---Advertisement---

लिटल गार्डेनका दुई विद्यार्थीले ल्याए ४.० जिपिए ल्याए

On: May 12, 2026 9:30 AM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीबजारको गणेशटोलमा रहेको लिटल गार्डेन एकेडेमीले लगातार ४ जिपिएसहित उत्कृष्ट नतिजा निकालेको छ। माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८२ मा विद्यालयकी सुप्रभा जिसी र प्रशान्त सुबेदीले उच्चतम ४.० जिपिए ल्याउन सफल भएको विद्यालयका प्रिन्सिपल दिपक सुबेदीले बताउनुभयो ।

‘नतिजाबाट सन्तुष्ट छौ, हरेक बर्ष उच्चतम जिपिएसहित विद्यार्थीको नतिजा दिन सफल भएका छौ’ सुबेदीले बेनीअनलाइनलाई भन्नुभयो । विगतमा बर्षमा समेत लिटल गार्डेनले उत्कृष्ट नतिजा सहित साविकको धौलागिरी समेत टप गरेको थियो । यसबर्ष ३२ जना विद्यार्थी सहभागि भएको विद्यालयमा ३.६१–४ जिपिएसम्म २६ जना र ३.२५–३.६ जिपिएसम्म ६ जना विद्यार्थी उत्र्तिणा भएको प्रिन्सिपल सुबेदीले जानकारी दिनुभयो ।

Leave a Comment