---Advertisement---

सिंगा तातोपानीको सुविधासम्पन्न प्रहरीको भवन उद्घाटन

On: May 21, 2026 11:58 AM
Follow Us:


केही अघिसम्म चुहिएको छानोमुनि बसिरहेको सिंगा तातोपानी प्रहरी चौकीका प्रहरी कर्मचारीहरु अब पक्की भवनमा बस्न पाउने भएका छन् । म्याग्दीको बेनी नगरपालिका–४ राक्सेमा तीन करोड ५० लाखभन्दा बढीको लागतमा सिङ्गा तातोपानी प्रहरी चौकीको भवनको उद्घाटन भएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले भवन निर्माणका लागि २०८१ साल असारमा तीन करोड ५१ लाख ७२९ मा निर्माण भएको भवनको बिहिबार गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले उद्घाटन गरेका छन्।


गण्डकी प्रदेश सरकारको सहयोगमा भूकम्पप्रतिरोधी क्षमताको दुईतले भवनको उद्घाटन समारोहमा बेनी नगरपालिकका मेयर सुरत केसी, मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, जिल्ला न्यायाधिश सुर्यबहादुर थापा, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा लगायतको उपस्थिती रहेको थियो ।

भवनमा कार्य प्रशासन शाखा, महिला, पुरुष थुनुवा कक्ष, सञ्चार कक्ष, भान्सा, ब्यारेक, शयनकक्षहरू छन् । स्थापनाकालदेखिनै सिङगा तातोपानी प्रहरी चौकी भाडाको भवनबाट सञ्चालन हुँदै आएकोमा अव आफ्नै भवन भएपछि नागरिकहरूलाई सेवा प्रवाह गराउन र कार्यालय सञ्चालन गर्न सहज हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए ।


भवन निर्माणका लागि सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले करिब १५ वर्षअघि राक्सेमा दुई रोपनी जग्गा खरिद गरेर प्रहरीलाई उपलब्ध गराएका थिए ।सिङ्गा तातोपानी कुण्ड स्नानका लागि आएका बिरामीले तिर्ने प्रवेश शुल्कबाट सङ्कलन भएको रकमबाट जग्गा खरिद गरेर प्रहरीलाई उपलब्ध गराएका हुन् ।

Leave a Comment