---Advertisement---

प्रथम तिलिचो ताल भक्ति यात्रा सकियो

On: June 22, 2026 9:43 AM
Follow Us:

नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको मनाङ जिल्ला नेस्याङ गाउँपालिका –९ मा अवस्थित तिलिचो तालमा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यले आयोजित तिलिचो ताल भक्तियात्रामा एक सयभन्दा बढीको धार्मिक भक्तजनको सहभागितामा समापन भएको छ । 

स्वामी ऋषि प्रपन्नाचार्यको सङ्कल्पमा विश्वभर रहेका हिन्दु धर्मावलम्बीहरू एक पटक पुग्नै पर्ने गन्तब्य बनाउन पहिलो पटक आयोजित यात्रामा ५० जना पण्डितको मात्रै सहभातिा रहेको थियो । 

शुक्रबार म्याग्दीको धार्मिकस्थल गलेश्वरधामबाट सुरू भएको यात्रा मुस्ताङको घरपझोङ गाउँपालिकाले स्वागतसँगै शनिबार विहानै तिलिचो तालमा पुगेर धार्मिक पूजाआजा गरी यात्राको विधिवत रूपमा आइतबार समापन गरिएको स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभो । 

तिलिचो तालको धार्मिक विश्वासअनुसार परापूर्वकालमा भगवान् शिवले त्यहाँ तपस्या गर्नुभएको थियो । कागबेसिनी (कागभुशुण्डि) ऋषिले ज्ञान प्राप्त गर्नुभएको किंवदन्ती छ । 

Leave a Comment