---Advertisement---

बहुमूल्य धातु भन्दै ढुंगा देखाएर ठगी गर्ने म्याग्दीका दुई सहित ६ जना पोखरामा पक्राउ

On: July 14, 2026 10:58 PM
Follow Us:

पोखराको कालिकाचोकमा बहुमूल्य वस्तु भन्दै सेतो ढुंगा देखाएर ठगी गर्ने म्याग्दीका दुई जना सहित ६ जनालाई प्रहरीले पक्रेको छ । सेतो टल्किने वस्तुलाई बहुमूल्य धातु भनी सर्वसाधारणलाई प्रलोभनमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनीहरूलाई सोमबार नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा म्याग्दी मालिका गाउँपालिका–४ घर भई हाल पोखरा २६ बस्ने ५१ वर्षका दिलबहादुर बुढा मगर, रघुगंगा गाउँपालिका–५, घर भई पोखरा २७ अर्चले बस्ने २९ वर्षका दीपक गोतामे,पर्वत फलेवास ५ घर भएका ३५ वर्षका राजन विक,२७ वर्षकी रोशनी विक र ६९ वर्षकी बाटुली भन्ने खगिसरा कामी रहेका छन् ।


त्यसैगरी कास्की पोखरा २१ घर भई पोखरा ५ मालेपाटन बस्ने ४५ वर्षका प्रेमचन्द्र विश्वकर्मालाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरू बस्ने डेरा र शरीर खानतलासी गर्दा विभिन्न वस्तु बरामद गरेको छ । जसमा सेतो टल्किने क्रिस्टलजस्तो देखिने १ थान वस्तु फेला परेको छ ।

यस्तै काठको फोल्डिङ बट्टा १ थान र ६ फिट ५ इन्च लामो केबलसहितको १ थान चार्जर पनि बरामद गरिएको छ । उनीहरूका साथबाट ६ थान मोबाइल फोन समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूले लामो समयदेखि सर्वसाधारणलाई ठगी गर्दै आएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।‘घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ,’ कास्कीका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले बताए । प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

Leave a Comment