---Advertisement---

सिटिजन्स बैंक बेनीले बहिरा श्रोत कक्षालाई सहयोग

On: May 14, 2026 9:24 AM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनी न्यूरोडमा अवस्थित सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बेनी शाखाले बेनी नगरपालिका–४, मा रहेको धौलागिरी माविलाई ३० हजार बराबरको सहयोग गरेको छ । वित्तिय संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा रहेको बहिरा श्रोत कक्षामा अध्ययनरत विद्यार्थीलाई स्टेशनरी, खेलकुद तथा आवाशीय सामग्री प्रदान गरेको हो।


विद्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रतिनिधि अपरेशन इन्र्चाज दिपक न्यौपाने, कर्जा प्रमुख आनन्द पौडेलले विब्यस अध्यक्ष अणबहादुर भण्डारी, प्रअ भुबन रेग्मीलाई साम्रागी हस्तान्तरण गर्नुभएको थियो । सोही अवसरमा कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।


बैंकले वित्तिय कारोबारसँगै वित्तिय साक्षरता, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्ने गरेको प्रबन्धक रेशम आचार्यले बताउनुभयो । बैंकले हरेक बर्ष वार्षिकोत्सको अवसरमा विभिन्न सहयोग गर्ने गरेकोमा यसबर्ष १९ औं वार्षिकोत्सको अवसरमा मंगला गाउँपालिका–२ कोत्रबाङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन समेत गरेको थियो ।

Leave a Comment