राष्ट्रिय स्वतन्त्र पार्टी बेनी नगरपालिका–३ भकिम्लीको प्रथम वडा अधिवेशनबाट सभापतिमा मोहन बहादुर थापा चयन हुनुभएको छ । शुक्रबार आयोजित वडास्तरीय भेलाबाट उपसभापति नेत्र कुमारी घर्ती मगर,सचिव सोम बहादुर रोका रहनुभएको छ । त्यसैगरी सदस्यहरूमा सुनिता नेपाली, बिमला श्रेष्ठ, शिव बहादुर छेत्री, केयर सिंह पुन, शुशिला थापा, तुलन पुन, डेक बहादुर छन्त्याल तथा नरमाया चोचाङ्गे पुन. रहनुभएको पार्टी सभापति यूवराज रोकाले बताउनुभयो ।

सोही अवसरमा संगठन विभाग प्रमुख नेत्र बहादुर घर्ती मगर,दु्रत कार्यदलको प्रमुख राम घर्ती मगर,उपप्रमुख तुल बहादुर थापालाई चयन गरिएको छ। रास्वपा म्याग्दीले जेठ महिनाभित्र जिल्लाका ६ वटै स्थानीय तहको ४५ वडामा संगठन विस्तार गर्ने निर्णय अन्तरगत धमाधम वडा अधिवेशन भइरहेको छ।











