रोजगारीका लागि केही वर्षअघि कुवेत पुगेका रुद्धबहादुर लामगारे काठको बाकसमा फर्किए । परिवारको खुसीका लागि साउदी अरब गएका जिवन सिर्पाली र यूएईमा नरमायाँ बिक अस्ताए । यूरोपको माल्टामा सडक दुर्घटनामा खिमबहादुर पुनले ज्यान गयो ।
आर्थिक वर्ष २०८३÷८४ मा अनेक सपना बोकेर रोजगारीको सिलसिलामा विदेशी भूमिमा ज्यान गुमाएका ४ म्याग्देली बाकसमा फर्किएका छन् । मृतकले आर्थिक सहायता बापत ५३ लाख ९१ हजार ९८० रुपैयाँ प्राप्त गरेका छन् । गत आव ०८२÷८३ मा ८ जना म्याग्देलीको शब ल्याइएको थियो ।०८०–८१ मा ८ जना म्याग्देलीले ज्यान गुमाएका थिए । खाडीमुलुकमा भवनबाहिरको काम गर्दा गर्मी र धुलोका कारण बिरामी तथा मृत्यु हुने पाइएको छ ।
वैदेशिक रोजगारीका क्रममा बिरामी तथा अंगभंग र मृत्यु भएका व्यक्तिलाई आर्थिक सहायता प्रदान गर्न श्रम स्वीकृत गरेको हुनुपर्ने, श्रम स्वीकृतिको नविकरण गरेसँगै बिरामी र मृत्यु भएकालाई स्वदेश पठाउन र क्षर्तीपुर्तीका लागि सहज हुने केन्द्रकी प्रमुख प्रमिला पौडेलले बताइन् । ‘गैरकानुनी रुपमा बसेकारूको शब पठाउन आर्थिक संकलन गर्नुपर्ने बाध्यता छ, जहाँ भएपनि श्रम स्वीकृति नविरकण गर्नुहोला’ केन्द्र प्रमुख पौडेलले भनिन् ।

उनका अनुसार केन्द्रले सूचना र परामर्श बेनी नगरपालिकामा १ हजार १ सय ६० जना, अन्नपूर्ण गाउँपालिका ५ सय ६३ जना, रघुगंगा गापा ८ सय ५ जना, मालिका गापा७ सय ४७ जना, मंगला गापा ७ सय १० जना,र धवलागिरी गापामा ६ सय २८ जना गरी ४ हजार ६ सय २५ जनालाई परार्मश दिइएको छ ।म्याग्दी बाहेक अन्य जिल्लाबाट समेत सेवा लिने गरेको पौडेलको भनाई छ । त्यसैगरी बैदेशिक रोजगारीको बाहनामा ठगी गर्नेमा १६ जना पुरुष र ३ महिलाको निवेदन परेकोमा ६ जना पुरुष र १ महिलाको समस्या समाधान भएको छ ।उक्त निवेदनको आधारमा पुरुष ४ लाख र महिला तर्फ ६ लाख १० हजार आर्थिक सहायता प्राप्त समेत गरेको केन्द्रले जनाएको छ ।

बैदेशिक रोजगारीमा अलपत्र परेका ७ पुरुष र २ महिलाको निवेदनम परेकोमा ६ जना पुरुष र २ जना महिलाको उद्धार भएको छ । अनियमित काम गरेबापत केन्द्रमा ७ जना पुरुषको निवेदनमा ४ जनाको समस्या समाधान गरी ५१ द्याख ४१ ह्जार ६६० रुपैयाँ आर्थिक सहायता मिलेको जनाइएको छ । ४९ उजुरी दर्ता भएकोमा २७ समाधान गरी सेवाग्राहीले १ करोड १७ लाख ९७ हजार २४० रुपैयाँ आर्थिक क्षतिपूर्ति प्राप्त गर्न सफल भएका छन्।
केन्द्रले मनोसामाजिक परामर्श सेवामार्फत ८ महिला र ५ पुरुषलाई सेवा दिएकोमा ५ जनाको अवस्था सामान्यीकरण भएको बेनी नगरपालिकाकी मनोपरामर्शदाता दया सुबेदीले बताइन् । म्याग्दीमा केन्द्रको स्थापना भएपछि पीडिले राहत पाउने तथा विदेशमै रोकिएका शब फिर्ता ल्याउने, घाईते अवस्थामा उद्धार गरिएकालाई उपचारसहित क्षर्तीपूर्तिमा निकै सहज भएको छ ।
मोना अन्तराष्ट्रियका महासचिव सुवास राम्जालीले खाडीमुलुकमा ज्यान गुमाउने म्याग्देलीले संख्या बढ्दो अवस्थामा रहेकाले चिन्तित रहेको बताए । दिनभर बाहिर गर्मीमा काम गरेर कोठामा आउनासाथ एयर कन्डिसनर खोलेर सुत्ने, मादक पदार्थका रुपमा विभिन्न केमिकल मिसाएर खाने, एकैपटक धेरै रक्सी सेवन गर्ने लगायतका कारण पनि हृदयाघात हुने गरेको मेडिकल रिर्पोटले समेत देखाउने गरेको बताए । यूरोप र खाडीमुलुकमा ज्यान गुमाएका म्याग्देलीले त्यहाँको ट्राफिक नियम जान्न र पालना गर्न चासो नदिने आनीबानीले गर्दा पनि सडक दुर्घटनामा मृत्यु अंगाल्नुपरेको छ ।
विदेशमा जेलमा परेकाहरूको खोजीकार्यको क्रमममा अपराधको शिकार बन्ने गरेका छन् भने साथीहरूसँग व्यक्तिगत रिसइवीका हानथापमा हत्या भएकाले आत्महत्या, मृत्युदण्ड र कालगतिको मृत्यु भएकाहरूको विदेशमै समेत अन्तेष्टी गर्ने गरिएको छ ।गैरकानुनी बसेको अवस्थामा त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा लाग्ने खर्च सरकारी निकायले नबेहोर्ने,कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कार गर्ने गर्नुपर्ने बाध्यता रहेकाले मोनामार्फत सचेनामुलक अभियान विभिन्न कार्यक्रमहरु समेत गर्ने गरिएको छ ।
यो समाचार बेनी साप्ताहिक समाचारपत्रमा छ ।












