---Advertisement---

बेनी सामुदायिकको सतप्रतिशत नतिजा, १ सय १७ जना विद्यार्थी नै उत्तीर्ण

On: May 12, 2026 10:42 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका–७, बेनीमा अवस्थित बेनी सामुदायिक माध्यमिक विद्यालयबाट १ सय १७ जना विद्यार्थीहरू सहभागी भएकोमा उच्चतम ३.८७ जीपिए सहित शत प्रतिशत उत्तीर्ण भएका छन् ।

जिल्लामै सबैभन्दा धेरै विद्यार्थीहरू सहभागि गराएको विद्यालयले नन–ग्रेडेड (एनजी) रहित शत प्रतिशत नतिजा हाँसिल गरेको विद्यालयका प्रधानध्यापक भीम घर्तीमगरले बताउनुभयो । ‘परीक्षामा सहभागि भएका सबै विद्यार्थीलाई उत्र्तिणा गराउन मेहनत गरेका छौ, नतिजाबाट सन्तुष्ट हुने आधार नै यही हो, थप मेहनत सहित आगामी नतिजा उत्कृष्ट बनाउँछौ’ प्रअ घर्तीमगरले बेनीअनलाइनलाई भन्नुभयो ।


विद्यालयको व्यवस्थित शैक्षिक कार्यक्रम, त्यसको प्रभावकारी कार्यान्वयन, अनुगमन र पृष्ठपोषण मार्फत शैक्षिक उत्कृष्टतालाई निरन्तरता हासिल गर्न सक्षम भएको प्रअ घर्तीमगरको भनाई छ । विद्यार्थीलाई पढ्न अझ अभिप्रेरित गर्ने उद्देश्यले एसइईमा सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थीलाई प्रोत्साहन समेत गरिने विब्यस अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

‘यसपटकको नतिजाबाट सन्तुष्ट छौ,‘सतप्रतिशत विद्यार्थीहरु ग्रेडबृद्धि नगरी सिधै भर्ना हुने गरी उत्र्तिणा भएका छन्’ विब्यस अध्यक्ष श्रेष्ठले भन्नुभयो । विद्यार्थीको उच्च शिक्षामा समेत सहज हुने गरी आधारभुत तहदेखि नै शिक्षकको मेहनत अनुसारको नतिजा एसइईमा देखिएको अध्यक्ष श्रेष्ठको भनाई छ । बेनी सामुदायिक विद्यालयले हरेक बर्ष औसत जिपिएको आधारमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।


विगतमा नेपाल सरकार शिक्षा मन्त्रालय अन्तरगतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको एक निर्वाचन क्षेत्र एक उत्कृष्ट विद्यालय छनौट कार्यक्रम अन्तरगत समेत बेनी सामुदायिक उत्कृष्ट घोषित भई प्रोत्साहन स्वरुप ५ लाख पुरस्कार समेत प्राप्त गरेको थियो । विद्यालयमा हालसम्म देशभरबाट १९३ जना प्रधानाध्यापकहरू र ६८८ वटा शैक्षिक अवलोकन भ्रमण टोलीले यस विद्यालयको असल अभ्यास आदानप्रदान तथा भ्रमण गरेका छन्। विद्यालयमा नयाँ पञ्चवर्षीय शैक्षिक कार्यक्रम लागू गरिएको छ ।

Leave a Comment