कक्षा १२ को परीक्षामा जिल्लामै उत्कृष्ट भएकी न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय बेनीकी अप्सरा थापा छन्त्याललाई मोना कुवेतले नगदसहित सम्मान गरेको छ । बुधबार मोनको बेनी सचिवालयमा एक कार्यक्रम गरी मोना अन्तराष्ट्रि«यका महासचिव सुवास राम्जाली,मोना कतारका अध्यक्ष बाबुराम भण्डारी, मोना कुवेतकी सदस्य विहानी जुग्जालीले राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा ३.८६ जिपिए प्राप्त गरेकी मंगला गाउँपालिका वडा नं ३ बरंजाकी थापालाई नगद १० हजार, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

सम्मानित हुने विद्यार्थी थापाले शैक्षिक उपलब्धीसँगै प्राप्त सम्मानसहितको पुरस्कारलाई थप शैक्षिक गतिविधिमा खर्च गर्ने बताइन् । उनले स्नातक तहको पढाईका लागि म्याग्दी बहुमुखी क्याम्पस रोजेको बताउँदै पढाईमा ध्यान दिएर अभिभावकको सपना पूरा गर्ने बताइन् । मोना कुवेतले हरेक बर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन गर्ने उदेश्यले सम्मान गरेको मोना कुवेतका अध्यक्ष दिपक छन्त्यालको भनाई ।
विद्यार्थीको उज्ज्वल शैक्षिक भविष्यको शुभकामना दिँदै आगामी दिनमा पनि मोनामार्फत शैक्षिक क्षेत्रमा सहयोगलाई थप प्रभावकारी बनाउने मोना अन्तराष्ट्रि«यका महासचिव राम्जालीले बताउनुभयो ।कुवेतमा रहेका म्याग्देलीको साझा संस्था मोनाले त्यहाँ समस्यामा परेकाको उद्धारसहित जन्मभूमिमा समेत विभिन्न कार्यहरु गर्ने गरेको छ ।











