---Advertisement---

रघुगंगा गाउँपालिकाले ल्यायो ५६ करोडको बजेट

On: June 18, 2026 6:41 PM
Follow Us:

म्याग्दीको रघुगङ्गा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि म्याग्दीका स्थानीय तहमा पहिलो नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । बिहीबार गाउँपालिका केन्द्र मौवाफाँटमा सम्पन्न २१ औं गाउँ सभाले ५६ करोड ४ लाख २० हजार सात सय रुपैयाँ बराबरको बजेट सार्वजनिक सँगै पारित गरेको हो ।


गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएसँगै उपाध्यक्ष प्रेमकुमारी पुनले आगामी आर्थिक वर्षका लागि उक्त बजेट गाउँ सभामा प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष पुनले प्रस्तुत गर्नुभएको बजेटमा सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९ करोड ३१ लाख, सर्शत अनुदान तर्फ २२ करोड ७४ लाख, विशेष अनुदान एक करोड ५० लाख, समपुरक अनुदानतर्फ ७० लाख गरी जम्मा ३४ करोड ३५ लाख रुपियाँ सङ्घीय अन्तरसरकारी हस्तान्तरण अन्तर्गत बजेट प्राप्त हुने अनुमान गरिएको छ ।

रघुगंगाको आव २०८३÷०८४ को बजेटको पूर्णपाठ


यसैगरी गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान तर्फ एक करोड एक लाख ७ हजार, समपुरक अनुदान तर्फ ६० लाख, विशेष अनुदानतर्फ ३९ लाख ९८ हजार गरी दुई करोड एक लाख ५ हजार रुपैयाँ प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणको बजेट प्राप्त हुने अनुमान गरिएको छ । यस्तै सङ्घीय सरकारको राजश्व बाँडफाँड तर्फ १० करोड ६२ लाख ७७ हजार, प्रदेश राजश्व फाँडफाँडबाट एक करोड ५ लाख ३३ हजार, आगामी आर्थिक वर्षका लागि आन्तरिक राजश्व तर्फ एक करोड ५ लाख रुपैयाँ अनुमान गरिएको छ ।


यसैगरी चालु आर्थिक वर्षमा खर्च नभई बाँकी रहने ७ करोड ७६ लाख गरी आन्तरिक आय तर्फ ८ करोड ८१ लाख रुपैयाँ बजेटमा अनुमान गरिएको छ । शिक्षा, स्वास्थ्य, कृषि र ग्रामिण सडकलाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याइएको छ । यसपटक समुदायमा उत्पादन, कृषि र प्रोत्साहनका कार्यक्रमलाई निरन्तरतासँगै थप गरिएको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बताउनुभयो । रघुगंगा गाउँपालिकाले देशभर नीति तथा कार्यक्रम सार्वजनिकसँगै पारित गर्ने पहिलो भएको पौडेलको भनाई छ ।

Leave a Comment