---Advertisement---

मोनाले भन्यो,‘प्रवासी म्याग्देलीको भावना गम्भीर चोट पुगेको छ’

On: June 8, 2026 9:02 PM
Follow Us:

गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले म्याग्दी प्रवासी नेपाली संघ (मोना) माथि लगाइएको आरोपलाई मोनाले पूर्वाग्रही र भ्रामक टिप्पणी भएको जनाएको छ । सोमबार अध्यक्ष मिम पूर्जा र महासचिव सुवास राम्जालीद्धारा जारी विज्ञप्तीमा बेनीमा जेठ २३ शनिबार आयोजित म्याग्दी उद्योग वाणिज्य संघको ३२औँ साधारणसभामामोनाको गरिमामाथि आँच आउने गरी दिनुभएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।

मोनाले विज्ञप्तीमार्फत एक जिम्मेवार सार्वजनिक पदमा बसेको व्यक्तिबाट संस्थाको इतिहास, म्याग्दीको विकासमा यसले पु¥याएको योगदान र सामाजिक कार्यको गम्भीरता नबुझी लगाइएका यस्ता लाञ्छनालाई प्रतिवाद गर्ने उल्लेख छ । मोना कुनै राजनीतिक स्वार्थ बोकेको नभई विश्वभर छरिएका म्याग्देलीहरूको साझा चौतारी भएको विज्ञप्तीमा उल्लेख छ ।

मोनाले म्याग्दीमा विपद् पर्दा राज्यसंयन्त्र पुग्नुअघि नै मोनाले राहत र उद्धार कार्यमा पु¥याएको योगदानका साक्षी स्वयं म्याग्देली जनता र यहाँको भूगोल रहेकोे तथा ४० वटा सुविधासम्पन्न घर निर्माण, बेनी–लभ्ली हिल पदमार्ग जस्ता पूर्वाधार निर्माण, स्वास्थ्योपचारमा लाखौँको आर्थिक सहयोग, र कोभिड–१९ को महामारीका बेला अक्सिजन कन्सन्ट्रेटरदेखि चार्टर फ्लाइटमार्फत गरिएको उद्धार कार्यले संस्थाको पवित्रता र उपादेयता पुष्टि गरेको भन्दै संस्थामाथि लगाइएको राजनीतिक पूर्वाग्रहपूर्ण आरोप आधारहीन र निन्दनीय रहेको जनाएको छ ।

मोनाले सबैको विचारलाई सम्मान गर्ने बताउँदै मोनाको जग जापान, अमेरिका वा युरोपमा बस्नेहरू मात्र होइनन्, यसको असली शक्ति मध्यपूर्व र एसियाका विभिन्न देशमा पसिना बगाउने लाखौँश्रमजीवी म्याग्देलीहरू भएकाले प्रवासमा रहेका लाखौँ म्याग्देलीको भावना जोडिएको संस्थामाथि राजनीतिक हिलो छ्याप्ने काम संघलाई अस्वीकार्य हुने जनाएको छ ।


म्याग्दीको विकास र मानवीय सेवामा राज्य र संस्था हातेमालो गरेर अघि बढ्नुपर्ने बेलामा संस्थालाई बदनाम गर्ने कार्यको खण्डन गदैं आगामी दिनमा तथ्यहीन र भ्रामक अभिव्यक्तिहरू नदोहो¥याउन र सार्वजनिक जीवनको गरिमा कायम राख्न सम्बन्धित सबैमा अपिल गरिएको उल्लेख छ ।

सोमबार नै सांसद जुग्जालीले इमान्दार सदस्य तथा प्रवासी म्याग्देलीहरूलाई तरंगित, बिचलित वा निरुत्साहित नहुन आग्रह गदैै विज्ञप्ती जारी गर्नुभएको थियो । मोनाका बारेमा सांसद जुग्जालीको भनाईपछि सामाजिक सञ्जालमा बहस तातेको छ ।

Leave a Comment