धवलागिरी गाउँपालिका–७ फेदिखोला क्षेत्रमा गुडिरहेको एउटा बोलेरोमा माथिबाट अर्का खस्दा ९ जना घाईते भएका छन् । ताकमबाट दरबाङतर्फ आउँदै गरेको बा ७ च ७७९५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकको घुम्तीबाट पल्टिएको थियो।
पल्टिएको जिप सोही समयमा विपरीत दिशाबाट आइरहेको ग ३ च ३३१४ नम्बरको यात्रुबाहक बोलेरो जिपमाथि खस्दा सवार १० जना यात्रुमा एक जनाको अवस्था गम्भीर रहेको छ भने ७ जना मध्यम अवस्थामा रहेका छन् भने एक सामान्य, एकजनलाई चोट नलगोको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले बेनीअनलाइनलाई बताउनुभयो ।

घाईते हुनेमा ताकमकी १७ बर्षिया .रबिना सिर्पाली,७४ बर्षिया सुनबिर रसाईली, ७८बर्षिया.ख्याउटी रसाईली,४० बर्षिया धना कुमारी सुनार ६३ बर्षिय दल बहादुर सुनार र २६ बर्षिया कलपना सुनार छन् । दुर्घटनामा रोल्पा खवाङ गा.पा.५ बस्ने बर्ष ५२ को भिमसेन पुनको हातमा समान्य चोट रहेको छ ।घाईतेको दरवाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भीक अनुसन्धानका क्रममा बे्रक नलागेर अनियन्त्रित भएर खसेको बताइएको छ ।

दुर्घटनाको जानकारी स्थानीयवासीबाट प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दरवाङबाट प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर उद्धार गरेका थिए । घटनास्थलबाट उद्धार गरिएकालाई दरबाङ आधारभुत अस्पतालमै उपचार भइरहेको छ । जटिल अवस्थामा एक घाईतको समेत अवस्थामा सुधारपछि थप उपचारका लागि रिफर गर्ने तयारी भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।












