नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत शनिबार म्याग्दीको १७ वटामा वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लाका पाँच स्थानीय तहका ४५ वडामध्ये शनिबार अन्नपूर्ण गापाका ४ वडा, मालिका गापा ४ वडा, धवलागिरी गापा ३ वडा, बेनी नगरपालिका २ वडा, मंगला गापा २ वडा र रघुगंगा गाउँपालिका २ वडामा अधिवेशन सकिएको जिल्ला सचिव भरतबहादुर रकालले बेनीअनलाइनलाई बताउनुभयो ।

‘वडा अधिवेशन उत्साहजनक रूपमा अघि बढेको छ,जिल्लामा तोकिएको सबै अधिवेशन कार्यतालिका अनुसार नै अगाडी बढ्छ’ सचिव रकालले बेनीअनलाइनलाई भन्नुभयो। आइतबार सबै वडामा अधिवेशन सम्पन्न भएपछि अधिवेशनबाट सम्बन्धित वडाका वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिको सार्वजनिक गरिने नेपाली कांग्रेस म्याग्दीले जनाएको छ । वडा अधिवेशनको प्रक्रिया भोलि असोज ४ गते पनि निरन्तर जारी रहनेछ ।











