---Advertisement---

म्याग्दी क्याम्पसका विद्यार्थीलाई डेढ महिने निःशुल्क ब्युटिसियन तालिम, उत्कृष्टलाई रोजगारी

On: May 8, 2026 9:04 PM
Follow Us:

म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीलाई डेढ महिने निःशुल्क आधारभूत ब्युटिसियन तालिम कार्यक्रम दिइएको छ । शिक्षासँगै विद्यार्थीलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उदेश्यले म्याग्दी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी मञ्चको आयोजना, लोकदिप बचत तथा ऋण सहकारी संस्थाको आर्थिक तथा पिस साईन ब्यूटि होम एण्ड टेनिङ्घ सेन्टरको आयोजनामा तालिम सञ्चालन गरिएको थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख श्रीधर सुबेदीले क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई शैक्षिकसँगै सीपमुलक कार्यक्रममार्फत आर्थिक रुपमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुभयो । क्याम्पसको पढाइसँगै रोजगार तथा भविस्यमा उद्यमशिलतामा आर्कषित गर्ने गरी सञ्चालित तालिमलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

सोही अवसरमा विशिष्ट अतिथि लोकदिप सहकारीकी अध्यक्ष एवम् पिस साईन ब्यूटि होम एण्ड टेनिङ्घ सेन्टरकी सञ्चालिका प्रमिला जोशी श्रेष्ठले विद्यार्थीलाई सीपसँगै उत्कृष्टलाई रोजगारी तथा भविस्यमा पनि प्रोत्साहनका कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो ।

उहाँले म्याग्दीमा सिटिईभीटिबाट मान्यता प्राप्त टे««निङ्घ सेन्टरबाट सीपमूलक कार्यक्रमलाई सहयोगसँगै तालिममार्फत उत्पादन भएका जनशक्तीलाई रोजगार तथा ब्यवसाय सञ्चालनमा समेत प्रोत्साहन गरिएको बताउनुभयो । सीप आर्जन गरी थोरै लगानीमा समेत ब्युटिसियन तालिमबाट आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले पूर्व विद्यार्थी मञ्चमार्फत तालिम सञ्चालन गरिएको थियो । तालिमको समापनमा विद्यार्थीको तर्फबाट बोल्दै प्रतिभा बानियाँले सीपलाई रोजगारीसँग जोड्ने लक्ष्य रहेको बताउनुभयो । सीप सिकेर स्वरोजगार बन्ने वातावरण सिर्जना भएको सहभागी विद्यार्थीको भनाई छ । तालिममा विभिन्न विधामा प्रयोगात्मक अभ्यास गराइएको थियो । कुल ८२ जनाबाट समापनसम्म् २० जनाको छनौट गरी सञ्चालन गरिएको थियो ।


समापन कार्यक्रममा क्याम्पसका सहायक प्रमुखद्धय नारायणप्रसाद सुबेदी, भोलानाथ घिमिरे, स्ववियू सभापति संगम चोखाल क्षेत्री लगायतको उपस्थिती रहेको थियो । तालिमको अध्यक्षता मञ्चका अध्यक्ष अजुर्न पौडेल, स्वागत लोकदिप साकोसका सहसचिव गोविन्दप्रसाद रिजाल र सञ्चालन मञ्चकी सचिव प्रभा शर्माले गर्नुभएको थियो । म्याग्दीमा ब्युटिसियन तथा सीपमूलक तालिमले महिलाको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

Leave a Comment