म्याग्दीको बेनी नगरपालिका–२, खानदुलामा गाई काटेर खाएको आरोपमा एक यूवा पक्राउ परेका छन् । घरमा पालेको गाई काट्ने प्रयोग भएको हातहतियार,सुकुटीसहित ३० बर्षिय राजेन्द्र बोहरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
अभियुक्त विकले बुधबार आफ्नो गोठको गाई काटेको सूचनाको आधारमा पशु चिकित्सक सहितको प्रहरी टोलीले घरकोठा भित्र लुकाईछिपाई राखेको अवस्थामा गाईको मासुको सुकुटी, टाउकोको टुक्रा, पुच्छर, मासु काट्न प्रयोग गरेको हातहतियार र सोही घर नजिक बारीमा माटोले पुरिएको अवस्थामा गाईको छालाको भाग समेत फेला पारेको प्रहरी निरीक्षक भुपेन्द्र गोतामेले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।
‘घटनाको अनुसन्धान भइरहेको छ, घरायसी वा बिक्रीका लागि भन्ने खुलेको छैन’ प्रहरी निरीक्षक गोतामेले भन्नुभयो ।उहाँका अनुसार म्याग्दी जिल्ला अदालतबाट पशुपंक्षी सम्बन्धी कसूरमा दिन पाँच (५) को म्याद थप गरी अनुसन्धान भइहरेको छ । गाई÷गोरुको सुकुटी बनाएर बेच्ने गरेको हुनसक्ने आंशंका गरिएको छ ।












