कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । कक्षा १२ को नतिजा प्रकाशन र मूल्यांकन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्यांकन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरूले बिहीबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साहलगायत विद्यार्थीले गरेका थिए ।
प्रदर्शनमा सहभागीहरूले १२ वर्षको मिहिनेत खेर भएको जिम्मेवार को हो भन्दै जवाफ दिन माग गरेका छन् ।














