---Advertisement---

नवप्रवर्तन मन्त्रालय गठनपछि महावीर पुन उत्साहित, सरकारको दीर्घायुको कामना

On: May 14, 2026 10:28 AM
Follow Us:

पूर्वमन्त्री तथा स्वतन्त्र सांसद महावीर पुनले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारसँग सन्तुष्टि व्यक्त गरेका छन्। सरकारले हालै मन्त्रालयहरूको पुनर्संरचना गर्दै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना गरेपछि आफू निकै खुसी भएको उनले बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पुनले लामो समयदेखि उठाउँदै आएको माग पूरा भएको उल्लेख गरेका छन्। उनले केही दिनअघि संसदमा राखेको माग र त्यसअघि प्रधानमन्त्रीलाई बुझाएको लिखित प्रस्तावको समेत स्मरण गर्दै सरकारप्रति आभार व्यक्त गरेका छन्।

पुनले नवगठित मन्त्रालयलाई दक्ष र प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि देशभक्त वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्राविधिक विज्ञहरूलाई छलफलका लागि अघि आउन आग्रह गरेका छन्। उनले सरकारलाई धन्यवाद दिँदै यसको दीर्घायुको कामनासमेत गरेका छन्।

यसैबीच, उनले आवेगमा नेताहरूप्रति व्यक्त गरेका आलोचनात्मक टिप्पणी र “श्राप” समेत फिर्ता लिएको घोषणा गरेका छन्। नवप्रवर्तन र वैज्ञानिक अनुसन्धानलाई राज्यको प्राथमिकतामा राखिएकोमा आफू उत्साहित भएको पुनको भनाइ छ।

Leave a Comment