---Advertisement---

नक्कली पत्र देखाएर कोरला नाकाबाट तस्करी

On: May 19, 2026 8:41 PM
Follow Us:

गत जेठ १ गते शुक्रबार राति अन्दाजी ११ बजे नेपाल–चीन जोड्ने लिजी–नेचुङ ९कोरला० नाका हुँदै नक्कली प्रज्ञापनपत्र देखाएर लुकाइछिपाइ लैजान खोजिएको १ लाख १८ थान अवैध ‘भेप’ ९विद्युतीय चुरोट० बोकेको दुई कन्टेनरसहित चालक र सहयोगीलाई भन्सार कार्यालयका कर्मचारीले नियन्त्रणमा लिएका छन् ।

उपल्लो मुस्ताङबासीको प्रमुख ‘तिजी’ पर्वको मौका छोपी भन्सार कार्यालय अगाडिबाटै गुडाएर लगिएको ‘भेप’ लाई कार्यालय प्रमुख विदुर चुडालको नेतृत्वमा गएको टोलीले लोमन्थाङ गाउँपालिका –२, एक्लेभट्टीबाट ना ६ ख ४७४३ का चालक धादिङ घर भएका सन्तोष लामा, ना ५ ख ७९२१ कन्टेनरका चालक नुवाकोटका फुन्चु दोर्जे तामाङ र सहयोगी पासाङ शेर्पालाई ठुलो परिमाणको विद्युतीय चुरोटसहित महँगो जुत्ता ५ हजार ३७ थान, मोजासहित कपडा बरामद गरिएको छ ।

सोही अवैध विद्युतीय चुरोटको ढुवानीमा संलग्न भएको आशंकामा तल्लो मुस्ताङको थासाङ गाउँपालिकाको लेतेबाट स्कर्पियोमा सवार रविन्द्र दर्नाल र चालक दिपेश गडाललाई प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको भन्सार कार्यालय प्रमुख चुडालले बताउनुभयो ।

भन्सार कार्यालयबाट विद्युतीय चुरोटसहित कन्टेनरका चालक र सहयोगीलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । वि।स २०८० कात्तिक २७ देखि औपचारिक उदघाटन भएको नाकाबाट हालसम्मकै सबैभन्दा धेरै विद्युतीय चुरोटसहित चालक र सहयोगी पक्राउ गरिएको कार्यालय प्रमुख चुडालको भनाइ छ ।

भन्सार कार्यालय प्रमुख चुडाल भन्नुहुन्छ, ‘‘नक्कली प्रज्ञापनपत्र बनाएर तस्करीको प्रयास भएको छ, अनुसन्धानबाट थप रहस्य खुल्ने छ ।’’ कोरला नाकाबाट १४ किलोमिटर तल रहेको भन्सार कार्यालयमा ’बोर्डर आउट पोष्ट’ ९बिओपी० र नेपाल प्रहरीको इलाका कार्यालय अगाडिबाटै लोमन्थाङनजिक पुगेको कन्टेनरले आशंका उब्जाएको छ ।

सुरक्षा निकायले प्रज्ञापनपत्र सक्कली र नक्कली पहिचान गर्न नसकेको, भन्सारका कर्मचारी कार्यालयमा नरहेको सूचना तस्करीमा संलग्नसम्म पुग्नु र तिजी पर्वकै मौका छोपी तस्करीको सेटिङ गरिएको देखिन्छ । हालसम्म जिल्ला प्रहरी कार्यालय मुस्ताङमा थुनामा राखेका चालकसहित ५ जनाबाट भेपका मालिकको परिचय खुल्न सकेको छैन ।

