---Advertisement---

साउथ वेस्ट नेपाली समाज यूकेको अध्यक्षमा किसान जिसी

On: June 22, 2026 8:13 PM
Follow Us:

म्याग्दी बेनी नगरपालिका–६, किसान जिसी यूकेको साउथ वेस्टमा बसोबास गर्ने नेपालीको साझा संस्था साउथ वेस्ट नेपाली समाज यूकेको तेस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको छ । मोना अन्तराष्ट्रियका उपाध्यक्ष जिसीलाई पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मतले निर्वाचित गरिएको हो । समाजको वरिष्ठ उपाध्यक्ष लोकेन्द्र खड्का, उपाध्यक्ष गङ्गा सापकोटा,उपाध्यक्ष राजन घले,उपाध्यक्ष मुक्ति खरेल,महिला उपाध्यक्ष प्रतिमा ओली,महासचिव डेभिड बानियाँ,सचिव नमस्ते केसी,कोषाध्यक्ष शम्भु पाण्डे,सहकोषाध्यक्ष उज्ज्वल कँडेल,युवा संयोजक कमल भण्डारी महिला संयोजक उषा घिरी रहनुभएको छ ।


कार्यसमितिको सदस्यहरुमा पी.के. क्षेत्री,राज डल्लाकोटी,देवेन्द्र बस्नेत, कृष्ण रामाजी,रोमन घले तथा सन्तोष ढकाल रहनुभएको छ । त्यसैगरी वरिष्ठ सल्लाहकार किशोर जीसी,सल्लाहकारहरू हरी काराखेति,माधव हुमागाई,धिरेन्द्र श्रेष्ठ, श्रीराम खरेल, कृष्ण गैरे गणेश ओझा रहनुभएको छ ।

समाजको संरक्षक हेम सेढाई र दीपक गिरी रहनुभएको छ । नवनिर्वाचित अध्यक्ष जिसी प्रवासमा रहेका म्याग्देली आवद्ध संघसंस्थाका साथै विभिन्न नेपाली संस्थामा समेत आवद्ध हुनुहुन्छ । साउथ वेस्ट नेपाली समाज यूकेले मानवीय सेवासहित विभिन्न क्षेत्रमा सहयोग गर्ने गरेको छ ।

Leave a Comment