---Advertisement---

एसीपीले भन्यो: ब्रड पिकमा ‘निम्स दाई’को शव फेला परेको जानकारी प्राप्त भयो

On: August 2, 2026 4:56 PM
Follow Us:

पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’ को शव ब्रड पिक हिमालको करिब ५,७०० मिटर उचाइमा फेला परेको पुष्टि गरेको छ। हिमपहिरोमा बेपत्ता भएको खबर आएको तीन दिनपछि उद्धार टोली घटनास्थलमा पुगेको हो।

एसीपीका अनुसार, निर्मल पुर्जाको शवसँगै अन्य तीनवटा शव पनि देखिएका छन्। ती शवहरूको पहिचान भने अझै आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेको जनाइएको छ। उद्धार टोलीले सबै शवलाई जापानी क्याम्पसम्म ल्याउने तयारी गरिरहेको छ।

यसअघि, आरोहण आयोजक कम्पनी एलिट एक्सपेडले पाकिस्तानी पर्वतारोही सोहेल साखीसहित उक्त आरोहण टोलीका सबै सदस्यको मृत्यु भएको जनाएको थियो।

एसीपीले उद्धार कार्य अत्यन्त कठिन भू-भाग, हिमपहिरोको उच्च जोखिम र प्रतिकूल मौसमका कारण चुनौतीपूर्ण बनेको जनाएको छ। खराब मौसमका कारण हेलिकप्टर परिचालन गर्न नसकिएको र नेपाल तथा पाकिस्तानका पर्वतारोही सम्मिलित आठ सदस्यीय स्थलगत उद्धार टोलीले खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेको जानकारी दिइएको छ।

एसीपीले प्रारम्भिक स्थलगत प्रतिवेदनका आधारमा जानकारी सार्वजनिक गरिएको उल्लेख गर्दै आधिकारिक पुष्टि नहुँदासम्म अपुष्ट विवरणहरू साझा नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ।

Leave a Comment