---Advertisement---

न्यु वेष्ट प्वाइन्टका दुई विद्यार्थीले ल्याए ४.० जिपिए ल्याए

On: May 13, 2026 10:33 PM
Follow Us:

म्याग्दीको बेनी स्थित न्यु वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयका २ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उच्चतम् ४.० जिपिए ल्याएका छन् । विद्यालयका प्रिन्सिपल डी.बी दाहालका अनुसार छात्रा सफल खड्का र छात्र सङ्केत अधिकारीले सो सफलता हात पारेका हुन्। गत वर्ष यस विद्यालयबाट १ जनाले मात्र ४.० जिपिए ल्याएका थिए ।

शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल रहेको विद्यालयले यसबर्ष १ सय ११ जना विद्यार्थी परीक्षामा सहभागि भएकोमा ६५ जनाले ३.६० देखि ४ जिपिए, ४२ जनाले ३.२० देखि ३.६० जिपिए र ४ जना विद्यार्थीले २.८० देखि ३.२० जिपिए ल्याएको प्रिन्सिपल दाहालले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

Leave a Comment