---Advertisement---

विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय

On: May 8, 2026 12:56 PM
Follow Us:

 शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

त्यस्तै, वैशाख २८ गते अपराह्न ४ बजे बस्ने संघीय संसद बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको उनले बताए ।

Leave a Comment