---Advertisement---

म्याग्दीमा कांग्रेसको १७ वडा अधिवेशन सकियो

On: September 19, 2026 10:51 PM
Follow Us:

नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत शनिबार म्याग्दीको १७ वटामा वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लाका पाँच स्थानीय तहका ४५ वडामध्ये शनिबार अन्नपूर्ण गापाका ४ वडा, मालिका गापा ४ वडा, धवलागिरी गापा ३ वडा, बेनी नगरपालिका २ वडा, मंगला गापा २ वडा र रघुगंगा गाउँपालिका २ वडामा अधिवेशन सकिएको जिल्ला सचिव भरतबहादुर रकालले बेनीअनलाइनलाई बताउनुभयो ।

उहाँका अनुसार अन्नपूर्ण गाउँपालिकामा ४, रघुगंगा गाउँपालिका २, बेनी नगरपालिकामा २, मंगलामा २, मालिकामा ४ र धवलागिरी गाउँपालिकामा ३ वटा वडामा नयाँ नेतृत्व चयन भएको हो ।


मालिका गाउँपालिका वडा नं. १ निस्कोटमा द बहादुर पुन, वडा नंं ६ दरबाङमा श्रीदत्त गौतम (गोपाल), वडा ३ मा कुलमान पटेल र वडा नं. २ रुममा तारा रोकाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।


अन्नपूर्ण गाउँपालिकामा वडा नं. ४ नारच्याङमा चन्द्रबहादुर फगामी, वडा नं. ३ दानामा ले. बेलबहादुर पुन वडा नं. ६ घारमा नारायण बरुवा र वडा नं. ७ मा नयाँ नेतृत्व संगै क्षेत्रीय प्रतिनिधि छनौट गरिएको सचिव राकालले जानकारी दिनुभयो ।


त्यस्तै रघुगंगा गाउँपालिका वडा २ भगवतीमा कृष्ण बहादुर शाही र वडा नं. २ पिप्लेमा नेत्र बहादुर कार्की (हिमाल) चयन हुनुभएको छ ।
त्यस्तैगरी धवलागिरी गाउँपालिका वडा नं. ६ मराङमा जग बहादुर गर्बुजा, वडा नं. ३ मुनामा शेर बहादुर मल्ल र वडा नं. ७ ताकममा थम बहादुर पुनको अध्यक्षतामा नयाँ वडा कार्य समिति चयन भएको छ ।


मंगला गाउँपालिका ५ अर्मनमा तारा बहादुर क्षेत्री र बेनी नगरपालिकाको वडा नं. ५ मा याम बहादुर बानियाँ र वडा नंं ९ मा पुण्यबहादुर चोखालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।


‘वडा अधिवेशन उत्साहजनक रूपमा अघि बढेको छ,जिल्लामा तोकिएको सबै अधिवेशन कार्यतालिका अनुसार नै अगाडी बढ्छ’ सचिव रकालले बेनीअनलाइनलाई भन्नुभयो। आइतबार सबै वडामा अधिवेशन सम्पन्न भएपछि अधिवेशनबाट सम्बन्धित वडाका वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिको सार्वजनिक गरिने नेपाली कांग्रेस म्याग्दीले जनाएको छ । वडा अधिवेशनको प्रक्रिया भोलि असोज ४ गते पनि निरन्तर जारी रहनेछ ।

Leave a Comment