजावत गर्दा यात्रुहरुले दैनिक सास्ती खेप्नुपरेको छ ।

सडकखण्डमा सवारीसाधनसँगै पैदलयात्रा गरी विद्यालयमा जाने विद्यार्थी कहिल्यै सफा पोशाकमा विद्यालयमा पुग्न पाएका छैनन् । सडकखण्डमा हिउँद र बर्खाको यात्रा जोखिमपूर्ण भएपनि सरकारी निकाय, स्थानीय जनप्रतिनिधि, संघसंस्थाको चौतर्फी दवावले समेत निर्माण ब्यवसायीलाई छुन सकेको छैन ।


सडक निर्माणकै कारण मालिका गाउँपालिकाका जनप्रतिनिधिले मुद्धा खेप्नुपरेको थियो भने जिल्ला प्रशासन कार्यालयमा लिखित सहमति गरेपनि निर्माण ब्यवसायीले मजदुरको सुविधा समेत दिएका छैनन् । एउटा खराव निर्माण ब्यवसायीका कारण पश्चिम म्याग्दीको मालिका, धवलागिरी गाउँपालिकामा यात्रा गर्ने पैदल वा सवारीमा यात्रु गर्दा पनि निकै सास्ती खेप्नु परेको छ ।

धुलैधुलोले सवारीसाधन दुर्घटनाको जोखिमसँथै श्वासप्रश्वासमा असर गरेको पश्चिम म्याग्दी दरबाङ यूथ क्लवका अध्यक्ष नगेन्द्र मल्लले बताए । उनले म्याद समेत सकिएको अवस्थामा पूरानो ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ प्रक्रियाबाट जानुपर्ने बताए ।


क्लवको अगुवाईमा ७ वटा टोलविकास संस्था, संस्थागत तथा सामुदायिक विद्यालय लगायत सरोकारवाला निकायले जिल्ला प्रशासन कार्यालयमा ध्यानार्कषण सहित ज्ञापनपत्र बुझाएपछि पनि निर्माँण ब्यवसायीले महँगीको बाहना बनाएको पाइएको छ । बाहना बनाएरै पटकपटक म्याद थप गरेको अवस्थामा अव म्याद थप गरेपनि सडकले पूर्णता दिनेमा स्थानीय विश्वस्त छैनन् । विसं २०७६ जेठ ३१ गते निर्माण कम्पनी बिरुवा–क्याराभान र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको थियो ।


विसं २०७८ जेठमा सकिनुपर्ने योजनाको हालसम्म भौतिक प्रगति ८७ प्रतिशत रहेको छ । यस सडकका निर्माण ब्यवसायीले प्रतिबद्धता जनाएपनि अहिलेसम्म पूरा गरेका छैनन् । मालिकाको केन्द्र दरवाङ जोड्ने सडक स्तरोन्नति दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित छ वर्षअघि आयोजना सुरु भएको थियो ।

गत असार महिनायता सडक निर्माणको काम भएको छैन । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किमी दूरीको बेनी–दरवाङ सडक विसं २०६३ मा मार्ग खुलेको थियो । लिखित र मौखिक रूपमा गरिएको अनुरोधलाई बेवास्ता भएपछि पूर्वाधार कार्यालय म्याग्दीले समेत अब नयाँ प्रक्रियाको विकल्प नभएको जनाएको छ ।

Leave a Comment