बागलुङको बिडगाड गाउँपालिका– ५ खाराबजारका भोजराज घिमिरेको घरमा जंगलमा पाइने फल (जंगली भ्याकुर) खाँदा एक जनाको मृत्यु भएको छ भने आठ जना बिरामी भएका छन् ।
भ्याकुर फल सेवन गरिसकेपछि चक्कर लाग्ने, हातखुट्टा लुलो हुने, वान्ता हुने गरेपछि बडिगाड गाउँपालिका – ५ निवासी ७२ वर्षीया फिरक कुमारी घिमिरेको मृत्यु भएको छ ।
यस्तै बडिगाड गाउँपालिका–५ का दुरपती कामी, बिष्णु घिमिरे, सारदा न्यौपाने, अबिसन घिमिरे, भोजराज घिमिरे, सुरेन्द्र बि.क., पुतली घिमिरे र खिमानन्द घिमिरे बिरामी हुनुभएको छ ।
बिरामीलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी चिरन्जीवि अधिकारीले जानकारी दिनुभयो ।













