---Advertisement---

बेनीमा म्याद गुज्रेका सामान छ्यापछ्याप्ती

On: July 6, 2026 9:47 PM
Follow Us:

जिल्ला प्रशासन कार्यालय म्याग्दीले सदरमुकाम बेनीबजार तथा आसपासका क्षेत्रमा अनुगमन तिब्र पारेको छ । बजार अनुगमनको क्रममा उपभोग्य अवधी समाप्त भएको खाद्य सामग्री तथा म्याद गुज्रेका सामान बिक्री गरेको ,मुल्यसुची नराखेर संचालन गरेको र नवीकरण नगरेको पाइएको छ । बेनीबजार तथा गलेश्वर क्षेत्रमा गरिएको अनुगमनमा सेवाग्राहीको गुनासो अनुसार जरिवाना समेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।


अनुगमनको क्रममा औषधि पसल, मदिरा बिक्री वितरण गर्ने पसललाई सचेत बनाएको छ । अनुगमनमा भेटिएका कमी, कमजोरीलाई तत्कालै सुधार गर्न उद्योगी, व्यवसायीलाई निर्देशन दिइएको सहायक प्रजिअ आचार्यको भनाई छ । अनुगमनमा बरामद गरिएको खाद्य तथा पेय पदार्थ जफत गरी नष्ट गरिएको छ । बजारमा मुल्यभन्दा बढीमा सामान बिक्री गर्ने पसललाई निगरानीमा राखिएको छ ।

Leave a Comment