बेनी–जोमसोम सडकखण्ड अन्तरगतअन्नपुर्ण गापा–३ तितरमा स्कार्पियोको ओरालोमा अचानक सडकको छेउमा रहेको डिभाईडरमा ठोकिएर दुर्घटना हुदाँ पाँच जना घाइते भएका छन् । अचानक बे्रक फेल भएपछि दुर्घटना भएको स्कार्पियोमा सवार चालकसहित ८ जनामध्ये पाँच जना घाईतेलाई उपचारका लागि प्रदेश अस्पताल बेनीमा ल्याइएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बेनीअनलाइनलाई बताउनुभयो ।
घाईते हुनेमा काठमाण्डौ बानेश्वरकी ४१ ब्र्षिय रन्जु श्रेष्ठ,कास्की पोखरा मनपा–७ जिरोकी ४६ बर्षिय बिन्दु बराल,केशव प्रसाद बराल,।देवेन्द्र बराल,ताप्लेजुङ श्रीजंग गापा. २ की तारा कुवँर र चालक काभ्रे फुलबारी नपा २ घर भई हाल पोखरा १० अमरसिंङ चोक बस्ने बर्ष नहकुल प्रसाद पुरासैनी रहेका छन् । घाईतेको शरीरमा चोट लागेको छ । घाईतेको अवस्था सामान्य र मध्यम रहेको प्रहरीले जनाएको छ । चालक पुरासैनी प्रहरी नियन्त्रणमा रहेका छन् ।













