---Advertisement---

सम्पर्कविहीन भएका श्रीमानको खोजी गर्न गलेश्वरधाम आमा समुहको आर्थिक सहयोग

On: June 22, 2026 8:43 PM
Follow Us:

सामाजिक सेवामा सक्रिय गलेश्वरधाम आमा समूहले वैदेशिक रोजागरीका विदेश गएर सम्र्पक विहिन भएका बेनी नगरपालिका–९ काउलेगौंडाका बिस्ने सार्की (मने सार्की) को खोजी कार्यका लागि परिवारलाई आर्थिक सहयोग गरेको छ । सम्पर्कविहीन भएका सार्कीको खोजीमा केही भएपनि राहत मिलोस भनेर श्रीमती सरिता मिजारलाई २७ हजार १६० रुपैयाँ आर्थिक सहयोग गरेको समुहकी सचिव निशा महतले जानकारी दिनुभयो ।

आमा समूहले विगतदेखि नै दुःखी, गरिब, असहाय तथा आर्थिक अभावमा रहेका व्यक्तिहरूलाई सहयोग गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अध्यक्ष फुलमायाले बताउनुभयो । गलेश्वरमा बस्दै आएका सार्की परिवारका सार्की वैदेशिक रोजगारीका सिलसिलामा सर्बिया हुँदै अस्ट्रिया जाने क्रममा लामो समयदेखि परिवारको सम्पर्कमा नरहेपछि सरिताले सहयोगको याचना गर्दै गलेश्वरधाम आमा समूहलाई अनुरोध गरेकी थिइन् ।

सो अनुरोधपछि आमा समूहले गलेश्वर क्षेत्रका स्थानीय बासिन्दाबाट आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरेको समुहले जनाएको छ । श्रीमानको खोजीका लागि काठमाडौँमा पुगेर परराष्ट्र मन्त्रालयमा गएर खोजीका लागि अनुरोध गर्नका लागि आर्थिक अभाव भएकाले सहयोगको अपिल गरेको मिजारले बताउनुभयो । ‘अहिले सम्म श्रीमानको केही अस्तोपत्तो छैन केही भएपनि जानकारी पाउँने आशाले राजधानी जादै छु ।’ उहाँले भन्नुभयो । आर्थिक अभावले एक छोरा र छोरीको पढाईदेखि खानपानका लागि समेत समस्या भएको उहाँले बताउनुभयो ।

Leave a Comment