म्याग्दी जिल्ला भलिबल संघको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट तेजेन्द्र बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सोमबार जिल्ला खेलकुद विकास समितिको सभाहलमा आयोजित अधिवेशनबाट प्रथम उपाध्यक्ष कुमार किसान,द्वितीय उपाध्यक्ष राजकुमार भण्डारी,महासचिव मलिन कुमार रोका, कोषाध्यक्ष मनोज खड्कालाई चयन गरिएको छ ।
समितिको सदस्यहरुमा अशोक कुमार शाही,मुक्तमान केसी,गंगा तिलिजा,चित्र जुग्जाली,देवेन्द्र खत्री र राजिन पुरी रहनुभएको छ ।

अधिवेशनको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले उद्घाटन गदैं म्याग्दी जिल्लामा हरेक खेललाई समितिमार्फत प्रोत्साहनसहित अवसर प्रदान गरिएको बताउनुभयो । प्रमुख अतिथि श्रेष्ठले जिल्लामा भलिबल खेलको प्रर्बधन तथा राष्ट्रि«यस्तमा ख्यातीप्राप्त खेलाडीको सम्मानमा गरिएको प्रयासलाई थप अगाडी बढाउने बताउनुभयो ।

उक्त कार्यक्रम राष्ट्रिय भलिबल संघका उपाध्यक्ष श्री याम बहादुर गुरुङ, जिल्ला भलिबल संघका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । अधिवेशनको अवसरमा जिल्लामा भलिबल खेलमा रचनात्म्क सहयोग गर्नेलाई सम्मान गरिएको थियो ।

म्याग्दीमराष्ट्रिय महिला भलिबल टोलीकी क्याप्टेन अरुणा शाही, कमला पुन सहित राष्ट्रिय तथा क्षेत्रीयस्तरा खेलाडी उत्पादन गरेको म्याग्दीमा खेलाडी उत्पादन तथ प्रतियोगिताहरू खुल्ला आकाशमा हुने गरेकोमा संघले बेनीमा सुविधासम्पन्न भलिबल कभर्डहल जग्गा खरिदको अभियानमा रहेको छ । बेनी नगरपालिका–७ बौद्ध विहार नजिकै दुई रोपनी ८ आना क्षेत्रफलमा फैलिएको जग्गा एक करोड ४२ लाख ५० हजारमाजग्गा खरिद गर्ने योजना रहेको छ ।

पहिलो चरणमा जग्गा खरिद गरेपछि दोस्रो चरणमा कभर्डहल निर्माण सुरु गरिने छ । कभर्डहलमा एक हजार जना दर्शक क्षमता भएको भलिबल कोर्ट, जिमहल, कपडा फेर्ने कोठा, अफिसियल बैठककक्ष,चमेनागृह, प्यारापिट, विद्युत्, ध्वनि उपकरण, एसी, शौचालय, सयनकक्ष, एलसिडी बोर्ड, भण्डारण, जेनेरेटर सहित अन्य इन्डोर खेल विधालाई समेत स्थान दिइने छ । कभर्डहल बनाउन चार वर्षमा कुल साढे ३ करोड लागत लाग्ने अनुमान गरिएको छ ।