कोरला नाकाबाट चिनियाँ, नेपाली र भारतीय तस्करीको संलग्नताको पहिचानका लागि विगतको तुलनामा यस पटक गहिराइमा गए पहिचान गर्न सकिने आधार देखिन्छ । कोरला नाकाबाट पुस महिनाको २८ गते कोरला नाकाकै दशगजा क्षेत्रमा घरायसी प्रयोजनमा प्रयोग हुने सामग्रीले छोपेर राखिएको अवस्थामा १६ हजार थान विद्युतीय चुरोट भेप बरामद भएको थियो ।

विशेष सुराकीको आधारमा मुस्ताङ भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नेचुङबाट खटिएको टोलीले ना ६ ख ७५९१ नम्बरको कन्टेनरमा लोड गरिएको ८० कार्टुन इलेक्ट्रिक चुरोटसहित सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका –५ का पेमा लामालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको भए पनि तस्करीमा संलग्न ब्यापारीको पहिचान खुलेको छैन ।

बि।स २०८१ साल पुस महिनामा समेत मुस्ताङबाट १९ हजार थान भेप बरामद गरिए पनि पक्राउ परेकाले आफू भरिया मात्र भएको दाबी गरेकाले मुख्य कारोबारीेसम्म अनुसन्धान नपुगी टुङ्गिएको थियो । कन्टेनरसहित चालकले घरायसी र लत्ताकपडा, विद्युतीय घरायसी सामानको ढुवानी भनेर आएको बयान दिने गरेका छन् । प्रहरीको अनुसन्धानमा बितेको ३ वर्षदेखि कोरला नाकाबाट मौलाउन थालेको विद्युतीय चुरोट तस्करीमा ‘भरिया’ मात्रै फेला परेको देखिन्छ ।

अहिलेसम्म करोडौंको भेपसहितका सामान तस्करीको मूख्य कारोबारीलाई भन्सार कार्यालय र प्रहरीले भेटाउन सकेको छैन । भरिया मात्रै समाउने गरिएकाले पछिल्लो समय चिनसँग सिमाना जोडिएको कोरला, तातोपानी र रसुवा भन्सार कार्यालयबाट सहयोगी र चालक मात्रै नियन्त्रणमा आउने गरेका छन् । ढुवानीसहित आकर्षक पारिश्रमिकको लोभले नेपाली चालक विद्युतीय चुरोट कारोबारीको फन्दामा पर्ने गरेको देखिन्छ ।

तिब्वतबाट अवैध रुपमा भित्रिने भेपको बजार नेपालभन्दा भारतमा रहेको प्रारम्भिक अनुमान गरिए पनि कारोबारीको कनेक्सनसम्म नेपालको अनुसन्धान पुग्नै नसक्दा नाकाको बदनाम हुने गरेको छ । कोरला नाकाबाट चिनियाँ भन्सार कार्यालयमा मुस्ताङ जिल्लाको नागरिकता र परिचयपत्र भएका बाहेक अन्य जिल्लाका चालकहरू प्रवेश गर्न पाउँदैनन् ।

चिनियाँ भन्सारबाट कोरला नाकासम्म ल्याउने र त्यहाँबाट नेपाली चालकले ढुवानी गर्ने गरिन्छ । एकसय ८६ किलोमिटर दूरीको कोरला सडकबाट छिमेकी जिल्ला म्याग्दी हुँदै राष्ट्रि«य राजमार्गमा जोडिन्छ । भारत र चीन जोड्ने सबैभन्दा छोटो ९४३५ किलोमिटर० दूरी रहेको छ ।

समुन्द्री सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरला सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतको खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएकोमा वि।स २०८० कात्तिक २७ देखि औपचारिक उदघाटन भएको नाका चालु आर्थिक बर्ष २०८२–८३ भदौ महिनाको ३० गतेदेखि ब्यावसायिक रुपमा सञ्चालनमा आएको थियो । कोरला नाकाबाट अवैध तस्कारी रोक्न सिमा सुरक्षा बैठकसहित अन्तरदेश सुरक्षा बैठकमा थप छलफल गर्ने योजना रहेको छ ।


गोरखापत्र अनलाइन

Leave a Comment